पुरानो हाम्रो चिनजान तर
भेट हुन्छ अनि बिदाई पनि यात्रामा
गन्तब्य काँ हो के ठेगान छ र
आउ ओभाउ पसीना आफ्नै हो फलैंचा
आफ्नै हो चौतारी, आफ्नै हो बगैंचा
आऊ समाहित होउ
मायामा, अनि सदभावको प्यालाहरु,
थप्दैजाऊ हरेकले आ-आफ्नो भावनाहरु
निभ्नै नपाओस यो पानस
थपिरहू यस्तै नै कामना-रुपी तेल
थोपाथोपा बलिरहोस
अनन्तसम्म अक्षुण्ण 'दिप' भएर
हाम्रो चौतारी'!
Chautari (Chow-tar-ee) :(World's first and finest internet IMPROV in Nepali language)
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, smokers, alcoholics, workaholics, home-makers, pretty damsels, fierce contenders,homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
हरी, आज चाइ वेस्ट इन्डीज माथी रिस पोखेको जस्तो छ, साउथ अफ्रीकाका हरु ले। :O थुली, करीना लाइ बोक्सी रे। किन तेस्तो रिस उठेको हो करीना संग? :O Munni, thank you for going though the poem and coming up with encouraging words. I didn't know that my fav song is yours fav too. Seems we have similar taste when it comes to dance numbers, huh? :-) Thank you for the nice song too.
uptowngal थ्याङ्क्य फोर् आस्किङ है आइ एम फ्रोम नेपाल क्या। अहिले केटिम जस्तै लाग्ने अम्रिकाको पस्चिम गाऊ बाट KNC i have a sweet remembrance of this song त्यसैले के (हिन्दि)'दिलचाहाता है' जस्तो स्ट्र्ङ सामुहिक नाँच नेपाली चलचित्रमा भेटिन :(
तारेमाम है, घर हिंड्न लाग्या, अंध्यारो आँखा देख्दिन । ह्यारी, आज त आधा मात्र क्रीक्रेट हेरेको, त्यत्रो बिशाल स्कोर को पिछा गर्न मुश्किल भइहाल्छ र भयो नि त्यही । होमवर्क ले बबाल टाउको खायो । बल्ल ट्याण्टर म्याण्टर गरेर पोस्ट गरी दिएको छु । घर पुगे सि फेरी चियाउनु पर्ला । तारेमाम ।
दसैं आयो, तिहार गयो । हाम्रो लागि न दसैं आयो न तिहार । केवल हार मात्र आयो । आफ्न दौतरी हरु टोल चोक मा आसपास्, तेल कासा खेलेको घर को झ्याल मा चियाउंथे । गुच्चा खेलेको ठाउंमा केही बेर हेरेर बस्थें । नयाँ लुगा न देखेको बरषौं भाई सकेको थियो।
एक जोर नयाँ लुगा लगाउने धोको पलायो किन हो कुन्नी । दाई लाई भययुक्त भाव मा आफ्नो इच्छा राखें । दाइलाई नि दया जाग्यो क्या र, भन्नु भयो"तं आँफै केही औंठी बना र त्यस्को पैसा ले किन" । के खोज्छस् कानो? आँखो, भइ हाल्यो । बडा हिम्मत का साथ दाइ अस्पताल गएको बेला पारेर ३ वटा औंठी बनाउन कस्सिएर लागें । दिन भरिमा तयार भयो र सांझ त्यही झोछें का साहुजीको बेचें। चाँदिको मोल् बाहेक् ३० रुपैया हात लाग्यो। जिन्दगि को पहिलो कमाइ थियो। वल्टाइ पल्टै हेरें, त्यो १० को तीन ओटा नोट् लाई। एक मन त लागेको हो, सम्हालेर् राखुं। तर जुन उद्देश्यले दाइ ले आफै स्वतन्त्र रुपमा काम गर्न अनुमति दिएको थियो, त्यसमा किन तल माथि पार्ने र बर्षौं पछि लुगा नाम् को केहि किन्न पाएको, किन गुमाउं जस्तो पनि लाग्यो। बसन्तपुर वर् पर् सांझ लागे पछि बजार् लाग्ने गर्थ्यो। त्यहि बजार् चहारें। एउटा हाफ पाइन्ट भन्ने कि कट्टु रु १० मा, एउटा टी शर्ट रु ८ मा र अन्डरवेर् रु ६ मा किनें। बाकि रहेको रु ६ जतन् का साथ घर् लगें।
यसरि समय बित्दै गयो। ६ किलास नि पास भयो। औसत दर्जा मा। बुवा को हालताअ मा अब चाँही मनग्य सुधार भए छ । हात खुट्टा चलाऊन सम्म हुने भो । दु:ख को परिणाम अलि घटे जस्तो महशुस् भयो । र कारीब १ बर्ष ६ महिना जती अस्पताल को बेड मा मृत्यु सँग जुध्दा जुध्दै पिताजी को घर आगमन भयो । धेरै आँसु का बिच अब केही खुशी आए जस्तो । हात खुट्टा चलेको भनेको प्राबिधिक रुपमा मात्र थियो । हिंड्ने त कुरा त परै जाओस्, हात ले केही उठाउन वा चलाउने स्थिती थिएन । घरैमा दैनिक रुपमा र अस्पतालामा साप्ताहिक रुपमा फिजिओथेरापी गर्नु पर्ने र अनेक थरिको ओखति खानु पर्ने भयो । भात खाने चिन्ता र ओखतिमुलो को चिन्ता बाट हामी दाई भाई को कमाइ पुग्ने भएकोले मुक्त थियौं । सात पढ्दै गर्दा २०३६ साल को कुरो हो, बसन्तपुर मा ( मेरो स्कूल कै आँगनमा) विद्यार्थीहरुको भेला थियो । शायद जुल्फिकार अलि भुट्टोको फाँसी को बिरोध मा पाकिस्तान को दूताबासमा बिरोध पत्र दिन गएका विद्यार्थी समुहलाई प्रहरि लगाएर प्रसाशनले दमन गरेको बिरोध मा आम सभा गर्न खोजेका थिए । सो सभा सुरु भएको केही क्षण मै असंख्य प्रहरि आएर निर्मम्तापूर्वक लाठी प्रहार गरे । हामी स्कूल को पहिलो तल्ला को कक्षा कोठा बाट हेरी रहेका थियौं । त्यो डिन को कहाँली लाग्दो दृश्य पछि म मा पञ्चायत प्रती बिद्रोहजाग्यो ।
यसरी सात नि पास भो । बिहान बेलुकी भात जोर्ने र दिउसो स्कूल मा घुर्ने लड्डु को के राम्रो अंक हुन्थ्यो? पास् भने सि पुगी हाल्यो क्या रे, फेल भए पो अर्को कुरा । सात पछि हाइ स्कूल भर्ना हुने क्रम मा दाइ ले गणबहाल स्थित नेपाल आदर्श स्कूल मा भर्ना गरी दिने सूर कसेको रहेछ । बिहान पढाइ हुने त्यो स्कूल को छबी त्यतिबेला साह्रै न राम्रो थियो । बिहान स्कूल जाने र दिउसो काम गराउने बिचार पनि हुन सक्थ्यो । मैले मान्दैन मानिन र मेरा अधिकांश साथीहरु बिश्व निकेतन जाने भएको ले करा गरेरै म पनि फारम भर्न त्यतै लागें । विद्यार्थी भर्नाको अत्याधिक चापले होला ईतिहास मै पहिलो पल्ट प्रबेश परिक्षा लिने भयो । प्रबेश परिक्षा दिन गैयो । हिसाब त सजिलो सँग गरियो, नेपाली त चान चुन थानेर लेखियो । अंग्रेजी ले रुवायो । change following sentences into negative sentence भन्ने प्रश्न ले दिमाग खायो । नेगटिभ सेन्टेन्स् भनेको कुना चरा को नाम हो थाहा नै भएन । हाम्रा पूरानो स्कूल का दिग्गझरु सँग खास् खुस् गरियो, अहं पत्ता लागेन । ती मध्य अंग्रेजीमा विद्वान कहलिने झा थर का मित्र ले यस्को समाधान निकाले । हरेक कृया (verb) मा एस्(s) थप्ने । बडो बिजयि भाव मा हरेक कृयामा एस् थपेर नेगटिभ सेन्टेन्स् बनाएर आइयो । क्रमश्:
कथाको अर्को भागको लागि राहू बूडालाई धेरै-धेरै धन्यवाद! हामीले दिनको एक भाग पढ्न पाउनैपर्छ भन्ने भाग जोडदार रुपमा राख्न चाहन्छु।
उता फुर्सद डट कममा झिल्केको कथा पढेर टाइमको राइट सदुपयोग गरियो। धेरै राम्रो छ झिल्के ब्रो, नेपाली समाजको यथार्थलाई सर्लक्कै उतारेको छ ब्रोको कलमले। प्रतिकृया उतै लेख्न खोजेको, किन हो लिन मान्दै-मानेन।
:) नमस्ते है राहुलदा हजुरको कथा त साह्रै मार्मिक पो रहेछ त ।हजुरको आत्मकथा पढेर यस्तो लाग्यो सबैको ब्यथा उस्तै उस्तै।मलाइ त लाग्छ संघर्समय जीवन नै सार्थक हुन्छ ।यस्तैगरि पढ्न पाइराखुम है त अरु भाग पनि। 'बडो बिजयि भाव मा हरेक कृयामा एस् थपेर नेगटिभ सेन्टेन्स् बनाएर आइयो । '---हेहेहेहे चिट चोरेपछिको सन्तुष्टि हो राहुलदा त्यो :)
नेफ्चेभाइको कविता नि पढियो । ल दुबै राम्रो लाग्यो ।प्रस्फुटित भावना सुखद होस या दुखद दुबै मनछुनेहुन्छन ।
दुर्गेस्वरी स्वागत छ है हजुरलै मेरो पनि ।
अनि गौतमबाउ(गौतमजी) हजुरले अन्याय गरेको देखेर अचम्म मानिरा'किछु के रे नि। हजुरबाट हामीले चै केहि सुन्न पढ्न नपाई हो ? आर्या कत्री भइन? :)
दर्शन गरें मिस! अरुको यस्तो राम्रो-राम्रो रचना पढ्न पाईया बेलाँ, जस्तो पायो तेस्तो के टाँसौं भनेर हो मिस। बरु हजुरको पनि पढ्न पाईया छैन नि! **** आर्या एक वर्ष र एक महिनाकी हुँदैछे। नेपालबाट आउँदा खेरि खिचेको फोटो हो, तीन हप्ता पहिला। खिच्ने बेला अलि अँध्यारो थियो कि कुन्नि, राम्रो आएनछ। फेरि नेपाल बसुञ्जेलको रुघाखोकीले गलेकी पनि थिई ऊ। अहिले यहि मात्रै रहेछ।
रमाइलो, हे हे हे हे " बडो बिजयि भाव मा हरेक कृयामा एस् थपेर नेगटिभ सेन्टेन्स् बनाएर आइयो ।"
नयाँ अन्वार मुन्निको न्वारान भैसकेको मानिछु के रे, आर्को दुर्गेस्सोरीलाइ स्वागत मात्रै गर्ने कि न्वारान पनि गर्ने ? खै जेठो बाठो जिम्माल बुढा, पुण्टे दा, राहुल दा हरु त कस्सेनन कस्सेनन, महिलाबृन्दबाट थुलि र मिस पनि कस्सेनन , ए रातै !!!
अब ह्याँ चौतारिआँ नि जनआन्दोलन गर्न परो जस्स छ है ।
अनि निशपाट ज्यान त दह्रै छ भन्ने मानिछु के रे, त्यो नाथे बर्गर घिचुवा मामाको २-४ बेल्टले गल्ने हो र यो ढिंडो र तोङ्बा खाएर बनाको ज्यान ?
मुन्नि मर्दाना हो कि जनाना ? नाउँले कन्फुस गरायो क्या ।
धन्यवाद मिस! (हुनत म त त्यस्तो शान्त कहाँ छु र! हा हा हा!) दुबैलाई देख्नेले दुबैको अंश मिलेको भन्दा रहेछन्। अझ परिवारै देख्नेले परिवारका अरु सदस्यसंग पनि मिलेको भन्दा रहेछन्। अहिले विचार गर्दा आर्याको नक्शा आफ्नु मामाघरतिर बढी मिल्ने जस्तो छ।
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
Please ask KRISTI NOEM in her facebook and other social media to renew TPS
Supreme Court allows Trump to end TPS for Venezuelans
Nepal TPS decision
TPS to F1 Status.
legal Query for married nepali girl now have taken US citizenship
ए १ पनि पुगेनछ ?
Trump’s “Big Beautiful Bill” is straight-up xenophobic class warfare. Let’s call it what it is.
2020 : Why No Trump !
Business Ideas in Nepal?
A legit Non-Profit organization "United For TPS Nepal "
Leave messages on US congressman's facebook to support TPS
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.