कुनै समय हुनेखाने सौखिन वर्गमा सीमित वाइन स्वदेशी उत्पादन र सुपथ मूल्यका कारण साझा पेय बन्दैछ ।
तस्वीरहरु: गोपेन राई
वाइनलाई नेपाली समाजले स्वीकार्न थालेको
धेरै भएको छैन। मानिसहरू नलजाई, नधकाई वाइनमा रम्न थालेका छन्। शहरिया
परिवेशमा त सपरिवार बसेरै वाइन पिउने प्रवृत्ति बढ्न थालेको छ। कुनै बेलाको
'छुँदै पाप लाग्ने' वाइन अहिले पारिवारिक वा सामाजिक पेय (सोसल ड्रिङ्क)
बन्दैछ।
“पारिवारिक जमघट, भोज, चाडपर्व,
पार्टीदेखि गेट–टुगेदरसम्म वाइनको प्रयोग अनिवार्य झैं भएको छ”, डिभाइन
वाइनको उत्पादक श्री महाकाली वाइन प्रालिका प्रबन्ध निर्देशक सन्तोष खड्का
भन्छन्। वाइन सेवनमा खुलापन र स्वीकारोक्ति देखिएको र यसको मूल कारण
स्वदेशी वाइनकै कारण सम्भव भएकोे बताउँदै उनी भन्छन्, “सबै वर्ग, उमेर र
समूहका लागि उपयुक्त भएकै कारण वाइन सोसल ड्रिङ्कको रूपमा परिचित हुँदैछ।”
हुन पनि वाइन विस्तारै 'सबैको पेय'
बन्दैछ। 'सफ्ट' अल्कोहल सेवन गर्नेका लागि मात्र होइन, बियर र कडा खाले
मदिरा नरुचाउनेहरूको रोजाइमा पनि वाइन पर्ने गरेको छ। सबै उमेर समूहको
रोजाइ अनुसारको स्वादमा उपलब्ध हुने भएकाले पनि वाइन आम मानिसको छनोटमा
परेको खड्काको बुझाइ छ।
खुला अर्थतन्त्र, वैदेशिक रोजगार,
आम्दानीमा वृद्धि, पश्चिमी संस्कृतिको प्रभाव र विश्वव्यापीकरणका कारण
परिवर्तित सामाजिक मूल्य–मान्यताले वाइन पिउनेहरू खुल्दै आएका छन्। पहिले
कुनै निश्चित समुदायको सोखमा सीमित वाइनलाई बेलाबेला महिलाको पेयका रूपमा
पनि अर्थ्याइन्थ्यो। तर, अहिले वाइनबाट त्यस्ता थुप्रै 'ट्याग' हटिसकेको छ।
चाडपर्वको पेय नेपाली
समाजमा सोसल ड्रिङ्कको नयाँ परिचय बनाउँदै गरेको वाइनको खपत सधैं हुने भए
पनि चाडबाडको समयमा स्वाभाविक रूपमा बढ्ने गरेको छ। नजिकिंदै गरेको
चाडबाडसँगै व्यवसायीहरू पनि उत्साही देखिएका छन्।
अकिरा वाइनको उत्पादक सुप्रिम वाइन नेपाल
प्रालिका प्रबन्ध निर्देशक नरेश अमात्य चाडपर्वमा पार्टी प्याक वाइनको
बिक्री बढ्ने गरेको बताउँछन्। “पार्टी प्याकको प्रयोग नै समूहको लागि हो”
उनी भन्छन्, “पार्टी प्याकको बढ्दो बिक्रीले नै वाइन सोसल ड्रिङ्क भइसकेको
पुष्टि हुन्छ।”
स्वदेशी वाइनको आकर्षण बढेको कारणले पनि
समाजमा वाइन संस्कृतिकै रूपमा विकसित हुने क्रममा रहेको व्यवसायीहरूको तर्क
छ। उच्च वर्गको पहुँचमा सीमित वाइन स्वदेशमै उत्पादन हुन थालेसँगै मध्यम र
निम्नमध्यम वर्गको पहुँचमा पुगेको छ। जसले वाइनका पारखीसँगै बजार समेत
विस्तार गरेको छ। नेपाली बजार सुहाउँदो उत्पादन र मूल्य भएका कारण स्वदेशी
वाइनले राम्रो बजार पाइरहेको मकालु वाइन इन्डस्ट्रिजका निर्देशक आश्रय
रञ्जितकार बताउँछन्।
विदेशी ब्रान्डलाई टक्कर बजारमा
नेपाली वाइनको उपस्थितिसँगै खपत पनि उकालो लागेको छ। कुनैबेला नेपाली वाइन
बजारको सम्पूर्ण हिस्सा विदेशी वाइनले ओगटेकोमा अहिले बजारको ६५
प्रतिशतसम्म स्वदेशी वाइनले ओगटेको व्यवसायीहरूको अनुमान छ।
स्वदेशी वाइनको लोकप्रियता बढेसँगै
पछिल्लो समय वाइन उद्योगहरू पनि थपिंदै गएका छन्। अहिले बजारमा डिभाइन वाइन
उत्पादक श्री महाकाली वाइन, भ्यालेन्टिनो उत्पादक दुर्गा वाइन उद्योग,
अकिरा उत्पादक सुप्रिम वाइन नेपाल प्रालि, चेसुङ उत्पादक तीनजुरे वाइन
इन्डस्ट्रिज, इरा उत्पादक मिट्रयाङ भिनियार्ड, किंग्स हिल उत्पादक स्नो
म्यान वाइनरी, हार्भेस्ट मून उत्पादक युनिभर्सल वाइन, हिंवा उत्पादक मकालु
वाइन इन्डस्ट्रिज, बिग मास्टर उत्पादक रोयल काठमाडौं हिमालय वेभरेज प्रालि,
भिनस उत्पादक भिनस वाइन प्रालि, लेली उत्पादक लेली वाइन, डाँडाघरे उत्पादक
हिल हुट वाइनरीलगायत २० भन्दा बढी उद्योगले वाइन उत्पादन गरिरहेका छन्।
संकटा वाइन एण्ड वेभरेज प्रालिले दशैं लक्षित गरेर उत्पादन बजार पठाउने
तयारी गरिरहेको छ।
गुणस्तरीय उत्पादन, सुपथ मूल्य, स्वदेशी
ब्रान्ड भएकाले यी उत्पादन नेपाली बजारमा लोकप्रिय बन्दै गएका छन्। तीनजुरे
वाइन इन्डस्ट्रिजका निर्देशक प्रकाश श्रेष्ठ यतिबेला नेपाली वाइन विदेशी
ब्रान्डलाई प्रतिस्थापन गर्ने क्रममा रहेको बताउँछन्। “सस्तो मूल्यमा
विदेशी ब्रान्डको गुणस्तर दिएकैले पनि नेपाली वाइनको बजार फराकिलो भइरहेको
छ”, उनी भन्छन्।
वाइनलाई पनि अन्य मदिरा सरह अन्तःशुल्क
लगाउने, वार्षिक अन्तःशुल्क वृद्धि गर्ने, पटकपटक नीति परिवर्तन गर्नेजस्ता
कारणले समस्या भोग्नुपरेको रोयल काठमाडौं हिमालय वेभरेजका अध्यक्ष गणेश
चापागाई बताउँछन्। “स्वदेशी उद्योग प्रोत्साहित नगर्ने राजस्वमुखी सरकारी
नीतिकै कारण विदेशी ब्रान्ड प्रतिस्थापनामा समय लागेको छ”, उनी भन्छन्। यो
आर्थिक वर्ष सरकारले विदेशी वाइनको अन्तःशुल्क यथावत् राख्ने तर स्वदेशीको
बढाउने उल्टो नीति लिएकोमा पनि व्यवसायीहरू असन्तुष्ट छन्।
अर्थतन्त्रमा योगदान हामीकहाँ
घरेलु मदिरा बनाउने चलन पुरानै हो। यही घरेलु मदिरा बनाउने शैलीकै आधुनिक
स्वरुपबाट वाइन बनाइन्छ। तर, घरेलु मदिरा अन्नबाट बनाइन्छ भने वाइन फलफूल,
विशेषगरी अंगुर र नासपातीबाट। संसारभर अधिकांश वाइन अंगुरबाटै तयार पार्ने
गरिन्छ। सामान्यतः ७ महीनादेखि एक वर्षसम्मको 'फर्मेन्टेशन' प्रक्रियापछि
वाइन तयार हुन्छ। फर्मेन्टेशन अवधि जति लामो भयो, वाइन उति गुणस्तरीय
मानिन्छ।
स्वदेशी वाइन उद्योगहरूले राष्ट्रिय आयमा
योगदान दिनुका साथै रोजगारीको गतिलो अवसर सिर्जना गरिरहेका छन्। कृषि
उत्पादन अर्थात् पूर्णतः फलफूल र जडीबुटीबाटै वाइन तयार पारिने हुँदा
कृषिको बजारीकरण र खपतमा वाइनको महत्वपूर्ण भूमिका छ।
मकवानपुर, टिस्टुङमा रहेको मिट्रयाङ
भिनियार्ड उद्योगका निर्देशक डा. तोरण शर्मा गाउँमै उत्पादन भइरहेका
आरूबखडा, नासपातीलगायतबाट वाइन बनाइरहेको बताउँछन्। “अहिलेसम्म त स्थानीय
उत्पादनले नै धानिरहेको छ, किसानहरू पनि उत्साहित छन्”, उनी भन्छन्।
संखुवासभामा उद्योग रहेको मकालु वाइन इन्डष्ट्रिजका निर्देशक रञ्जितकार
चुत्रो र ऐंसेलुले नै अहिलेसम्मको माग धानिरहेको बताउँछन्।
तर, सबै उद्योगको अवस्था यस्तो छैन।
अधिकांश उद्योग विदेशी फलफूल वा कच्चा पदार्थमै निर्भर हुनु परिरहेको छ।
धादिङमा उत्पादन प्लान्ट रहेको दुर्गा वाइन उद्योगका प्रमुख कार्यकारी
अधिकृत (सीईओ) दीपकिशन खड्का स्वदेशी फलफूलले वाइन उद्योगको माग धान्नै
नसकेको बताउँछन्।
कृषिप्रतिको बेवास्ता र युवा पलायनका कारण
केही वाइन उद्योगले आफैं फलफूल उत्पादन गरिरहेका छन्। तर, ती उद्योगहरू
पनि आफ्नो उत्पादनमा आत्मनिर्भर हुन सकेका छैनन्। बिग मास्टर वाइन उत्पादन
गरिरहेको रोयल काठमाडौं हिमालय वेभरेजले काभ्रेमा ग्राउण्ड एप्पलको खेती
गर्ने तयारी गरिरहेको छ।
निर्वाहमुखी फलफूल खेती भएकाले उद्योगका
लागि आवश्यक अंगुर, नासपातीलगायतका फलफूल तेस्रो मुलुक विशेषगरी भारतबाट
आयात गर्नुपरेको लेली वाइनका निर्देशक कृष्ण थापा बताउँछन्। अहिलेको कृषि
उत्पादनलाई उचित बजारीकरण, भण्डारण तथा कृषिमा उत्साह जगाउने नीति ल्याए
समग्र अर्थतन्त्रसँगै आफूहरूलाई पनि सहज हुने व्यवसायीको भनाइ छ।
वेलकम ड्रिङ्क दुर्गा
वाइन उद्योगका खड्का मात्रा मिलाएर सेवन गरे वाइनले हानि नगर्ने दाबी
गर्छन्। भन्छन्, “थोरै मात्रा मिलाएर खाँदा वाइनले खाना पचाउने, भोक
जगाउने, थकान हटाउने काम गर्छ।” श्री महाकाली वाइनका खड्काको भनाइमा
अल्कोहलको मात्रा कम हुने र रासायनिक पदार्थको मिसावट पनि नहुने हुँदा
वाइनले शरीरमा खासै असर गर्दैन।
सामान्यतः नेपालमा उत्पादन भइरहेका वाइनमा
१० देखि १४ प्रतिशतसम्म अल्कोहलको मात्रा रहेको छ। तर, पनि वाइनलाई
सरकारले 'मदिराजन्य पदार्थ' मा सूचीकृत गरेको भन्दै व्यवसायीहरू असन्तुष्ट
छन्।
भारतलगायतका मुलुकमा भने वाइनलाई
मदिराजन्य सामग्रीमा नसमेटिएको बताउँदै रोयल काठमाडौं हिमालय वेभरेजका
चापागाई भन्छन्, “विशुद्ध फलफूलबाट तयार गरिएको पेयलाई मदिरा भनिदिंदा
समाजको दृष्टिकोण केही नकारात्मक हुन पुगेको छ।” वाइनलाई सफ्ट अल्कोहलिक
ड्रिङ्कका रूपमा प्रस्तुत गरिए पश्चिमेली मुलुकमा जस्तै 'वेलकम ड्रिङ्क' का
रूपमा वाइन प्रयोग गर्ने संस्कार विकसित हुने उनको भनाइ छ।
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
legal Query for married nepali girl now have taken US citizenship
ए १ पनि पुगेनछ ?
2020 : Why No Trump !
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
ALERT: JUDGE RULED NEPAL TPS CAN CONTINUE
Tps decision coming or not nov 18
अब के हाेला त?
BREAKING: FEDERAL JUDGE ORDERS TRUMP ADMINISTRATION TO DELAY TERMINATION OF TPS HUMANITARIAN PROTECTION FOR 60,000 TPS HOLDERS WHO HAVE LIVED IN THE US FOR YEARS
Funny when Nepalis talk about Epstein and injustice
NOV 18th TPS DAY
EAD Filing
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
नेपाली वालमार्ट चोर
Work Permit
H1B
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.