[Show all top banners]

Rajanthapaliya
Replies to this thread:

More by Rajanthapaliya
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 सफलता प्राप्त कसरी गर्ने ?
[VIEWED 14497 TIMES]
SAVE! for ease of future access.
Posted on 10-20-13 12:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सफलता प्राप्त कसरी गर्ने ?

 

संघर्षको को अर्को नाम हो सफलता ।-  सुकरात "                                   - राजन थपलिया

rajanthapaliya@gmail.com

 

सकारात्मक सोच नै सफलता को पहिलो बिन्दु हो सफलता प्राप्त गर्ने सोच नै भएन भने जती सुकै सफल ब्यक्तीको पछी लागे पनि सफल हुन सकिदैन । अर्को कुरा नकरात्मक सोच भएकाहरु सफलताको हकदार हुनै सक्दैनन । संघर्ष गर्द-गर्दै असफल हुने हरुनै बस्तबिक रुपमा सफलताको हकदार थिए । जो असफलताको बाबजुत पनि अघी बढछन तिनीहरू एकदिन सफल हुने निस्चित छ । त्यही हो संघर्ष भनेको जस्ले समय सँग जुध्न सिकाउछ । एउटा बालक लाई भबिश्यमा सक्षम युबा बनाइदिन्छ । अनि ति नै युबाले एक दिन देशको नक्सा कोर्छ ।

सक्रियता, सजगता सक्षमता यि कुरा हरु नै सफलता प्राप्त गर्ने मुल मन्त्र हो आफु जुन क्षेत्रमा जाने हो त्यो क्षेत्र को मान्छे हरु सँग सकृय रुपमा राम्रो सन्जाल बनाउन सकियो भने नै सफलता को एक खुट्किलो उक्लिन सकिन्छ सफल हुन चाहनेहरु जिन्दगी को हरेक मोडमा सजग हुनु जरुरी आफु लाई सभ्य तरिका ले दुनिया माझ प्रस्तुत गर्न सक्ने क्षमता को बिकास गर्नु पर्दछ अरु को मन जित्न के भन्ने भन्दा पनि के चाही नभन्ने भन्ने कुरा मा ख्याल राख्नु पर्द  

सफलता को निकै नजिक भए का मान्छे हरु पनि सङ्घर्स देखी डराएर भाग्छन उनि हरु लाई थाहा थिएन सफलता कती नजिक थियो भनेर कुनै पनि संघर्षको निरन्तरता अनि त्यही निरन्तर्का को अर्को नाम हो सफलता यो दुनिया मान्छे को मन पनि अचम्म को एउटा शब्द ले हसाउछ, एउटा शब्द ले रुवाउछ सही समयमा सही शब्द को खेती गर्न जान्ने हरुले नै यो संसार चलाई रहेका छन

दिन प्रतिदिन सकारात्मक आत्मा सुझाब दिदै जाने, जे पनि गर्न सक्छु भन्ने भबना को बिकास गर्ने, दर्हो आत्म बल को बिकास गर्ने, आफु प्रती आफैले हेर्ने दृष्टिकोण परिवर्तन गर्ने, जुन क्षेत्रमा जाने हो त्यही क्षेत्र को ब्यक्ती हरु सँग सँगत गर्ने, आफ्नो कुरा भन्दा पनि अरु को कुरा सुन्ने बानी को बिकास गर्ने, बोल्नु भन्दा अघी सोचेर बोल्ने, सहयोगी अनि  एक आपस मा सम्मन को भबना राख्ने, याद रख्नुस जस्लाई पनि आफु लाई सम्मान गर्ने मान्छे मन पर्छ  

अहिलेको जमाना मा अङ्ग्रेजी भाषा निकै लोकप्रिय त्यसैले भाषा लाई राम्रो बनाउने नम्र बोली अनि सभ्य ब्यबहार को बिकास गर्ने अनि आत्मै देखी भागवन लाई धन्यबाद दिने याद राख्नुस समर्पण बिना सृस्टी सम्भव छैन

यदी जिबनमा असफल हुनुहुन्छ भने पनि हरेस नखानुस एकदिन सबै को पालो आउछ सम्झिनुस कि महान सफलता तपाइ लाई नै कुरी रहेको मात्र तपाईं बदलिनु पर्यो   आफु लाई परिवर्तन गर्नु भयो भने आज असम्भव लागेको कुरा पनि  सम्भव हुँदै जानेछ

कसैले भन्यो त्यो पहाड भित्र हिरा छ त्यस्पछी एकजना किसानले निकै मेहेनत गरेर पहाड खने महिनौ बिती सक्दा पनि हातमा लाग्यो सुन्य त्यस पछी उनले अब देखी त्यो पहाड नखन्ने निर्णय गरे । उनले छोडेको केहि दिन पछी एकजना अर्का ब्यक्तीले फेरी त्यो पहाड खन्न सुरु गरे  जहाँ बाट ति किसानले छोडेका थिए त्यही बाट खन्न थालेको ५ मिनेट पछी नै ति ब्यक्ती ले हिरा मोती फेला पारे ल हेर्नुस त सफलता भन्ने कुरा कती नजिक थियो । त्यसैले हरेस नखाइ निरन्तर कर्म सिल भइ लागी परे अबश्य सफल भइन्छ । मन देखी काम गरौ अनि गरे पछी हतारमा निर्णय लिइ नछोडौ । महान सफलता तपाइ लाई कुरी रहेको मात्र आजै बाट पाइला चाली हाल्नुस अझै केहि बितेको छैन

महान राजनितिज्ञ अब्राहम लिङ्कन्, ब्यापार मा असफल भए, बिहे गरे त्यस्मा पनि असफल भए, फेरी राज निती गरे त्यस्मा पनि असफल भए यती हुँदा सामान्य मान्छे ले आत्मा हत्या गर्छ तर उनले त्यो असफलता को सक्ती लाई सफलता मा बदले, अनि एकदिन अमेरिका जस्तो महान देशको राष्ट्रपती भए हेर्नुस सफलता को हकदार को हो ? अबश्य पनि तपाईं हो अब पालो तपाईंको


 
Posted on 10-20-13 4:28 PM     [Snapshot: 88]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Udhyesya ke leenu
Udee chunuu Chandra ekka.

Lets aim for mars
http://www.isro.org/pslv-c25/mission-objective.aspx

 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
When will Nepali women be equal?
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Why Prachanda seems to be the smartest of them all?
When will the culture of impunity end?
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
Can we really get rid of Nepotism in the government?
Sukulgunda 2.0 / www.sukulgunda.com
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
How many ministries do we really need?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters