damayanti
Replies to this thread:
More by damayanti
What people are reading
Visitor is reading nepali model wanted,,,,,,,,,,,,,,,,,,,,
Subscribers
Please log in to subscribe to damayanti's postings.
:: Subscribe
|
|
[VIEWED 17712
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
damayanti
Please log in to subscribe to damayanti's postings.
Posted on 01-25-11 6:48
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
2
?
Liked by
|
| |
मलाई बेला बेलामा पुराना यादहरु खोत्लन मनपर्छ, त्यसैले म कोठामा बसेर फोटाहरु हेरिरहेकी थिए। त्यतिकैंमा मेरो आखाँ एउटा फोटोमा पुग्यो, म बाल्यकाल छदाँको रहेछ। त्यो फोटोमा म सगैँ लक्ष्मी पनि रहिछ्, हामी कस्तो मज्जासगँ हासेँका रहेछौं। आज उनै लक्ष्मीलाई सम्झन मन लाग्यो र मैले आखाँ बन्द गरे।
लक्ष्मी र म वाल्यकालका एकदम मिल्ने साथी थियौं। हामी लहान नजिकै वाउन्न भन्ने सानो गाउँमा सगैं खेल्दैं, हास्दैं, रमाउदैं हुर्केका थियौं। हामी बीच रगतको नाता त थिएन तर हामी एकदमै आत्मीय थियौं एकअर्काका लागि। हामी एकअर्कासगँ हरेक दु:खलागेको कुरा पोख्थियौं, एकअर्कालाई सम्झाउदैं मन बुझाउँथियौं अनि हास्दैं रमाउदैँ गीत गाउँथियौं। यस्तो लाग्थियो हामी कहिल्यै छुटिदैनौं र त्यो कुराको हामी कल्पना पनि गर्न सक्तैनथियौं। हामीमा धेरैं समान्ता भएपनि हाम्रा वुवाआमा भिन्न भिन्नै स्वभावका थिए। मेरा वुवाले मलाई सधैं पढ्ने प्रेरणा दिनुभयो तर लक्ष्मीका वुवालाई उस्को चासो थिएन, उनी सधैं जाडरक्सीमैं व्यस्त हुन्थे र आमा घरको काममा। मेरो वुवा आमा खेतमा काम गर्नु हुन्थियो, म किसानकि छोरी थिए। मेरो बाजेले मर्नु अघि आफ्नो जग्गा वुवालाई छोडेर जानुभएको थियो र वुवाले त्यस खेतलाई उबजाऊ बनाएर, त्यसैलाई आफ्नो जिविका बनाउँनु भएको थियो। लक्ष्मीका वुवा भने सानो व्यपारमा लागेका थिए र आमा घरको काम गर्नु हुन्थियो।
दिनहरु यसरी नै बितिरहेको थियो, एक दिनको कुरा हो हाम्रो खेतमा खैं कसले हो किल्ला गाडेको रहेछ, वुवाले त्यसलाई वेवास्ता गरेर झिकेर फाल्दै आफ्नो काममा लाग्नु भयो। त्यसको एक हप्ता पछि घरमा पत्र आयो, मओवादीको रहेछ। पत्रमा बाटो ठूलो पार्नेको लागि किल्ला गाडेको र यो हामीलाई चाहिन्छ १ महिना भित्र, भनेर लेखिएको थियो। आमा रुन थाल्नुभयो, “हे दैव, कस्तो दसा लागेको होला, बजियाहरुले गरिखाएँको पनि देखि सहेन्न” यस्तै भन्दै। वुवा पनि के मान्नु हुन्थियो र! उनीहरुको कुरा वेवास्ता गरेर, आफ्नो काममा अडिग रहनुभयो। मैले लक्ष्मीलाई यी सबै कुरा भने, नरमाईलो कुरा भन्दै ऊ उदास भएकी थिई। १ महिना वित्यो तर कसैले केही विगार गरेन्न, खुसी लाग्नु त स्वभाविक नै थियो तर केही समय पछि उनीहरुले वुवालाई अपहरण गरे र वुवालाई कुटपिट गरेर, गाउँ छोडेर जाँ नत्र मारिदिन्छौं भन्ने चेतावनी दिएर छोडिदिए। बिचरा वुवा, नराम्रोसगँ कटेका थिए, ४-५ दिन पछि पुलिसलाई भन्न जादैं गर्दा उनीहरुलाई बाटोमा देखेर फर्किनु भएछ, केही पनि उपाय लागेन्, आफ्नो ज्यान भन्दा ठूलो के नै हो र, त्यसैले आमावुवाले गाउँ छोडेर जाने निर्णय गर्नुभयो। त्यो कुराले म भाव विहल भए, मैले केवल लक्ष्मीलाई सम्झिए, रात परिसकेकोले मैले लक्ष्मीलाई विहान मात्र यी कुरा भन्न पाउँने भए, तर त्यो रात कटाउँन मलाई निक्कै गार्हो भयो। म सुत्नपनि सकिन् र छटपटि रहे, पानी बाहिर निकालिएको माछा जस्तै। विहान हुनासाथ म लक्ष्मीको घर गए र उसलाई अंगालोमा बाधेँ, मेरा आखाँबाट आसुँमात्र बगिरहे तर मैले केही बोल्न सकिन्। हामी काठमाडौं जाने भयौं र मैले लक्ष्मीलाई भन्नै पर्ने भयो, आमावुवा बाँकी भएको खेत बेच्ने तरखरमा हुनुहुन्थियो र म लक्ष्मीलाई भन्ने तरखरमा। लक्ष्मी नराम्रो सगँ रोई, ऊ सगैं म पनि; हामी मजबुर थियौं समयको कठोरता र परिस्थितिको अगाडि, समयले सबैलाई कतै न कतै झट्का दिईनै रहेको हुन्छ, यो पालो झट्का हामी दुईलाई लागेको थियो। हेर्दा हेर्दै जाने दिन पनि आयो, हामी गाडीमा चढ्न स्टेसन गयौं लक्ष्मी पनि आएकी थिई उसका वुवाआमासगँ, हामी एकअर्काको हात समाउँदै हिड्यौं। “चिठी लेख है”, उसले रुन्चे स्वरमा भनेकी थिई, फेरि भनि, “तँ विना म त मर्छु होला, सपना पनि नराम्रो देखेँकि थिए” यति भन्दै ऊ रोई, सार्है दु:ख लाग्यो भक्कानो छुट्यो र वेसरि रोए, लाग्यो हाम्रो भेट सम्भव नै छैन। वुवाले सम्झाउदै गाडीमा लानु भयो, केही बेरमै गाडी गुड्यो र म विल्कुलै नयाँ गन्तव्य तर्फ लागे। काठमाडौं पुगेर म स्कुलमा भर्ना भए तर मेरो मन वाउन्ननै पुग्थियो, मलाई वर्तमान भन्दा विगत नै प्यारो लाग्थियो, मैले लक्ष्मीलाई हरेक क्षण सम्झन्थिए। एकदिन मैले वाउन्न जाने मान्छे पाएर लक्ष्मीलाई चिठ्ठी लेखे एकदम लामो, त्यो दिन निकै खुसी लाग्यो तर मेरो चिठ्ठीको जवाफ आएन। फेरि मान्छे जाने हुदाँ लेखे, फेरि पनि जवाफ आएन। मलाई अच्म्म लाग्यो, लक्ष्मीले मलाई विर्सिछे कि भन्ने भान भयो तर फेरि मनलाई सम्झाए। मैले एकतर्फी चिठ्ठी ५ महिनासम्म पठाएपछि एकदिन मेरो चिठ्ठीको जवाफ आयो, चिठ्ठी यस्तो थियो
तिमी गएपछि लक्ष्मी सार्हैं एकली भई, एकदिन तिम्रो चिठ्ठी पाउँनाले ऊ निकै खुसी भई, तिमीलाई चिठ्ठी लेख्नका निम्ति रंगिन कागज किन्न पसल जादाँ गाडीले ठक्कर दियो, अस्पताल लगेर उपचार गर्दा गर्दै हाम्री छोरीले हामी सबैलाई छोडेर गई, उस्को अन्तिम बोली थियो, “दमाइन्ती”
मैले आखाँ खोले, यो घटना भएको १५ वर्ष भईसकेछ, समय पनि कति चाडो बित्छ है! मेरा आखाँ रसाएका रहेछन्, फोटो राखेँ त्यसपछि आसुँ बर्सिन थाले॥
धन्यवाद
|
| |
|
|
|
|
grgDai
Please log in to subscribe to grgDai's postings.
Posted on 01-25-11 7:22
PM [Snapshot: 45]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
Such a sad story
|
| |
|
|
adhikari_bandhu
Please log in to subscribe to adhikari_bandhu's postings.
Posted on 01-25-11 8:56
PM [Snapshot: 132]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
दमयन्ती जी, छोटो तर मीठो कथा को लागि धन्य द ।
I enjoyed it.
|
| |
|
|
Hasaune Paree
Please log in to subscribe to Hasaune Paree's postings.
Posted on 01-26-11 6:54
AM [Snapshot: 230]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
नरुनुस् दमाइन्ती, यो त सब समयको खेल हो!
राम्रो छ, तपाईको पीडा झुलकेको छ
|
| |
|
|
damayanti
Please log in to subscribe to damayanti's postings.
Posted on 01-27-11 8:35
AM [Snapshot: 402]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
समय निकालेर पढिदिनु भएकोमा grgDai, adhikari_bandhu र Hasaune Paree लाई मुरी मुरी धन्यवाद
|
| |
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 01-27-11 8:50
AM [Snapshot: 413]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
Very sad yet sweet n short !
|
| |
|
|
damayanti
Please log in to subscribe to damayanti's postings.
Posted on 01-28-11 9:59
PM [Snapshot: 536]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
thank you ritthe, appreciate your comment
|
| |
|
|
ThahaChaena
Please log in to subscribe to ThahaChaena's postings.
Posted on 09-24-13 12:47
PM [Snapshot: 2536]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
आँसु नै तपक्क चुहिएला जस्तो भो... कस्तो मन काटिने ...अमिलो बनाउने आख्यान /कथा ...
अरु पनि लेख्ने पो हो कि दमयन्ती जी ?
- थाहा छैन (थाने)
|
| |
|
|
ujl
Please log in to subscribe to ujl's postings.
Posted on 09-24-13 12:58
PM [Snapshot: 2538]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
1
?
Liked by
|
| |
Is this a real story of yours or a fiction?
|
| |
|
|
damayanti
Please log in to subscribe to damayanti's postings.
Posted on 10-08-13 9:27
PM [Snapshot: 2738]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
Sorry for late reply ujl. If you think it's real, it is! If you think, it is a fiction, it is considerable as fiction is the mixture of some reality and imaginary events :)
Thank you thaha chaina. (Sorry friends, was hibernating due to my own personal stuffs. planning to come back soon. Take Care)
-दमायन्ती
|
| |
Please Log in! to be able to reply! If you don't have a login, please register here.
YOU CAN ALSO
IN ORDER TO POST!
Within last 365 days
| Recommended Popular Threads |
Controvertial Threads |
| ए १ पनि पुगेनछ ? |
| TPS to F1 Status. |
| NRN card pros and cons? |
| TPS To F-1 COS |
| TPS Sakiyo Tara Case is in Court. |
| Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years) |
| Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1? |
| Democrat wants to run election like in India. Chaos and Confusing to voters. |
| Need Help of IT consultancies |
| Nepal TPS decision |
| Supreme Court allows Trump to end TPS for Venezuelans |
| Any input on remote jobs(IT related or Sales or Marketing)? |
| नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ |
| 2020 : Why No Trump ! |
| Nepal Likely to Get 60-Day TPS Notice |
| Nepal TPS has been Extended !!! |
| नेपाली वालमार्ट चोर |
| 200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year. |
| ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION |
| #MAGA#FAFO is delicious |
|
|
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.
|