[Show all top banners]

chipledhunga
Replies to this thread:

More by chipledhunga
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 1]

sanir
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 Chautari X

[Please view other pages to see the rest of the postings. Total posts: 312]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
[VIEWED 158889 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 16 pages, View Last 20 replies.
Posted on 02-18-06 10:09 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ, बनाइदिएँ १० लम्बरको चौतारी पनि ।
 
Posted on 02-22-06 10:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

काकाको अलि पुरानो फुटो। परार साल शिवरात्रिमा काठमाण्डु जाँदा एउटी कुइरीले खिच्देकी रे!

 
Posted on 02-23-06 12:05 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धुन्यबाद है बिर्खे, रामकिस्ने, पुष्पु, रुइनू अनि खलबले(Echoes) सप्पैलाई एउटै भजालाँ पस्केँ है.
रागाँको मासु सकियो अब बुइनीहुरले सुकुटी खानी.
रुइनु, बुनु तिमी जस्तै ज्ञानी र पुष्पु जस्तै विदुषी भा(हुने) हुनाले न्युयुजर र बिर्खे मामाले नाम पनि तेइ अन्सार राख्दिए भनुम् न.
---
ए गौतमजी, नेसाज(Nepalese Students Association in Japan)मा चुनाउ हुँदैछ रे नि. उठुम् न अध्यक्षमा.
Vote for Gautam!
- Chunab Prachar prasar sahayog samiti
---
 
Posted on 02-23-06 2:04 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खोइ दादा उठिएला जस्तो छैन। म त सदस्य भ'कै दुई महिना हुँदैछ। बरु भोट माग्नेहरुले कता कता'ट फुन नम्बर भेट्टाएर फुनमा भोट माग्न थालेका छन्। अहिलेलाई नेसाजलाई 東海क्षेत्रमा फेरि सकृय बनाउने तिर सम्म लाग्नुपर्ला।

अस्ति हुँदी दादालाई चिन्ने स्याऊँजाली भण्डारी ( 北海道 graduate )भेट भएका थिए।
 
Posted on 02-23-06 5:16 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एहे नि त, दाई लाई छोरी पाको म बधाई छ ।
 
Posted on 02-23-06 10:21 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मदेस तिराट गाम फर्कदा फर्कदै खुशीओ खबर सुन्न पाइयो। दादाले छोरी पाएच के रे ‍एसफेर। लौ राम्रो भओ। ब्वारी र नातिनी बूनुलाई आशिर्बात सुनाइदेस्।

धेरै दिन देखि जो मना एउटो कुरो खेलेओ खेलेइ थो। फेरी चौपारा आउनेहुरले खिसि अर्लान भनेर मुख फोर्न सकेओ थेन। धन्न यो गोताएँले कुरो खोल्दो र मनओ कुरो अर्न पाएर भको पीर आधा जो घटो गाँठे। कन्नाँ भको टनटनी दुख्नि पिलो फुटाइदे पछि हुनि सुख जस्तै भओ लौ। सुके लूतोलाई लामा नङ भका अम्लाले बोरोत बोरोत कनाम्दा हुनि जस्तै आनन्द भओ।

हुन नि तेरी काकीले ज्याद्रै जो अर्चि के हिँजआज त। के अर्नि हो? छुरो मुख भानि पैले पैले त ज्याद्रै जो राम्री, परी जो जस्ती थि के रे, तेइभर ठीकै थो। अइले त मुख भरि नि चाउरी, दुइटै जो फाचाँ झोल्लेर नाइटा निर आइसके, थुतुनो चैं उस्तै छुराओ छुरै। मनै नमान्नि के। तेसैओ झोकाँ एत्रैसिति भनेर बटौली तिर लागेओ हुम के रे। पुग्नि भए त उतै जो बस्न हुन्तो, नभएसी क्यार्नी फर्कनै परो।

ओए गोताएँ, बरु तेरा मावलतिर बुढी कन्ने बसेआ तेरा सानिमाहुर छैनन? अपुर लंठूहुरका बुढी कन्ने फुपैहुर पो छन कि? लौन यो बुढीलाई त देखाम्नै पर्नि भओ के। एल्लाई गोठ तिर घुचट्न परो, कान्छीलाई मूल घराँ भित्राम्नु परो। एत्रै सिति जे त पर्ला!
 
Posted on 02-23-06 10:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ काका बौलाएअचन केरे । मर्ने बेला हरियो काँक्रो भनेको एइ हो।बुडेस् काल मा केके सोच्चन् बुढो।
 
Posted on 02-23-06 11:01 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यी हाम्रा काकालाई बैस्ले छोएछ बुडेसकालामा एसो तिर्थ तिर जानु पर्ने त अर्की काकी पो खोज्दै छन । ल भएन है काका त्यसो गर्न । छोराहरुले पात कसेर चुट्लान नी थाहा पाए पछी
 
Posted on 02-23-06 11:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

काल आए कमिलाको पखेटा पलाउँछ भन्थे। यो बेलाँ आर के कान्छी ल्याउने रहर चढ्या हो कुन्नी। ऊ बेला भए त मुलुकी ऐन लाग्थ्यो, अहिले त गाउँमा माओवादीको जग्जगी छ। जेठी एसै त छुरा छिन् रे, हाल्लिन् जनसरकाराँ उजुरी। अनि कान्छीसँग मुलघराँ हैन रोल्पा रुकुमतिर श्रम शिविरमा जिन्दगी बित्ला। दुई चार दिन अरु बटौली बसेर सिद्धबाबाको पूजा गरी आ भए अलि बुद्धि आउँथ्यो कि।
 
Posted on 02-23-06 12:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ न नि !!!!! यि काकालाई के भयो?कतै दिमाग त खुस्केन काकाको? हिजो त ठिकै थियो चौतारीमा मज्जाले गफ चुटेर
"म परे तिमुर सप्पैआ काका। मानमर्यदा अरेर बोलओ मसित बोल्दा। " यसो पो भन्दै थिए। यसो भन्न थाले पछि अब कसरी मान गर्ने होला कुन्नि??
 
Posted on 02-23-06 12:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

काकीलाइ त सताए सताए, अब आ'र गाम्ले लाइ नि सु:ख दिनि भनन् यीनले ! काकीका रीसले अब कुन
चाइँ चलित्र हराकी खोजेर भित्र्याउनी हुन अब । हे भगवान, कली त धपधपी बल्न लाओ के रे !:)

अब यीनले यो बुडेसकालाँ आ'र घराँ तेती लक्षिनकी काकी हुँदाहुँदै आर्की ल्याम्चन भने म त यी
नका घराँ ग'र एक लोटा पानी पनि खान्न लौ जा, जल्ले जे भनेनी भनोस् । यीनकाँ पर्दा अब अर्म
पर्म मेलापातो पनि सपै बार्न पर्च ! के भन्चौ गाम्ले हो, बुडेसकालाँ छाडा भ'र अतिसारै अर्न लाए
यीनले त ! :)
 
Posted on 02-23-06 12:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यही त भन्या माष्टर्नी नानी। बरु आफू कता बेपत्ता हो यत्तिका दिनसम्म? साझाँ त देखिनै छोड्यो नि। ट्युसन पढाम्दै ब्यस्त हो कि कसो?
 
Posted on 02-23-06 12:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो हो मुन्द्रे, कुरा साह्रै मनासिब लाग्यो ।
 
Posted on 02-23-06 1:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आफु लाई एउटा नै छैन बुढो चै अर्को खोज्दै हिंड्ने कस्तो नकचरो
 
Posted on 02-23-06 1:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ बुढो बौलाउने भए अब चौतारी मा आएर
 
Posted on 02-23-06 1:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाम्रा लाउरे दाईले टाउकाँ फेटा लाम्ने मुन्छेओ देशाँ (पन्जाब) गर आम्दा यसो भन्ने अर्थे -"चढि जवानी बुड्ढे नु"!
बुडेसकालाँ कइलेकाईँ जिब्रो लाट्टिन्छ रे अनि चाइन्जो पिरो, अमिलो खान मन लाउच रे। घराँ पाक्या दाल भात पच्तैन रे!
हाम्रा काका बुडाओ इस्थिती नि एस्तै भएच। अस्ति सम्म त म सअँ तमाखु खाँदा सुटुक्क कइलेकाईँ भन्ने अर्ते, तर हुँदा हुँदा सपै गाम्ले सअँ भन्तै हिन्न थालेचन्। नाति नातीना खेलाम्ने उमेराँ के बइँस चडेओ होला बुडालाई! कताटी काकीआमाले नि चाल पाइचिन् रोएर हत्ते अरिन, "लौ न बिर्खे बाबु केइ अर्नु परो, तेरा काका यस्ता त थेनन् भूत सुत लाओ कि?" भन्तै काकि रुन थालेओ देख्ता मलाई नि रिस उठो।"भूत लागेओ हैन काकिआमा बौसि लाएओ हो, तपाईँ चिन्ता नअर्नुस एउडो झाँक्रि खोजेर ल्याम्चु म झाँक्रिले काम्दै फाली ततार बुडाओ तिघ्राँ 'झ्वाइयँ" अर्ने अरि डामेसि बौसि सौसि सपै हराम्च" भनेर भनेसि बल्ल बुडिओ मुखाँ घाम लाए अस्तो भो। त्याँसि काकि बुडिलाई एउडा कुखुराओ भाले खोज्नुस भनेर मु चाइ झाँक्रि खोज्दै हिनेओ।
बरु गाम्लेले कतै देख्यौ कि झाँक्रिलाई अस्ति कैले हो त यइँ चौतारिआँ " मनुवा" भन्तै काम्दै थ्यो त..
 
Posted on 02-23-06 1:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए काका,
यी ग्वाँचेहरुका कुरा नसुन के रे। म त तिम्रै साइटमा छु है। चाइनी अब, काकी बुढी भै गइन, मन समाल्दिने एउटि तरुनी काकी चाइयो नी त, कि कसो?
तिमी आँट अर्छौ भने, एक्लै भे' नी जन्त आउँछु म त फेरी।
 
Posted on 02-23-06 2:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

काका बुडा फेला परे!!!
बुडा त तल कैले साउको पसलाँ बसेर पत्रिकामा 'वैवाहिक बिज्ञापन' हेर्ते रेचन!
बुडाओ बौसि त झार्नै पर्ने हो..

 
Posted on 02-23-06 2:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


फोटू हेर्दा त काका को नि चाकाँ सार्की खटेरा आ जस्तो छ। पोज त त्यही हान्या छन् बुढाले। चुरोट नि माल्वोरै हान्या जस्ता छन् । त्यही खुइरिनीले द्‍या जस्तो छ बुढालाई । दाईने हाताँ मित्रता-पट्टि (Friendship Band) नि बाँध्या छन् !! कतै त्यही खुइरिनी संग त जोईलन लागेनन् बुढा? काठमांडू बाट टंकल आथ्यो, बुढा त अचेल डिङ्गो बुट लाएर हिड्छन् रे नि, चुरोस ट्याप लाउदै । कपालाँ हेर-बिगन नि लाउन थाल्या छन् रे। कालिच लाएर कपाल त कालो पार्छौ ये बुढा, त्यो चाउरी कसरी मेटाउछौ नि गाला को? अहिले खुईरिनीले मुसार्दिन्छे भोलि त्यसैले ईस्त्रीले डामदिन्छे, अनि याद आउला नि काकी को, मसानघाटमा -- ईस्तिरीले पोलेर छाला टिनिक्क भो पछि। खुरुक्क गाम फर्क काका बुढा, काकी को हालत मुनाको भई सक्यो, तिम्लाई खुईरीको टुना-मुना ले अझै छोड्या छैन !! झन्क्क रिस उठ्छ के। :@
 
Posted on 02-23-06 2:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिर्खे ब्रो, त्यो काँ काका हुनुनि? त्यो त काका को नि काका। अनुहार दुरुस्तै, काटि-कुटि सक्कल बमोजिमको नक्कल छ। काका त अचेल हिरो पल्ट्या छन्, गाईखाने संग लागेर। eheh.
 
Posted on 02-23-06 4:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ यो काका बूढाले त ठूलै जात्रा मच्चाइरा' रैछन् नि चौतारीमा आज। क्यै काम नपा'र अर्की ल्याउन खोज्दैरैछन्। त्यस्तो अन्याय गर्नु भएन नि काका, बूढेसकालाँ बुध्दि बिग्र्यो कि क्या हो?

फेरी साहिंला चैं काकाको जन्ती जान तयार भएछ, काकालाई उक्साउने यै नै पो हो कि कसो?

आज त मास्टर्नी दिदी पनि धेरै दिन पछी देखा पर्नु भो नि चौतारीमा, तपाईसँग केही सिलोकहरू सिक्नु पर्यो लौ फेरी!

सिरेले मलाई बिजुलीपत्र पठाकोथ्यो, तर चौतारीमा चैं आकै रैनछ। केनडाँडाको जाडोमा सिरकभित्र लुकिरा' हो कि हिउँमा चिप्लिरा' हो कि 'यस यस वायरलेस' भन्दै गफ हाँकिरा' हो थाहै भएन।
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
NRN card pros and cons?
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
legal Query for married nepali girl now have taken US citizenship
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
2020 : Why No Trump !
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
ए १ पनि पुगेनछ ?
ALERT: JUDGE RULED NEPAL TPS CAN CONTINUE
BREAKING: FEDERAL JUDGE ORDERS TRUMP ADMINISTRATION TO DELAY TERMINATION OF TPS HUMANITARIAN PROTECTION FOR 60,000 TPS HOLDERS WHO HAVE LIVED IN THE US FOR YEARS
नेपाली वालमार्ट चोर
maga got what they voted for
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
Funny when Nepalis talk about Epstein and injustice
H1B
EAD Filing
Tps decision coming or not nov 18
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters