[Show all top banners]

Neal H
Replies to this thread:

More by Neal H
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 मृत्युदण्ड तोकिएका २ नेपालीलाई माफी
[VIEWED 10084 TIMES]
SAVE! for ease of future access.
Posted on 04-17-10 2:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

काठमाडौं, वैशाख ४ - साउदी अरबमा सहकर्मीको हत्या गरेको अभियोगमा मृत्युदण्ड तोकिएका दुई नेपाली कामदार मृत्युदण्डबाट भने जोगिएका छन् ।  

वैदेशिक रोजगारीमा साउदी पुगेका रूपलाल बोहरा र विवेक दाहाललाई पीडित परिवारले निजी कानुन प्रयोग गरी माफी दिएपछि उनीहरू मृत्युदण्डबाट जोगिएका हुन् ।

'यहाँ निजी र सार्वजनिक दुई कानुन छन्,' साउदीको रियादस्थित नेपाली दूतावासका प्रथम सचिव खड्गप्रसाद दाहालले भने, 'पीडितहरूले निजी कानुन प्रयोग गरी बोहरा र दाहाललाई मृत्युदण्डको माफी दिएका छन् ।'

बोहराले सहकर्मी फिलिपिनोलाई हत्या गरेका थिए भने दाहालले आफ्नै मामाको छोरा राजेन्द्र बिष्टलाई विष खुवाएर मारेका थिए । फिलोपिनोका परिवारले बोहरासँग 'ब्लडमनी' पाउने सर्त र बिष्टको परिवारले 'ब्लडमनी' नलिई माफी दिएको प्रथम सचिव दाहालले बताए । फिलोपिनो पीडित परिवारसँग भने सम्झौताचाहिँ भइसकेको छैन ।

'उनीहरूले निजी कानुनअनुसार मृत्युदण्डको सजाय छुट पाए पनि सार्वजनिक कानुनअनुसार भने जेल बस्नुपर्नेछ,' दाहालले भने, 'यो तोकिसकेको छैन ।'

साउदीमा हत्या गरेको पुष्टि भएमा 'शिर छेदन' गरेर मृत्युदण्ड दिइने कानुन छ । सात वर्षअघि साउदीका एक नागरिकलाई हत्या गरेका एक जना लिम्बू थरका नेपाली कामदारलाई मृत्युदण्ड दिइएको थियो । उनको शिर छेदन गरी नेपालमा शव पठाइएको थियो । त्यसपछि हत्याको अभियोग पाएका नेपाली कामदारले मृत्युदण्डबाट भने छुट पाउँदै आएका छन् ।

दूतावासका अनुसार साउदी नागरिकबाहेक अन्य मुलुकका नागरिकको हत्या भएमा पीडित परिवारले 'ब्लडमनी' दिई माफी दिने गरेका छन् । आफन्तबाट माफी पाएका विवेकलाई सहकर्मी सुडानीले भने छाडेका छैनन् । विवेक, आफ्नो आफन्त बिष्ट र सुडानीसँगै भरुभूमिमा उँट गोठालो थिए । 'उनले उँटसँग यौनक्रिडा गरेका बिष्ट र सुडानीले जानकारी पाएका रहेछन्,' दाहालले भने, 'यो कुरा  मालिकलाई भनिदिने डरले बिष्टले खाना पकाउँदा बिष हालिदिएछन् । तीनै जनाले विषयुक्त खाना खाएपनि दुई जना भने बाँच्न सफल भए ।'  सुडानीले विवेकसँग ५० हजार रियाल -१० लाख रुपैयाँ) क्षतिपूर्तिको दाबी गरेका छन् ।

अहिले हत्याको अभियोगमा अरू तीन घटनामा फैसला भने हुन बाँकी छ । साउदीको उत्तरपश्चिम अलजौफ क्षेत्रमा पर्वतका सन्तबहादुर पुन मगर आफ्नै अरेबियन माालिकको हत्या अभियोगमा सात वर्षदेखि साउदीको गुडायत कारागारमा छन् । अभियोग पुष्टिपछि मुत्युदण्ड सुनाइए पनि पीडित परिवारको अन्तिम निर्णयलाई अदालतले पर्खेर बसेको छ । मारिएका व्यक्तिको छोरा नाबालक -१५ वर्ष) भएकाले अबको एक वर्षपछि मात्रै यो परिवारले सजाय वा माफीको निर्णय लिन सक्नेछ ।

गत असोजमा पुरानो रियादमा मारिएका तनहुँका डिलबहादुर श्रेष्ठको हत्यामा संलग्न सहकर्मी नेपाली कामदार कारागारमै छन् । उनको हत्यामा संलग्न भएको अभियोगमा मोरुङका सन्तोषकुमार जमकट्टेलसहित पाँच जना नेपाली कारागारमा छन् । श्रेष्ठ च्यानल परिवर्तन गर्ने निहुँमा सहकर्मीहरूबीच झगडा हुँदा मारिएका थिए  ।

दुई वटा पेप्सी खरिदको विषयमा विवाद हुँदा उत्तम कुँवरले सहकर्मी विष्णु घिमिरेलाई छुरा प्रहार गरी गत भदौमा हत्या गरेका थिए । पीडितहरूका परिवारले माफी दिएमा उनीहरू मृत्युदण्डबाट भने बच्न सक्ने दूतावासले जनाएको छ ।

यसैगरी पाकिस्तानीबाट मारिएका अम्बरबहादुर गुरुङका परिवारलाई ब्लडमनी दिलाउने विषयमा नेपाली र पाकिस्तानी दूतावासबीच कुराकानी भइरहेको छ । 'पीडकलाई बाँच्न दिनुपर्छ भन्ने छ,' उनले भने, 'यसका लागि दूतावासले पीडित परिवारसँग ब्लडमनीको विषयमा छलफल भइरहेको छ ।' 


 
Posted on 04-17-10 5:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

[Disallowed String for - bad word] those killers, [Disallowed String for - bad word] them all, [Disallowed String for - No bad mouthing]ckers
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
When will Nepali women be equal?
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Why Prachanda seems to be the smartest of them all?
When will the culture of impunity end?
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
Can we really get rid of Nepotism in the government?
Sukulgunda 2.0 / www.sukulgunda.com
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
How many ministries do we really need?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters