[Show all top banners]

Tusaro
Replies to this thread:

More by Tusaro
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 Nepali word and its definition

[Please view other pages to see the rest of the postings. Total posts: 176]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 NEXT PAGE
[VIEWED 106470 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 9 pages, View Last 20 replies.
Posted on 09-03-06 8:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Since we all have different origin and background, I think it will be nice to discuss certain Nepali words here in Sajha. People can give certain words and let other people say what it is and reveal the exact definition later on.

साहीत्तिक शब्द सिक्नु - सिकाउनु मेरो लक्ष होइन। गांउले, ठेट, खरो, झर्रो शब्द सिक्न पाउनु नै यो धागोको मुख्य लक्ष रहेको छ।

मेरो पहिलो शब्द: पुल्ठी
 
Posted on 09-05-06 12:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आँटी - खै था भएन - मैले जानेको त आँट मात्र हो जुन मैले माथि नै भनिसके।

कन्तुर - पैसा राख्ने सानो बाकस

बसिला - काठ तास्ने सानो औजार

पट्टुवा - था भएन

घोलटाप्रे - एक किसिमको झर - जडीबूटि भन्दा पनि हुन्छ

बाहाँ - छाँनो अड्याउने बाँस वा काठ - जुन घर बहिर बाटै देखिन्छ

मुलडाँडी - छानो छाउदा बिछ्याउने बाँस, काठ का लामा घोचा। lengthwise - perline??

सानोडाँडी - छानो छाउदा बिछ्याउने बाँस, काठ का लामा घोचा। widthwise - rafter??

मठ्ठल - था भएन

कच्चल - था भएन

यो पाली त भउते जी ले कस्तो गार्हो दिनु भएछ! मैले अ धेरै guess गरेको छु। सायद साथीहरुले help garnu hunchha ki.
 
Posted on 09-05-06 12:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मठ्ठल- तुलसि को बिरुवा रोपेर पुजा गर्ने ठाउ।
 
Posted on 09-05-06 12:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल त सथीहरुलाई मेरो तर्फ बाट
--------------------------------------------

सिमाली

सत्रन्जा

हरेउ

पन्चपाला

अँगेरी

राँबो

सुर्को

बाबियो

चित्रा वा चित्रो

फरिका
 
Posted on 09-05-06 1:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सुर्को - a way of knot , सुर्को पारेर बाध्ने .

चित्रा वा चित्रो -बाँस् बाट बनेको एक् प्रकार् को mat.
 
Posted on 09-05-06 1:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तुसारो जी घोल टाप्रे होईन होला BHOL TAPRE होला होईन र ?
 
Posted on 09-05-06 1:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पट्टुवा -- jute plant that is used to make rope adn other jute bags etc..
 
Posted on 09-05-06 1:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बाबियो= हरियो घास् जो रस्सी बनाउन काम मा आउछ !
सुर्को = साना- साना खेत्
 
Posted on 09-05-06 1:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मैले दिएका शब्दहरु को अर्थ:
आँटी : माथितिरको तल्ला (बुईगल भन्दा तलका) सायद चोटा भनेको यै हो कि, हामीहरुको तिर आँटी प्रयोग भएर चोटा थाह नपाको हुन सक्छ मैले, : अनिल जीले मिलाउनुभो

कन्तुर: पैसा राख्ने सानो बाकस , हाइपरथ्रेड र तुषारो जीले सही भन्नु भो

बसिला :काठ तास्ने सानो औजार , अनिल जी, हाइपर जी र तुषारो जीको ठीक छ, बसुल्ला नी भन्छ अनिल जी

पट्टुवा : दाम्लो-नाम्लो बुन्न निकालिने रेसादार बोक्रा, यो खनियो, चिप्ले, ओडालो आदिको हाँगाबाट निकालिन्छ। सनपाट बाट पनि निकालिन्छ। अनिल जीले मिलाउनु भो।

घोलटाप्रे: एक प्रकारको जडिबुटी, बिषेष गरी केटाकेटी र बुढा बुढीलाई उपचार गर्न प्रयोग हुन्छ। यसको पातको रस अनि प्राणेश्वार र आनन्द भैरव को उचित मिसावटले धेरै भन्दा धेरै रोग हरुको उपचार गर्न सकिन्छ। आयुर्बेद-चिकित्सा पद्दतीमा यो अत्यन्त महत्वपूर्ण मानिन्छ। अनिल जीले भन्न खोज्नु भाको सायद टाप्रे होला। तुषारो जीले मिलाउनु भो।

बाहाँ: खाश मैले रोँटे पिङ सम्झेर लेखेको थिएँ। रोटे-पिङमा हुने क्रस-भाग लाई बाहाँ भनिन्छ, तुषारो जीको नि ठीक छ।

मुलडाँडी: रोँटे पिङमा बाहाँ अड्याउन प्रयोग हुने

सानोडाँडी: यो पनि रोँटे-पिङ कै एक भाग हो। जसमा २टा पाखुरी झुन्डयाएर पिर्का अड्याइन्छ।

तुषारो जी, perline भनेको डाँडा अनि rafter भनेको भाटा हो क्यारे। इन्जिनियरिङमा त्यसै भनेर पढेको हो के रे।

मठ्ठल: छानोको पानी चुहिने नेर छानो अड्याउन राखेको डाँडा (perline) को टुप्पा हरुलाई छोपेर राम्रो देखाउन along the edge of roof टाँसिने काठ। मन्दीरहरुमा यसमा बुट्टा पनि भरेको हुन्छ। तिरा जी त्यो त तुलसीको मठ हो मठ्ठल हैन।

कच्चल: लालटीनको बत्तीबाट निस्केको ध्वाँसो, जुन लालटिनको माथिल्लो भागमा जम्मा भएर बसेको हुन्छ।


तुषारो जीको:

सिमाली - बारमा लगाइने एउटा झाडी भनम न। अनि सेपिलो ठामलाई नि सिमली परेको भन्छ नि

सत्रन्जा - थाह भएन

हरेउ - हरियो रङको सर्प

पन्चपाला : बिशेषत पुजामा प्रयोग हुने सानो तामाको पानी राख्ने कचौरा जस्तो भाँडो (पञ्चपात्र पनि भनिन्छ)। यसबाट पानी निकाल्ने चम्चा जस्तोलाई आचमानी भनिन्छ।

अँगेरी: पाक्दा कालो हुन्छ र खायो भने मुखै कालो हुन्छ। यो सिमाली र अँगेरीको बोट उत्रै साइज को हुन्छ।

राँबो -थाह भएन

सुर्को - बारीको सानो टुक्रा, जहाँ हल लाग्दैन। खेत को फोगटो भनेजस्तै

बाबियो - डोरी बाट्न प्रयोग हुने लामो रेसादार पात भएको बनस्पती

चित्रा वा चित्रो : बाँसको चोयाले बुनेको फराकिलो चिज जस्ले जाडोमा गोठ बार्ने गरिन्छ।

फरिका - फल्याक (काठको फ्ल्याट) हो कि ?
 
Posted on 09-05-06 1:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राउट्या दुई शब्द :
१) आँसी
२) बरिया (अथवा बर् रे )
 
Posted on 09-05-06 1:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जाँच लिम है त:

एउटा मिलाए १० नमर
पूर्णाङक-१००
उत्तिर्णाङ्क-४०

१)नाम्रो
२)लम्बर(लम्मर)
३) राँतो
३) महला
४) हिँगा लाउनी
५)खराइँ
६) सोत्तर
७) थाकल
८) तिँदो
९) बेलौति
१०) स्याउँ

~राउटे
 
Posted on 09-05-06 1:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

hasiyaa ra naamlo hehehe
 
Posted on 09-05-06 2:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मिल्यो! मिल्यो! सजिलै थे नि त! ल अब जाँच लिम त । कल्ले कति हान्नी रैच है ! हेहेहे...
 
Posted on 09-05-06 2:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

१)नाम्रो - राम्रोलाई बच्चाले नजानी नजानी उच्चाहरण गरेको हे हे हे :-) थाह भएन
२)लम्बर(लम्मर) : नम्बर ?? :-) थाह भएन
३) राँतो- :-(
३) महला- :-(
४) हिँगा लाउनी-:-(
५)खराइँ- खरै हो? धान काटेर खलोमा बनाएको कुन्यु के।
६) सोत्तर: गाइ-भैसीलाई ओछ्याउन प्रयोग हुने झार-घाँस-पात आदी
७) थाकल- :-(
८) तिँदो :-(
९) बेलौति - अम्बा
१०) स्याउँ - स्याखु हो? पानी पर्दा ओढ्ने। कि बुढा-बुढीले स्याउलाई स्याउँ भनेको हो?

उफ ५० मार्कस को मात्र हल गर्न सकेँ, त्यसमा नि कति बिग्रेको होला। जिन्दगीमा नदेको परिक्षा भो यो त :-)

तिरा जी, कि सोध्दै नसोध्नु, सोधिसकेपछि जे भनेको थ्यो त्यै लेख्नु नि। :-) नाम्लो को डोरी भागलाई मात्र बरियो भन्छ, पुरै नाम्लो लाई हैन। :p :p
 
Posted on 09-05-06 2:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भौते जि के सोधेको कि सोध्ने भनेको??
कसै लाइ नसोधि लेख्ने नि चिट् चोर्न पाइदैन है म त मरे भन्दिन्न अब आफै लेख्नुस् :p
 
Posted on 09-05-06 2:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

१)नाम्रो - था भएन (नाम्लो मात्र था छ)
२)लम्बर(लम्मर)- like lumber - न चिरेको बुढो
३) राँतो - था भएन
३) महला - गाई बस्तुको मुखमा बाधिने हेल्मेट
४) हिँगा लाउनी - था भएन
५)खराइँ - था भएन
६) सोत्तर - सुकेका पात पत्तिङगर, स्याउला
७) थाकल - था भएन
८) तिँदो - था भएन
९) बेलौति - खै कस्ले भन्नु भा थ्यो पैले - आम्बा
१०) स्याउँ - फलफुल स्याउँ मात्र था छ।
 
Posted on 09-05-06 2:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

महला : (मोहोला??) : जोत्दाखेरी गोरुको मुखमा लगाईदिने कुरा
 
Posted on 09-05-06 2:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

१)नाम्रो
२)लम्बर(लम्मर) number
३) राँतो Red color
३) महला-- गाइ-वस्तुको मुखम लौने टोपि जस्तै so they won't eat the baali.
४) हिँगा लाउनी-- लहरा भएको तरकरीहरुको बोटमा लाउने बास् आदि
५)खराइँ-- Bunny rabit
६) सोत्तरगाइ वस्तुलैइ ओछायाउने घास
७) थाकल
८) तिँदो
९) बेलौति- अ्बक ( अ्बा) Ambaa
१०) स्याउँ - Apple
 
Posted on 09-05-06 2:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सोत्तर्= सेउला जुन गोठ मा प्रयोग गरिन्छ
हेगा लगाउने= बर्खा याम मा खेत सम्माउने
महला =गोरु को मुख मा लगाउने जस् लाई कोर्का पनि भनिन्छ
थाकल = काचो मा रातो र पाके पछि kaalo हुने फल् जस्को पात बाट घर पनि छाईन्छ
स्याउ = पानी बाट ओतीन पात बाट बनाईएको ओढनी
 
Posted on 09-05-06 2:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरो सत्रन्जा र राँबो को उत्तर आउन सकेन। फरिको र पन्चपाला पनि मिलेन। अरु सब्बै भउते जी र अरु साथिहरुले मिलाउनु भा छ।

सत्रन्जा - ओछ्यान को सब्भन्दा मुनि बिछ्याईने तन्ना जस्तो लुगा
पन्चपाला - रङ्, अछेता, जौ, तील रख्ने खन्ड खन्ड परेको पुजाको भाँडो
राँबो - कठमा प्वाल पर्ने बसिला जस्तै औजार
फरिका - सेउला, सिमाली आदि ले बनाएको बार्ने चित्रो। This one prevents small chicken from entering garden

अब नयाँ शब्दहरु

धरान
बाकल
झाँझर
कर्कालि
हातो
सामा
टुडो
 
Posted on 09-05-06 3:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धरान - a city of eastern nepal .
कर्कालि -a plant , tarkaari pani khanchhan .
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
NRN card pros and cons?
TPS To F-1 COS
Nepal TPS has been Extended !!!
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
Please ask KRISTI NOEM in her facebook and other social media to renew TPS
Supreme Court allows Trump to end TPS for Venezuelans
Nepal TPS decision
TPS to F1 Status.
legal Query for married nepali girl now have taken US citizenship
ए १ पनि पुगेनछ ?
Trump’s “Big Beautiful Bill” is straight-up xenophobic class warfare. Let’s call it what it is.
Business Ideas in Nepal?
2020 : Why No Trump !
A legit Non-Profit organization "United For TPS Nepal "
Leave messages on US congressman's facebook to support TPS
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters