[Show all top banners]

Pretty
Replies to this thread:

More by Pretty
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ** चौतारी ३१ **

[Please view other pages to see the rest of the postings. Total posts: 387]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 NEXT PAGE
[VIEWED 163400 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 20 pages, View Last 20 replies.
Posted on 11-15-06 11:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी! चौतारी!!चौतारी!!!

सम्पूर्ण चौतारीका गाम्लेहरू तथा शुभचिन्तकहरूलाई न्यानो अभिवादन

उकाली-ओराली, हिउँद-गृष्म, दशैं-तिहार गर्दै, हाँस्दै-खेल्दै, ठट्टा गर्दै चौतारी तीसौं भागमा आईपुग्दा नयाँ पुराना गाउँलेहरू तथा शुभचिन्तकहरूको न्यानो माया, सद्भाव र शुभेच्छा पाएर द्रुत गतिमा प्रगतिपथमा लम्कँदै गइरहेको छ। चौतारीको निरन्तरता साझा मैं एक अभूतपूर्व कीर्तिमान हो भन्नु अत्युक्ति नहोला। नेपाली जनजिब्रोलाई माया गर्ने, नेपालीपनमा रमाउने र एकअर्का प्रति बन्धुत्त्व, सद्भाव एवं मेलमिलापको दृष्टीले हेर्ने सबै नेपालीका लागि चौतारी एकताको अनुपम नमूना हो। चौतारीमा पाल्नुहुने गाम्लेहरूको प्रयोग गर्ने नाम र चौतारीको नाम प्रथम पृष्ठमा राख्ने जमर्को गरेको छु। अरू पनि थुप्रै गाम्लेहरू हुनुहुन्छ जस्का चौतारीको नाम जुरेको छैन, तिनका नाम अन्त्यमा राखेको छु। साथै हालसम्म चूपचाप रमाईलो मानी चौतारी पढिदिनेसाथीहरूलाइ पनि यसमा भाग लिई चौतारीको रौनक बढाईदिनुहुन अनुरोध गर्दछु।
Nepe – नेपे दाजी, Birkhe_Maila – जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेद, Kick – काका, GautamB. – गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute – भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – आइते, जंगे, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me – मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मु्न्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरितालिका, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्यासे - च्यासे पिकरेली, काने, मुखियाबा सुर्जे, नयाघरे, पहालवान, याङ्गे, नटे, लन्लि, समिर, बेमानि ,आशे, परदेशी, पानपाते ,हर्के, बिनोदे , याक्कु, राधा, हिते ,नारने, झाक्री,पिरो मरिच,परबर् ,राते ,कटरिना, रामे, माने, हिमाल, आदी......





ल अब दिप ज्योको कवितासँगै चौतारी शुरू गरौं।
कतै घामको राप छ
कैले कामको चाप छ
सुस्ताउँदा बतास बोलाउछ
आफ्नो भन्नु आफ्नै हो
मेरो साथी यै चौतारी बनेको छ


मनमा अपरीचित छाप छ
कल्पनामा कसैको बास छ
अपरीचित लाइ चिनाउँछ
उस्लाइ पनि बोलाउँछ
मेरो साथी यै चौतारी बनेको छ

कतै अतितको सन्ताप छ
कतै ओइलाको साहास छ
पात पातमा यस्को मल्हम छ
उत्साह्को गीत सधै गुन्गुनाउँछ
मेरो साथी यै चौतारी बनेको छ

कैले जाडोको त्रास छ
कैले न्यानोको आस छ
सिरक बनेर बस्छ
घामलाइ ब्यानै देखि बोलाउँछ
अफ्नो भन्नु आफ्नै हो
मेरो साथी यै चौतारी बनेको छ




 
Posted on 11-15-06 3:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पुन्टेदाइको लोटरी
बर्षौँ गयो तिनलाइ नपरी
किन्छु भन्ते झल्किने मनिटर लोटरि त्यो परेसि
जे गरेपनि परेन तिनिलाइ के गर्नु खप्परै तेस्तो भएसि

अझै पनि आशा त मारेका छैनन्
इन्टरनेटको फेभराइटमै लोटरि साइट राखेछन्
दिनदिनै साइट घुम्दछन्
पुर्पुरोमा हात राखि धिकार्छन्
दिनदिनै टाउको मुसार्दा कपाल सबै झारेछन्.....................

 
Posted on 11-15-06 3:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पून्टेदाईलाई मन परेन अक्षर गर्ने झिमिक झिमिक
माउजिल्ला(Mozilla) प्रयोग गर्नुहूँदो रहेछ

टोपी लाएर हिड्नु हुन्छ टिमिक टिमिक
एक्सपोरर(IE) बाट समस्या सुल्झिन्छ

ल हेरूम् पून्टेदाईको फोटू (ब्याकग्राउण्डमा) :P ;)
(source: ramjham)

 
Posted on 11-15-06 3:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा हा हा,
पुन्टेदाइको लोटरी, यामेको जासुसी
सियोरै पर्छ एकदिन त, किन्या किनेइ गरेसी
मलाई नि दिनपर्च है अलिकति, त्यो चिठ्ठा परेसी
ल जा माग्दें मैले, के गर्ने लाजै पचेसी
 
Posted on 11-15-06 3:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सय पचास हैन
हजार चोटी लिइसके
लौ पुन्टेदाइ तिमिलाइ कैले पर्ने हैन
माग्नेले लाइन लाइसके
 
Posted on 11-15-06 3:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

laujaa maile pani dhaskaai diye
 
Posted on 11-15-06 3:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यत्ति जना को आखा
त्यो लटरि मा लागेसि
कसरि पर्थ्यो अब
लागि हाल्यो नि अबासि
पुन्टेदा लुकाइहाल्नुस् है नम्बर् चाहि
गर्दैछन् है जासुसि
आइडिया दिने बुइनिलाइ
आधा रकम् लटरि परेछि :p
 
Posted on 11-15-06 3:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

छेकिए पुन्टेदाइ
तरुनिको लाइन ले
पुरै शरिर देखेपनि न चिन्ने मैले
त्यो टाउको ले मात्रै कसरी गेस गर्ने
 
Posted on 11-15-06 3:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कसैले चिन्या भे
रातो घेरो हाल्दिम्न
हामि पनि लोटरि पछि लाग्ने पुन्टेलाइ चिनम्न
घरबारै जाला है लोटरि लोटरि भन्दा
पर्ने हैन जति सुकै किन्दा
हरितालिका र तितौरि ले क्या जुक्ति निकाले
पर्नु कता हो कता आधा आधा माग्न पो थाले
 
Posted on 11-15-06 3:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अगाडीकाहरु हेर्दै फुर्सद छैन
पछाडीको कत्तिबेला भ्याउने
फोटो त आधानै भए नि चिनिन्थ्यो
त्यो टोपी यसो खोलिदिए हुने

:P
 
Posted on 11-15-06 4:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

न छोपन पुन्टे दाइ अनुहार तेसरि
किन हो तेस्तो अनुहारै नचिन्ने गरी
कपाल पनि कसरि रहोस् त
अगाडि तेस्तो लाइन भएसि
जति चोटि चिन्न खोजे पनि सकिन मैले
अगाडिमात्रै आँखा गएसि
 
Posted on 11-15-06 4:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ke re preety le chautari lai tabil ma rakhichan ke tesair bhara puchar jasto huna pugeko. Tabil ko puchhar hudaina, langur nai table mathi ayera basecha ki kunni?

 
Posted on 11-15-06 4:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पून्टेदाईको लाईफको motto
जसरी भए नि पार्ने lotto
किन्छन् हरेक हप्ता चिट्ठा
देख्दै सपना मीठा मीट्ठा

यामेले चिनेन पून्टे दाईलाई
त्यहीं त छन् नि दुबै हात उठाई
कुम्ले अग्र पंक्तिबाट distract भो
खोज्दै होला उनीहरूको contact पो

:P :P ;)
 
Posted on 11-15-06 4:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पहिलो गेस नै बिग्रेछ
अध्यारोमा तिर हान्दा अर्कै पो परेछ
झिलिमिलि अगाडि लाइन देख्नी
किन हो किन पछडि हेर्नै मन नलाग्नी
कति हो कति किनेका चिट्ठा
हात उचाले जस्तो छ भन्दै किन्दिन अबता
 
Posted on 11-15-06 5:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:)

अर्नु अरेचन ।
 
Posted on 11-15-06 5:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अर्नु अरेचन्
जे पि टि लेखेर
सप्पै बिगारेछ्न् :S नया चौतारी!!!
 
Posted on 11-15-06 5:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सान्नानीले के सिकाइन के गरे सबले?
चौतारीलाइ बनाएछन सप्लेबांगेटिङ्गे
अर्नु अरेचन
जे पि टि लेखेर
सप्पै बिगारेचन
 
Posted on 11-15-06 5:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पैले भनि क्लिक् गर स्क्रीन् माथि
बिग्रे'छि भन्चे हान्देउ कम्पुटर् लाइ २ लात्ति
हाम्री सान्नानि कस्ति बाठि :p
 
Posted on 11-15-06 5:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तिरु,

तिमी जस्तै उट्पट्यांग गर्दिहुन् उन्लेपनि
त्यैभएर भनिहोलिन हान्देउ २ लाति

अर्नु अरेछन
जे पि टी थिचेर
स्क्रिन बिगारेचन
:)
 
Posted on 11-15-06 6:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ooops !!! मिस चै अर्को रुम मा माउजिल्लामा बस्छिन केरे ।दोहरी खेल्न मुनलाओ होला के रे ।

कम्प्युटर साट्यो भने आउदिर'चिन के
 
Posted on 11-15-06 6:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ho ra subhaa di :D :D:D
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
NRN card pros and cons?
TPS To F-1 COS
Nepal TPS has been Extended !!!
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
Please ask KRISTI NOEM in her facebook and other social media to renew TPS
Supreme Court allows Trump to end TPS for Venezuelans
Nepal TPS decision
TPS to F1 Status.
legal Query for married nepali girl now have taken US citizenship
ए १ पनि पुगेनछ ?
Trump’s “Big Beautiful Bill” is straight-up xenophobic class warfare. Let’s call it what it is.
2020 : Why No Trump !
Business Ideas in Nepal?
A legit Non-Profit organization "United For TPS Nepal "
Leave messages on US congressman's facebook to support TPS
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters