[Show all top banners]

dHwasE

More by dHwasE
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 पदम कुँवर को अन्तर्वार्ता !
[VIEWED 7393 TIMES]
SAVE! for ease of future access.
Posted on 01-11-13 5:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गएको मंसिर १ गते नेपालको सबैभन्दा शक्तिशाली दल एकीकृत नेकपा (माओवादी) का अध्यक्ष प्रचण्डमाथि उनकै युवा कार्यकर्ता पदम  कुँवरले थप्पड हाने। ठूलो सुरक्षा घेरामा रहने प्रचण्डमाथिको यो आक्रमण विश्वकै सञ्चारमाध्यमका लागि महत्वको समाचार बन्न पुग्यो।  लगत्तै बसेको उक्त पार्टीको बैठकले देशी-विदेशी प्रतिक्रियावादीहरूको उक्साहट र योजनामा गम्भीर षड्यन्त्र भएको निर्णय गरेपछि उक्त  थप्पडको महत्व थप वृद्धि भयो। थप्पड प्रकरणलगत्तै माओवादी कार्यकर्ताबाट मरणासन्न हुने गरी पिटाइ खाएका पदम तीन साता लामो  हिरासतमा बसे। हिरासतबाट छुटेपछि पदम अहिले गुमनाम जिन्दगी बिताइरहेका छन्। थप्पडलगत्तै माओवादी अध्यक्ष प्रचण्ड र उक्त दलको  कुरा बाहिर आए पनि थप्पड हान्नुपर्ने कारण के पर्‍यो भन्ने विषयमा सञ्चारमाध्यमहरू मौन रहे। त्यति मात्र होइन, पदम अहिले कहाँ के गदैर् छन् भन्ने कुरा पनि बाहिर आएका छैनन्। कतिपयले माओवादी सुरक्षा घेरामा रहेको वा सुरक्षाका कारण भूमिगत अवस्थामा रहेका बताए पनि  साप्ताहिकले उनलाई खोजेरै छाड्यो अनि उनको विगत, थप्पड हान्नुपहिलेको मनोदशा एवं थप्पड हानिसकेपछिको स्थिति तथा भावी योजनाहरूका सम्बन्धमा जान्ने प्रयास गर्‍यो । उक्त थप्पड प्रकरणसँग जोडिएको त्यस्ता अनगिन्ती रहस्य पदम कुवँरकै शब्दमा ।



आखिर पदम कहाँ के गर्दैछन्, यसको खोजबिन गर्दै साप्ताहिक पदम कुँवरको बासस्थानमा पुगेको थियो। थप्पड काण्डपछि माओवादी कायर् कर्ताको कुटाइबाट भाँचिएको नाकको उपचारका क्रममा रहेका पदम साप्ताहिक प्रतिनिधि उनको डेरामा पुग्दा प्रचण्डकै बारेमा समाचार  पढिरहेका रहेछन्। दिदी भिनाजुको डेरामा बसिरहेका पदमले हामीलाई कालो चिया बनाएर ख्वाए पनि खुलेर कुरा गर्न अप्ठयारो माने। यद्यपि  वास्तविक स्थिति प्रकट गर्न आग्रह गर्दा पदमले भने, 'म माओवादी सुरक्षा घेरामा त छैन, तर आफ्नो सुरक्षाका कारण चिन्तित छु। कतिपय  नखुलेका नम्बरबाट अनौठा व्यक्तिले बधाइ पनि दिइरहेका छन् र धम्की शैलीका फोन आइरहेका छन्। यद्यपि बधाई दिए भनेर खुसी पनि  भएको छैन भने धम्कीबाट डराएको पनि छैन।'

अन्तरमुखी स्वभावका पदमबाट कुरा निकाल्न पहिलो दिन निकै गाह्रो भयो। करिब १ घन्टाको बसाइमा उनी थोरै मात्र खुले। व्यक्तिगतभन्दा  पनि जनयुद्ध कालमा आफूले विद्यालयमा संस्कृत विषय हटाउन गरेको संघर्ष, वाईसीएलका रूपमा जिल्लामा काम गर्दा हात भाँचिएका कुरा  मात्र गरे। उनको व्यवहारले हामी कुनै गलत नियतले आएका हौं कि भन्ने सोचिरहेका छन् भन्ने प्रस्ट हुन्थ्यो। उनको अप्ठयारो बुझेपछि भो लिपल्ट भेट्ने वाचा गरियो। त्यसपछिका  दुई दिन भने पदम राम्रैसँग खुले। उनले अश्विनी कोइरालासँग थप्पड काण्डका आन्तरिक कुरा मात्र  गरेनन्, मनका सबै पीडा एवं आक्रोश बिनासंकोच व्यक्त गरे।

तपाईंको गाउँको नाम कुटनेता रहेछ, गाउँको नामजस्तै कार्य गर्नुभयो नि ?

गाउँको नाम कुटनेटा हो, सुन्दा कुट-नेता जस्तो सुनिन्छ। गाउँको नाम राख्छु भनेर थप्पड हिर्काएको होइन, साह्रै चित्त दुखेर हिर्काएको हुँ।

तपाईंसँग मेरो जति पटक कुरा भयो, त्यसमा तपाईको कुरा गर्ने शैली ठ्याक्कै प्रचण्डकै जस्तो लाग्यो, किन ?

थप्पड प्रकरणपछि मलाई भेट्ने प्रहरी, मानवअधिकारवादी एवं पत्रकारहरूले पनि त्यही भन्नुभयो। मलाई भने त्यस्तो लाग्दैन। कुनै बेला प्रचण्ड  हाम्रा लागि दन्त्यकथाको पात्रजस्तो हुनुहुन्थ्यो। उहाँले बोलेका कुरा नै हामीजस्ता युवाको ब्रान्ड थियो। मेरा दिदी-दाइ भन्नुहुन्थ्यो, जनयुद्धमा  मरेको सिपाही पनि प्रचण्डले देश र जनताका लागि भए पनि तिमीले बाँच्नुपर्छ भन्दा लास पनि जुरुक्क उठ्छ। त्यति सम्मान थियो उहाँप्रति।  त्यसको प्रभाव परेको हुन सक्छ।

यस्तो आदर्श व्यक्तिलाई हात उठाउन अप्ठयारो लागेन ?

कुरा मात्र आदर्शको रहेछ, काम त होइन रहेछ। जति बुझ्दै गएँ, त्यति रिस उठ्दै गयो। कसै गर्दा पनि चित्त बुझेन।

कहिलेदेखि प्रचण्डमाथि हात उठाउँछु भन्ने सोच आयो ?

प्रचण्डमाथि नै हात उठाउँछु वा यसै गर्छु भन्ने थिएन। दुई वर्षदेखि काठमाडौंमा भौंतारिरहेको थिएँ। एक महिनाअघिदेखि जब साथीभाइको कुरा  सुन्थें, नेताहरूको व्यवहार हेर्थें, त्यसै-त्यसै खटपट भएर आउँथ्यो। हामीजस्ता गरिब जनताका नेता २० करोड पर्ने घरमा बस्छन् भन्ने सुनेपछि  त्यो घर हेर्न गएँ। त्यहाँको तामझाम देखेपछि चाहिँ प्रचण्डलाई नै हान्नुपर्छ भन्ने लाग्यो।

कोसँग सल्लाह गर्नुभयो ?

म भित्ताको पनि कान हुन्छ भन्ने कुरामा विश्वास गर्छु। माओवादी यस्तो पार्टी हो, जसभित्र को कसको मान्छे हो भन्ने थाहा हुँदैन। यो कुरा  लिक हुनेबित्तिकै थुनिन सक्छु वा मारिन सक्छु भन्ने मलाई थाहा थियो। सवक सिकाउन पाइदैन भनेर मनभित्रै राखें।

जुन दिन तपाईंले प्रचण्डमाथि आक्रमण गर्नुभयो, योजनाअनुसार नै भएको थियो ?

यही दिन यसरी नै प्रहार गर्छु भन्ने थिएन। कोठामा ग्याँस थिएन। जाडो आएकाले ज्याकेट किन्ने योजना थियो, तर पैसा थिएन। तैपनि ज्याकेट  हेरेरै चित्त बुझाउन भृकुटीमण्डपका पसलमा ज्याकेटको दाम सोध्दै थिएँ। त्यहीं माओवादी कार्यक्रम छ भन्ने थाहा पाएँ। भीड ठूलो थियो र  प्रचण्डलगायतका नेता आउने कार्यक्रम पनि रहेछ। मैले कार्यकर्ताको लाइनमा बसेर नेतासँग हात मिलाउन जाने योजना बनाएँ। हो, त्यही बे ला आज थप्पड हान्नुपर्छ भन्ने लागेको हो।

कति थप्पड हान्ने योजना बनाउनुभएको थियो कि घाइते नै बनाउँछु भन्ने सोच थियो ? वा अरू नै केही सोच थियो ?

म थोरै क्षतिमा प्रचण्डलाई सवक सिकाउन चाहन्थें। म उनीजस्तो आफू सत्तामा जान दुनियाँको जीवन बरवाद पार्नुपर्छ भन्ने सोचको केटो  होइन।

सार्वजनिक स्थानमा त्यति ठूलो नेतालाई हात लगाउँदा आफूमाथि आक्रमण हुन्छ, जीवन बरबाद हुन्छ भन्ने डर लागेन ?

मेरो ज्यान पनि जान सक्छ वा अङ्भङ्ग त अवश्य हुन्छु भन्ने थियो। यद्यपि हाम्रो जीवनमा जे घट्यो, अब त्योभन्दा बढी हुन के बाँकी छ र ?

मतलब ?

मेरो दाइ जिल्लाकै निडर लडाकु हो। जनयुद्धका क्रममा उसको टाउको, कोख, छाति र खुट्टामा गोली लागेको छ। शरीरमा १२ वटा गोली अहिले पनि छन्। दाजु अहिले सिकिस्त छन्, उनको शरीरले तातो पनि सहँदैन, चिसो पनि सहँदैन। उनी न बाँच्न  सक्छन्, न त मर्न नै। मेरी दिदी जिल्लाकै चर्चित राजनीतिक कमिसार। उनको चारवटा करङ भाँचिएको छ, दुईवटा गोली लागेको छ। अहिले  पनि उनको शरीरभरि गोलीका छर्रा छन्। यी २० करोडको घरमा बस्नेले त्यति गोली निकाल्न सक्दैनन् ?

यो समस्या त पार्टीको हो। तपाईंहरूले पार्टीलाई राम्रोसँग बुझाउनुपर्ने होइन ? थप्पड नै हान्नुपर्छ ?

कलम चलाएर बाँच्न जति सजिलो छ, शरीरमा गोली लिएर बाँच्न त्यो भन्दा गाह्रो हुन्छ। त्योभन्दा पीडा ती सबैलाई कसरी पाल्ने, कसरी  घरको व्यवहार मिलाउने भनेर सोच्दा नै मलाई भाउन्न हुन्छ। कुनै बेला तपाईं मेरो घर आउनुहोला, जब मेरी आमा तपाईंलाई देख्नेबित्तिकै  जुन शैलीमा झम्टनुहुन्छ, त्यो बेला बल्ल मेरो पीडा बुझ्न सक्नुहोला।

के भएको छ तपाईंकी आमालाई ?

जनयुद्धका बेला हाम्रो घर, घर भएन, माओवादी र सेनाको प्रयोगशाला बन्न पुग्यो। परिवारका सबैजसो सदस्य भूमिगत, कहिलेकाहीँ दिदी, दाइ  वा उहाँका साथीहरू आउनुहुन्थ्यो। आमाले रातारात खाना पकाएर ख्वाउनुहुन्थ्यो। त्यसपछि को कता जान्छ, बिचरी आमालाई के थाहा ?  छोरा-छोरी सम्झेर रुनुहुन्थ्यो। भोलिपल्ट सेना आएर टाउकोमा बन्दुक राखेर लछारपछार पार्दै हिजोका माओवादीलाई कहाँ लुकाएकी छेस् भनेर  विभिन्न धम्की दिन्थ्यो। यसरी बाँचेकी मेरी सोझी आमाले जब दाजु र दिदीहरू घाइते भएको खबर वा मारिएको झूटा खबर पाउन  थाल्नुभयो, उहाँ अचानक मानसिक रूपमा विक्षिप्त हुनुभयो। अहिले अवस्था यस्तो छ, आफ्ना सन्तानलाई पनि चिन्नुहुन्न। नयाँ मानिस आउने बित्तिकै पुरानो घटना सम्झना हुन्छ क्यारे, रोएर कोकोहोलो गर्नुहुन्छ। हतियार लिएर झम्टनुहुन्छ। सहरमा बसेर सुखभोग गर्ने यस्ता नेतालाई  मेरो पीडा कसरी थाहा होस् ?

मेरो घरको अवस्था यस्तो छ भनेर नेताहरूलाई किन भन्नुभएन ?

उनीहरूलाई थाहा छैन र ? सबै थाहा छ। फेरि यो मेरो घरको एक्लो कथा होइन, कति छन् मजस्ता पीडित ? प्रचण्डका आसेपासेका  आफन्तले केही सहयोग पाए होला, अरू त पीडित नै छन्। जुन पीडा मेरो परिवार र देशले पायो, त्यसको तुलनामा थप्पड त केही होइन।

अहिले त पार्टीले तपाईंको पीडा बुझ्यो होला, के-कस्तो राहत पाउनुभयो ?

राहत ? (कुटिल हाँसो) तपाई पत्रकार भएर पनि माओवादी पार्टी र प्रचण्डलाई चिन्नुभएकै रहेनछ। बिस्तारै चिन्नुहुन्छ, तर एउटा कुरा भन्छु।  त्यो के भने जुन बेला मैले थप्पड हानें, त्यो बेला मलाई हिर्काउनेमा कार्यकर्ता मात्र होइन, बहालवाला मन्त्री पनि थिए। मैले सोचेको थिएँ,  मलाई यत्रो बीच सहरमा मारिहाल्दैनन्। मेरो यथार्थ थाहा नपाउन्जेल समस्या हो। सबै कुरा थाहा पाएपछि प्रचण्ड आफैं आएर मसँग र समग्र  जनयुद्ध पीडितसँग माफी माग्छन् भन्ने लागेको थियो। त्यसो भएन, उल्टै मलाई हदैसम्मको कारबाही गर्ने निर्णय गरियो। मैले बुझेको यो हो,  प्रचण्डको राजनीति र माओवादी पार्टी ...(फेरि हाँसो)।

तपाईं बडो मीठो गरी मुस्कुराउनुहुँदो रहेछ, घाइते भएको मान्छे अस्पताल र प्रहरी हिरासतमा पनि बिना कुनै संकोच हाँस्नुहुन्थ्यो रे, आखिर यो हाँसोको रहस्य के हो ?

जुन दिन उक्त काण्ड भयो, मैले धेरै कुटाइ खाएँ। मैले सोचेको थिएँ, यथार्थ थाहा भएपछि सबै कुरा ठीक हुन्छ। तर रेडियोले भन्यो, मेरो थप्पड  देशी-विदेशी षड्यन्त्र र उक्साहटमा भएको रे। त्यस्तो कुरा सुनेर गलल्ल हाँसेछु। प्रहरीहरू पनि छक्क परे। मलाई भेट्न जनार्दन शर्मा आएका  थिए, उनलाई पनि यी सबै कुरा भनें, तर न त मेरो पीडा बुझ्ने प्रयास भयो, न त थुनामुक्त नै गराए। बाहिर ठिक्क पार्ने नै हो, यिनीहरूको  व्यवहार...।

थुनामुक्त हुन धरौटीबापत प्रचण्डले नै पैसा दिए, कुट्ने युवालाई यसरी छुटाउनु पनि त उदारता हो नि, होइन र ?

देश-विदेशका जनताले मेरो रिहाइका लागि पैसा उठाउन थालेको खवर सुनेपछि आफ्नो राजनीतिक प्रतिरक्षाका लागि आफू ठीक हुँ भन्ने दे खाउन र प्रेसमा आएका नकारात्मक खबरबाट मुक्त हुन उक्त नाटक रचिएको हो। यदि मेरो त्यति माया भएको भए उनले हदैसम्मको  कारबाही गर्नू भन्ने आदेश दिँदैनथे। उनले विजयकुमारले लिएको अन्तरवार्तामा मलाई माफ गरेको बताएका थिए, त्यसपछि पनि म लामो  समय हिरासतमा बसें। यसको अर्थ के हो ? मैले एक थप्पड कुटें, उनका कार्यकर्ताले त झन्डै मेरो ज्यान नै लिए, के हो यसको अर्थ ?

तपाईं नै भन्नुहोस्, यसको अर्थ के हो त ?

हात्तीका दुईवटा दाँत हुन्छन्, एउटा खाने, अर्को चपाउने। यही नै हो त्यसको अर्थ।

नेता र साधारण मान्छेमा फरक भैहाल्छ नि....?

तपाईंलाई पनि प्रचण्डका विषयमा ठूलै भ्रम परेजस्तो छ। हामीजस्ता सहिद, घाइते एवं जनयुद्धका सिपाहीहरूले उनलाई ठूलो बनाएका हौं। १०  औं हजार मरेपछि उनी यो अवस्थामा पुगेका हुन्। माओवादीले नै हामीलाई सिकाएको हो, हामी सबै बराबर हौं भन्ने कुरा ? अलिअलि त  फरक हुन्छ नै, तर यति फरक ? कसलाई चित्त बुझ्छ ?

मैले सुनेअनुसार तपाईंले पार्टीमा खासै काम गर्नुभएन रे, तपाईंको योगदान पार्टीमा खासै छैन भनिन्छ, के भन्नुहुन्छ ?

२०६७ सालमा प्रकाशशरण महत मन्त्री भएका बेला हाम्रो गाउँमा जानुभयो। पार्टीले उहाँलाई बहिष्कार गर्ने नीति लिएको थियो। कालो झन्डा  देखाउने क्रममा प्रहरीले लाठी चार्ज गर्‍यो र मेरो हात भाँचियो। मरेको भए पार्टीका लागि काम गरेको ठहरिन्थ्यो भने ठीकै छ। होइन भने  कतारबाट कमाएको पैसा पनि मैले पार्टीका लागि खर्च गरें। मेरो बुबा बूढो हुनुभयो। दाजु, दिदी अनि आमाको हालत यस्तो छ। के हो पार्टी लाई गरेको योगदान भनेको ? त्यही भाँचिएको हातले हिर्काएँ र प्रचण्डलाई केही भएन। अर्को हातले हिर्काउनुपर्ने रहेछ भन्ने पो लाग्न थालेको  छ आजकाल।

अब पार्टीमा त रहनुभएन, के गर्नुहुन्छ ?

जब प्रहरीले मसँग बयान लिन थाल्यो, पहिलो प्रश्न थियो, तपाई कुन पार्टीको ? कसले उक्सायो ? म बोल्न नसक्ने गरी घाइते थिएँ। बारम्बार  आग्रह गरेपछि मैले खाली कापी मागें र त्यसमा ठूलो अक्षरले लेखें। म नेपाली पार्टी को हुँ। हामीजस्ता मान्छे कुनै पार्टीका हुँदा रहेनछौ भन्ने  कुरा एक वर्षअघि नै थाहा पाइसकेको छु।

त्यही त, अब के गर्नुहुन्छ ?

थप्पड हिर्काएपछि मेरो परिवारसँग प्रचण्ड र माओवादीले माफी मागेको भए म उहाँलाई धन्यवाद भन्थें र कमाउन कतार जान्थें। कुनै गुनासो  रहने थिएन, कुरा सकिन्थ्यो। आखिर हामी पहिलेदेखि नै अर्काको देशमा सेवा गर्न जन्मिएका रहेछौं। म थप एउटा मजदुर हुन्थें। मेरो सामान्य  आक्रोशलाई बङ्ग्याएर अरूले उक्साएको भनेर जसरी कुरा मोड्ने काम भयो, मलाई लाग्यो, नेपालमै बसेर केही गर्नुपर्छ। हामी जस्ता सीधा  मान्छे, राजनीतिमा लागेर केही हुँदो रहेनछ भन्ने बुझें, अब समाजसेवा गर्छु।


 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
NRN card pros and cons?
TPS To F-1 COS
Nepal TPS has been Extended !!!
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
Please ask KRISTI NOEM in her facebook and other social media to renew TPS
Supreme Court allows Trump to end TPS for Venezuelans
Nepal TPS decision
TPS to F1 Status.
legal Query for married nepali girl now have taken US citizenship
ए १ पनि पुगेनछ ?
Trump’s “Big Beautiful Bill” is straight-up xenophobic class warfare. Let’s call it what it is.
2020 : Why No Trump !
Business Ideas in Nepal?
A legit Non-Profit organization "United For TPS Nepal "
Leave messages on US congressman's facebook to support TPS
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters