gaalab
Replies to this thread:
More by gaalab
What people are reading
Subscribers
Please log in to subscribe to gaalab's postings.
:: Subscribe
|
[Please view other pages to see the rest of the postings. Total posts: 304]
|
[VIEWED 136683
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
|
|
gaalab
Please log in to subscribe to gaalab's postings.
Posted on 07-20-06 11:17
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
चौतारी!चौतारी !! चौतारी !!! कैयौं उकाली ओरालीहरू पार गर्दै चौतारी १९ औं संस्करणमा आईपुगेको छ। कथा, कविता, गीत, गजलहरूले गुञ्जायमान हुँदै, हँस्सी मजाक,खुशी, चुट्किलाहरूले सिंगारिदै चौतारीले गाम्लेहरूबाट पाएको मायाले नै यहाँसम्म पुग्न सफल भएको हो। सबैको साझा चौतारीमा नेपे दाजी,बिर्खेमाइला, दादा, पुन्टे, काका, नमे, सिरे, भौते, गोतामे, मास्टर्नी नानी, मुन्द्रे, लाले, गालब , पिकरेली, कलंकि, साँहिला, आइते, मुखियाबा, लालुपाते, गुरासे, लाउरे दाई, लुते, नटे, डल्ली, सेर्पिनि, लन्लि, रामकिस्ने, रुइना, नेप्चे, बेमानि ,आशे, चिप्ले, परदेशी, पानपाते ,हर्के, यामे , सुभे, ठुल्नानि, प्रिती हिते ,नारने, कैले, तिर कुमारी, चरीनङ्रगे, बब दाई, ईश्वर, सान्कान्छा, राते, हिते, रामे, मने, इन्द्रेणी,हिमाल, कुम्ले, चित्रे, फोक्से, डि बी र मिस्टे तथा साझा-चौतारी हेर्न आउनुहुने यहाँहरु सबैलाई चौतारी परिवारकोतर्फबाट हार्दिक स्वागतम् यस संस्करणमा पनि रमणीय सहर पोखराको ताल-बाराही मन्दिरमा अवस्थित चौतारी छानिएको छ। आउनुहोस्, यो गर्मीको पसिना फेवातालको पानीले पखाल्नुहोस्। अनि चौतारीमा बसी नाच्नुहोस्, गाउनुहोस् अनि रमाउनुहोस्। यसचोटीको चौतारीमा पुग्नको लागि डुङ्गाको आवस्यकता पर्छ। सहयोग चाहिएमा यो गालब डुङ्गा खियाउन हाजिर छ। माझी दाइ पोखरा फेवातालको लाऊ माया साँच्चैको, नलाऊ है ख्याल-ख्यालको!

|
| |
|
|
|
|
gaalab
Please log in to subscribe to gaalab's postings.
Posted on 07-22-06 12:22
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
ठुल्नानी -- प्रतिकृयाको लागि फेरि पनि धन्यवाद! कुम्ले -- मैले त चौतारी बनाइदिएँ यसै धर्म भैहाल्यो नि! त्यसमाथि पनि यात्रुलाई चौतारीसम्म सित्तैमा डुङ्गा खियाएर पुर्याइदिएको छु क्यारे! त्यो भन्दा पनि कति धर्म गर्ने? कन्यादानको कुरा मलाई नभन यार। आफू त अँझै ब्रह्मचारी मान्छे, कन्यादान दिन मिल्ने कोही छैन। बरु पुन्टे दाइलाई भन - उनका त घरभरि बहिनी र साली रहेछन्। पृति -- ल यता आऊ १र४ लम्बरको डुङ्गामा। तिमीलाई भनेर सित्तैमा बाराही मन्दिरसम्म पुर्याइदिम्ला। कथा पढेकोमा धन्यबाद! तितौरी -- कथा अँझै सकिया छैन। भर्खर दुलहीको घरमा आइपुगिया छ। अरु भाग पस्किंदै जानेछु। पढ्दै गर्नू र यसो प्रतिकृया पनि दिन नभुल्नू! निरे जी -- तपाईंको नाम रजिष्टरबाट कहिले काटिएको रहेछ। मैले त अघिल्लो रजिष्टरबाट हु-बहु सारेको हुँ। यो चौतारी बनाएको नाताले, नाम भुल्न गएकोमा क्षमा! अर्को चोटी थपम्ला (फेरि मैले नै बनाएँ भने) जे होस् आउँदै गरे, माया नमारे!! अब, चौतारी महोत्सव आ-आफ्नो गाममा मनाउने कुरा जो छ, त्यसमा मपनि सहमत छु। हाम्रातिर भएका भनेका दादा, गोतामे र म हौं क्यारे! (अरु कोही छ?) दादालाई त कति भेट्नु? ८-१० दिनपछि पनि भेट हुँदैछ। ८-१० महिनापछि त झन् छिमेकी नै भइएला जस्तो छ। बाँकी, गोतामेजी पर्नुभयो। के छ हो गोतामेजी बिचार? मास्तिर आउने प्लान छ?
|
| |
|
|
gaalab
Please log in to subscribe to gaalab's postings.
Posted on 07-22-06 12:25
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
ल गाम्ले हो! गफ रमाइलै गएको छ। हिजो आफ्नु "जल"पान कार्जेकरम भएकोले नियात्राको अर्को भाग पस्किन पाइन, अहिले पस्केको छु। चिम्सेको जन्ती जाँदा - ६ उकालो पनि जर्रो खालको परेछ - चर्को उकालो। करीब ७५ डिग्रीको हुँदो हो बाटो नै। ठाउँ-ठाउँमा सिंढी हालेर हिंड्नलाई सजिलो बनाएका रहेछन्। साँझ परिसकेकोले जन्तीको बाटो हेर्दै होलान् भनेर अगाडिका मान्छेहरु (विवाहका मूख्य आयोजकहरु) पाइला छिटो छिटो सार्न थाले। हामी थियौं सबभन्दा पछाडि। बिस्तारै आफ्नै सुरमा जाऔं भने पनि नौलो ठाउँ बाटो बिराइएला भन्ने डर। त्यसैले जति गोडा दुखेपनि जन्तीको सारमा हिंडिरह्यौं। हिउँदमासको बेलुकी, लेकको ठाउँ; तैपनि हिंडाइ चर्को भएकोले चिटचिट पसिना आउन थाल्यो। मैले स्वीटर फुकालें र कम्मरमा बाँधें। राजुले त अघि नै कोट हातमा बोक्न थालिसकेको थियो। हाम्रो गाउँ नदीको किनार भएकोले पहाडको बिच भएपनि सम्म परेको ठाउँ छ - उपत्यका जस्तै (सानै भएपनि)। त्यसैले त्यति चर्को उकालो हिंड्ने बानी नपरेको - यो उकालोले त अत्यायो। अहिले सम्झिंदा तारानाथ शर्मालाई घनघस्याको उकालो चढ्दा जस्तै सास्ती पर्यो, यद्यपि यहाँ हिउँ भने थिएन। लेकतिरको उकालोमा देखिने अर्को फरक कुरा - बाटोमा ढुँङ्गाहरु अलि धेरै हुने, र अलि ठुला हुने। ठाउँ ठाउँमा भीरको बाटो आउँथे। अँध्यारो भएकोले भीरको तलसम्म त देखिएन तैपनि एकचोटि लड्यो भने लड्दा-लड्दै जिब्रो टोकिने कुरामा चाहिं दुई मत थिएन। एक-डेढ घण्टा कतै पनि विश्राम नै नलिई हिंडियो होला। बीचमा थकाइले खुई-खुई चाहिं कति गरियो कति। ८०-९० मीटर जतिको चर्को उकालो काटेपछि १०-१५ मीटरको सम्म परेको बाटो आइपुग्दा अपार आनन्द आउँथ्यो। त्यतिखेर हामीहरु अनायसै कहिले सुसेली हाल्न पुग्थ्यौं भने कहिले बोलीले प्रतिकृया दिन्थ्यौं र त्यति बाटो चढेकोमा ठूलो बिजयप्राप्तिको अनुभव गर्थ्यौं। डाँडोको करीब बीचभागमा आइपुगेपछि जन्तीहरु एउटा चौतारीमा जम्मा भई बसेको देख्यौं। दुलहीको घर आइपुग्न लागेको रहेछ। राजु, म र श्यामे चौतारीको पेटीमा लखन्तरान् परेर पल्टियौं। ३-४ जना चाहिं अरुभन्दा अगाडि जान तम्सिएका थिए - सायद ती भत्केरु थिए। बाँकी केही मानिसहरु ताम्दानी मिलाउन लागे - यहाँबाट दुलाहालाई ताम्दानीमा बोकेर लाने योजना रहेछ। स्थानीय बासिन्दाहरु पनि सायद जन्ती हेर्न होला हामी भएनिर आए, र आउने क्रम जारी रहिरह्यो। मैन्टोलमा मट्टितेल थप्ने काम पनि भयो। एकछिन पछि नजीकैको टहराबाट १०-१५ जना अधवैंशे महिलाहरु निस्किएर बाटोमाथिको गरामा आए, र जन्ती हेर्न थाले। उनीहरुको बीचमा लालटिन बोकेको सेतो गञ्जी र लुङ्गी लगाएको ४०-४५ को मान्छे थियो। मैले अनुमान गरें ती महिलाहरु प्रौढ शिक्षा पढ्दै थिए र त्यो लोग्नेमान्छे चाहिं उनीहरुको शिक्षक हो। अलमल १०-१५ मिनेट भइसकेपछि, त्यो लालटिन बोकेको मान्छे अप्रत्याशित रुपमा करायो - "ए, सार्कीहो!" दुलाहाको अर्को काकाले उत्तर दिए "हजुर!" "नौ बज्न लागिसको। यो राति-उँधो किन यति ढिला गर्या हँ? यहाँ पढाइ भैराख्या छ। ल छिटो जाओ।" "हवस् हजुर।" मलाई त्यो मान्छेले त्यसरी भनेकोमा साह्रै नमज्जा लाग्यो। हाम्रो समाजमा कथित 'तल्लो जाति' भनाउँदाहरु हर दिन यसरी अनाहकमा कसरी पेलिएका रहेछन् भन्ने कुरा मैले पहिलो पल्ट अनुभव गर्दै थिएँ। जन्तीका अरु सदस्यहरुलाई दैनिक जीवनमा यो एउटा अति सामान्य कुरा थियो होला, तर मलाई भने जिन्दगीभर ठुलो छाप दिने अनौठो वचनवाण थियो। त्यो मान्छेलाई मुखभरिको जबाफ फर्काइदिन मन नभएको त हैन, तर म त्यो अवस्थामा थिइन - उमेर सानो, पराई गाउँ, त्यसमाथि पनि जन्ती जस्तो गाउँको प्रतिनिधित्व गरेर नयाँ ठाउँमा नयाँ सम्बन्ध जोडेको साक्षी जमातको एक सदस्य थिएँ। त्यो चौतारीबाट पाँच-सात मिनेटमै दुलहीको घर आइपुग्यो। तगारोबाट छिरेपछि पहिले जस्ताले छाएको धन्सार थियो। त्यसको १० मीटर जति पर ढुङ्गाले छाएको १ तले (अमेरिकन शैलीमा भन्दा २ तले) घर रहेछ। ठाउँ हेरी राम्रै परिस्थितिको घर लाग्यो। घर र धन्सारबिचमा परालको थुप्रो थियो। जन्तीहरुलाई बस्नको लागि त्यही परालको थुप्रोनिर गुन्द्रीको व्यबस्था गरिएको रहेछ। हामी पनि त्यहीं गुन्द्रीमाथि बस्यौं। पहाड ढाउँ हुनाले घर भएको गरो पनि साँघुरो, त्यसैले आँगन पनि अलि साँघुरो नै। जगियाबाट आँगनको डिलसम्म मुस्किलले २ हात जतिको ठाउँ बाँकी हुँदो हो। एकै छिनमा स्वयंवर भयो। दुलही रातो सारीमा सजिएकी थिइन्। सामान्य उचाइ थियो र शरीरको बनोट पनि ठिक्क - न साह्रै नै मोटी, न दुब्ली। हाम्रो चिम्सेसँग जोडी चाहिं राम्रै मिल्ने रहिछन्। पुरै टाउको पछ्यौरीले छोपिएकी हुनाले मुख चाहिं देख्न पाइएन। दुलहीले दुलाहाको वरिपरि कलसको पानीले घुमिन्। उनीसँगै एउटा लोग्ने मान्छे पनि दुलाहालाई परिक्रमा गर्दै थिए, सायद उनी दुलहीका बाउ थिए। स्वयंवर हेर्नेहरुको भीड बढ्दै गएकोले अरु त देख्न पाइएन। पछि भीडमा नै खासखुस सुनियो - "घडी दियो", दुलाहालाई दुलहीको बाउको तर्फबाट घडी उपहार आएको अनुमान लगायौं। क्रमश:
|
| |
|
|
nepalean
Please log in to subscribe to nepalean's postings.
Posted on 07-22-06 2:05
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
गलब कथा राम्रो छ । थप्दै जाउ । यो कान्तिपुरको नेपाल पत्रिकाको कथा पानि सारै राम्रो लाग्यो । चौतारीमा टासे है ? आमाको विवाह तृष्णा राज्यश्री कुवंर आज मेरी आमाको विवाह रे घरमा पाहुनाहरूको भीडभाड छ । आमाका साथीहरू आएका छन्, सानीमा, ठूलीआमा र हजुरआमाहरू आउनुभएको छ । सबैले आमालाई सिंगार्दैछन्, आमा राम्रा नाना र चाचाहरू लगाई दङ्ग परेर बस्नुभएको छ । आज आमाले मलाई एकपटक पनि बोक्नुभएन, गाला टोकेर माया गर्नुभएन । मलाई देखे पनि नदेखेझैं गरिरहनुभएको छ । आज म आमाको काखमा बस्न पनि पाएकी छैन । उता जान खोज्दा सबैले रोक्छन्, आमाले पनि बोलाउनुहुन्न 'आमा एकपटक हात फैलाउनु न, मलाई अंगालोमा लिनू' आमाको ढोकासम्म पुगंे, तर भन्न सकिन । हिँजोदेखि मलाई आमासँग सुत्न नदिई हजुरआमासँग सुताउन थालेका छन् । अब आमासँग अर्कै मान्छे सुत्ने रे । आमाले विवाह गरेर त्यो मान्छेलाई मेरो ठाउँमा सुताउनुहुन्छ रे । मलाई आमाले विवाह गरेको पटक्कै मन परेको छैन, त्यो मान्छेले गर्दा म एक्लै हुनुपरेको छ । त्यो मान्छे र उसका साथीहरू धेरै पटक हाम्रो घरमा आए, आमाका साथीहरूले मलाई आफ्नै छोरीजस्तै गरी राख्नुपर्ने कुरा गरेको मात्रै मैले बुझें । म साथी हुँदाहुँदै आमा कसरी एक्ली हुनुभयो ? हो हाम्रो घर छैन, मेरा बाबा हुनुहुन्न, तर आमा एक्ली कहाँ हुनुहुन्छ र ? म साथी छँदैछु नि । मैले आमालाई 'आमा' घर कसले बनाउँछ ?' भनेर सोध्दा इन्जिनियरले' भन्नुहुन्छ । इन्जिनियरले अरू के-के बनाउँछ आमा ? मैले फेरि सोधें, भनंे- 'पुल, सडक' भन्नुहुन्छ' आमा म ठूली भएपछि धेरै पढेर इन्जिनियर बन्छु, अनि पुल, सडक केही नबनाई घर यस्तै बनाउँछु है अनि हामीजस्तै घर नभएकालाई दिन्छु नि ।' मैले यसो भन्दा आमाले आँखाभरि आँसु लिएर मलाई माया गरेको सम्झन्छु । जहिले पनि आमाको आँखा भरियो कि मलाई तानेर माया गर्न थाल्नुहुन्छ । मलाई हेर्दाहेर्दै आमाका आँखाको आँसु त्यहीँ सुक्छ । आमा रुँदा गालासम्म आएको आँसु पुछिदिन्छु अनि मेरा मसिना औंलाहरूलाई आमाले ओठमा टाँसिराख्नुहुन्छ । मलाई आमाको अंगालोमा मात्रै निद्रा लाग्छ । आमाको न्यानो छातीमा टाँसिन नपाएर हिँजो मलाई निदैै्र लागेन । आमा आएर मलाई आफ्नै कोठामा लानुहुन्छ कि ? आफ्नै छातीभित्र लुकाउनुहुन्छ कि जस्तो लागिरह्यो । अब मैले एक्लै सुत्ने बानी पार्नुपर्छ रे । हजुरआमा पनि २-४ दिनमा गाउँ जानुहुन्छ अनि म त झन् एक्लै हुन्छु । त्यो मान्छेले मेरी आमा खोस्यो हुन त ऊ जहिले आउँदा पनि मलाई नाना, चाचा र पापाहरू ल्याइदिन्छ, मलाई माया गरेर बोक्छ तर किन-किन त्यो मान्छे मलाई पटक्कै मन पर्दैन । उसले आमालाई र आमाले उसलाई माया गरेको त म झन् देख्नै सक्दिन । उनीहरू धेरैबेर कुरा गरेर बस्छन्, त्यो मान्छे आएपछि आमाले मलाई माया गर्न बिर्सिएजस्तो लाग्छ । घरीघरी चकचक नगर भनेर गाली मात्रै गर्नुहुन्छ । उनीहरूले कुरा गरेको सुनेको- 'जहाँ बसे पनि डेरैमा बस्नुपर्ने हो, विवाहपछि पनि हामी यही घरमा बस्ने है ।' अब त्यो मान्छे आज यहीँ आउँछ, आमासँगै सुत्छ, उठ्छ, आमासँगै खान्छ, अफिस जान्छ, घुम्न जान्छ । अब आमाले मलाई घुमाउन पनि लानुहुन्न कि ? ऊसँग मात्रै जानुहुन्छ होला । 'आमा आमा आमा मलाई सधै घुमाउन लानुहोस् है ।' म दौडदै बैठक कोठामा गएर आमाको रातो साडी तान्दै भन्छु । हुन्छ नानु तिमी, म र बाबा भोलि नै घुम्न जाने है' आमा मलाई म्वाई खाँदै भन्नुहुन्छ । 'नाईं त्यो नयाँ बाबासँग नजाने । हजुर र म मात्रै जाने है आमा ।' मलाई आमाले त्यो मान्छेलाई बाबा भन्न लगाएको मनै परेन । 'त्यसो भन्नुहुन्न, नयाँ बाबाले नानुलाई माया गर्नुहुन्छ, पापा-नाना ल्याइदिनुहुन्छ, पढाउनु- लेखाउनुहुन्छ, घुमाउनुहुन्छ ।' सानीआमाले फकाएर मलाई बोक्नुभयो । 'नाईं त्यो नयाँ बाबालाई म मारिदिन्छु ।' म आमाको काखमा लुक्न खोजें । 'मेकअप बिग्रन्छ' ठूलीआमाले च्याप्प पाखुरा समाएर तान्नुभयो 'यसले पाउन त उदार मन भएको विशालजस्तो केटा पाई तर बच्चीले समस्या खडा गर्छे जस्तो छ, केटाले त माया गर्छ नि यसलाई त्यो केटी मोरी आफै अभागिनी छे, कुकुरलाई घिउ नपचेको ।' ठूलीआमाले मलाई त्यो कोठाबाट निकाल्न खोज्नुभयो । 'त्यै त नि, अहिलेदेखि नै परपर हुन खोज्छे । नजिक-नजिक भए पो माया लाग्छ । यसले यस्तै बेहोरा देखाई भने आफै दुःख पाउँछे' संज्ञा मामुले पनि यस्तै भन्नुभयो । 'सुरुसुरुमा बच्चालाई आफ्नो भाग खोसिएझैं लाग्नु स्वाभाविक हो । लोग्नेमान्छेका बारेमा सधै नकारात्मक कुरा सुनेर पनि उसलाई यस्तो भएको हो, विस्तारै सबै ठीक हुन्छ ।' सिना मामुले भनेको कुरा के हो ? मैले बुझ्न सकिन । उहाँको काखबाट फुत्केर आमाछेउ जान मन लागेको छ । 'यसले रातदिन यस्तै गरी भने विशालसँग यसैका कारणले मनमुटाव हुने होला ।' आमाको कुरा सुनेर हजुरआमा पनि भित्र आउनुभयो । यसलाई होस्टलमा राख्नुपर्छ, हामी राखौं भने हाम्रा आफ्नै बच्चा छन्, फेरि तैंले एक्लै......राखेकी केटी साह्रै चकचके छ । सानीमाले मलाई बदमास भन्नुभयो । होस्टल राख्न त अझै सानै छ, भरर्खरै ५ वर्ष पुगी, पाप लाग्छ वा बरु मै पाल्छु, धर्म पनि हुन्छ ।' हजुरआमाले मलाई तान्नुभयो ।'हुन त हुन्थ्यो तर गाउँमा राम्रो स्कुल छैन, त्यो झन् बिग्रन्छे । आमाको आँखामा विवशताको आँसु छल्कियो । सबैले मलाई दोषी र अपराधीका रूपमा हेर्दैछन्, यसमा मेरो के दोष ? आफ्नी आमाको माया पाउन खोज्नु मेरो दोष हो ? आमालाई अरूसँग बाँड्न नखोज्नु मेरो गल्ती हो ? आज मलाई आमासँग खुब रिस उठेको छ । सबैले मलाई गाली गर्दा पनि केही नबोली बस्नुभएको छ । मैले आमालाई कति भन्नु त्यो मान्छे मलाई मनपर्दैन मनपर्दैन मनपर्दैन मैले यही कुरा एउटा पानामा लेखेर आमाको व्यागमा हालिदिएँ, आमा हिँड्ने बेलामा भुइँमा चिठीजस्तो बनाएर खसालें, काम गर्ने दिदीले त्यो पाना भेटेर दिँदा रुनुभयो तर विवाह गर्दिन भन्नुभएन । पूजाकोठामा भगवान्ले सुन्ने गरी चिच्याएर भनें, आमाले देख्ने गरी भगवान्को फोटोअगाडि यही कुरा लेखेर राखें । होमवर्क चेक गर्दा मिसले कपीमा लेखेको कुरा आमालाई स्कुलमै बोलाएर देखाउनुभयो, एउटा केटा मान्छेमाथि क्रस चिन्ह बनाएको, सानी केटीको आँखाबाट बगेको आँसुको ड्रइङ पनि आमाले बुझ्नुभएन ।' दिउँसो त्यो मान्छे बसेर गएको बेडमा सुत्न नमान्दा आमाले एक दिन तन्ना फेर्नुभएको कुरा पनि बिर्सनुभयो । त्यो मान्छे घरमा आएपछि मलाई कौसीमा बादल उडेको हेरेर बस्न मन लाग्छ । कत्ति बोलाउँदा पनि भित्र जानै मन लाग्दैन, आमाले यो कुरा खोइ बुझेको ? जहिले पनि तिमीलाई आमा मात्रै भएर हुँदैन । बाबा पनि चाहिन्छ' भन्नुहुन्छ । चाहिएको छैन मलाई बाबासाबा । आमा मात्रै भए पुग्छ, बाबाले त आमा खोस्छ, त्यस्तो बाबा के काम ? त्यो मान्छेको अंगालोमा आमा रोएको मैले देखेकी छु । किन रोएको होला ? सानो मान्छे पो रुन्छन् । त्यति ठूली आमा पनि रुनुहुन्छ काहीँ ? त्यो मान्छेलाई आमाले निकै रुचाउनुहुन्छ । आमाले मात्रै रुचाएर भयो ? हामीसँगै बस्ने भनेपछि मैले पनि त रुचाउनुपर्यो । आमाले त्यो मान्छेलाई मलाई भन्दा धेरै माया गर्नुहुन्छ । आमाले किस गरेको त्यो मान्छेको फोटो च्यातिदिँदा मेरो गाला चड्किने डर लागेको थियो 'नानु त्यो मान्छे भगवान् हो' आमाले मलाई काखमा लिएर धेरै कुरा सम्झाउन खोज्नुभयो तर मैले केही बुझिन । मलाई त्यो मान्छेले आमालाई छोएको पनि मन पर्दैन । रेस्टुराँमा आमासँग मात्रै जाँदा मःम, आइसक्रिम खान अति मनपर्छ तर त्यो मान्छेसँगै जान थालेदेखि मलाई केही खानै मन लाग्दैन । दुवैजना कुरा मात्रै गरेर बस्छन्, मेरो कुरा सुन्ने आमाले अब अर्कैको कुरा सुन्नुहुन्छ । मेरी आमा आज सिंगारिएर राम्री भएर बस्नुभएको छ । मेरा सबै साथीकी आमाभन्दा मेरी आमा कति राम्री हुनुहुन्छ । आमा अझ राम्री देखिँदा पनि मलाई खुसी लागेको छैन । आज आमा मेरा लागि होइन त्यो मान्छेका लागि सिंगारिनुभएको हो । अब सबैले आमालाई मन्दिरमा लिएर जान्छन् । बेलुका भोज छ रे कता हो तर मलाई लानुहुँदैन भन्छन् । आमाको विवाह हेर्नुहुँदैन रे । आमाका साथीहरूको विवाहमा, पिकनिक पार्टीमा जहाँ पनि आमाले मलाई चिटिक्क पारेर लानुहुन्छ तर आज आफ्नै विवाहमा भने घरमै छाडेर जाने रे । उता विवाहमा कति रमाइलो होला यता म भने काम गर्ने दिदीसँग एक्लै बस्नुपर्ने भयो । आमाको मनले मलाई एक्लै छोड्न कसरी मानेको होला ? हिँड्ने बेलामा आमा मलाई अंगालेर रुनुभयो 'मेरी आमा निष्ठुरी ।' मैले हिँजो राति पनि भनेको 'आमा त्यो मान्छेसँग विवाह नगर्नुहोस् बरु मसँगै विवाह गर्नुहोस्, त्यो मान्छेसँग नसुत्नुहोस् बरु मैसँग सुत्नुहोस् ।' म आमाका साथीहरूले खुब सजाएर मगमग पारेको कोठाको भित्ताभरि त्यही कुरा लेख्दैछु । काम गर्ने दिदीको थुप्रै काम छ उनी भान्सातिरै छन् । मैले मौका पाएको बेलामा आमाको ड्रइङ पनि भित्तामा बनाएर आइ लभ यु मम लेखंे । त्यो मान्छेको भूतको जस्तो अनुहार पनि बनाएँ । मेरो कुरा कसैले सुनेन । आमाले पनि सुन्नुभएन । कसैले पनि आफ्नो कुरा नसुनेपछि फिलिममा कालो कोट लगाउने मान्छेले 'जज साब' भन्दै कराउँछ अब म पनि एउटा बूढोबूढो मान्छे भित्तामा बनाउँछु । जब साब त्यो मान्छेलाई पनि फाँसी दिनुहोस् है ।' एकपटक होइन । त्यसलाई तीनपटक फाँसी दिने है 'जज साब'-'जज साब' । मेरो कुरा सुन्नुहोस् है' म भित्ताभरि कोर्दैछु ।
|
| |
|
|
Gautam B.
Please log in to subscribe to Gautam B.'s postings.
Posted on 07-22-06 3:29
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
गालबजी, तपाईँले अरुथोकै पढिरा' हो भने छोड्दिनुस् यार! नामी साहित्यकार बन्छ यस्तो लेख्ने मान्छे (दामी त बन्छ कि बन्दैन थाहा भएन, साहित्यकारले दाम कमाऊँदैन भन्छन्।)। साह्रै राम्रो बर्णन जो गर्नु भएको छ नियात्रामा। चौतारी महोत्सब हाम्रो गाममा पनि मनाम्नै पर्ने हो। हामी ३ बाहेक रिसीजी पनि हुनुहुन्छ, बिहान कता mazimekun भन्ने ID देखेको थिएँ, यतैका त होलान् नी! jptgal पनि यतैको ID हो कि? बरु भेट हुन पो गाह्रो होला जस्तो छ। अचेल आफ्नो रामधूलाई भैराख्या छ, शनिवार पनि दिनभरी अड्डैमा छु। घरमा डाडु खाने बेला हुन लाग्या छ, समय दिन नसकेकोले। गुरुका गामसम्म त हैन, नागानोसम्म उक्लने कार्जेकरम छ,सेप्टेम्बरको ११-१२ मा। भेट त गर्नै पर्ने हो। कसरी र कहिलेलाई मिलाउने होला?
|
| |
|
|
Gautam B.
Please log in to subscribe to Gautam B.'s postings.
Posted on 07-22-06 3:47
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
प्रीतीजीले बनभोजको कुरो सोध्नु भा थ्यो'। कालो बोको अझै जिम्दै छ प्रीति। गाईलाई भन्दा राम्रो स्याहार गरेर पालेको छु। अहिले भर्खर पनि टन्नै सेउला हाल्देर आ'को हुम्। बनभोजको तिथीमिति मात्तै तोकियोस् बोको हाजिर हुन्छ। बोकोको फुटो पनि छ ल बिश्वास लाग्दैन भने। कालोचैँ बनभोजलाई, सेतोचैँ दशैँलाई।
|
| |
|
|
gaalab
Please log in to subscribe to gaalab's postings.
Posted on 07-22-06 5:47
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
नमे दाइ -- त्यो कथा दामी लाग्यो। कतै पेननेम राखेर आफैंले लेख्या त हैन? गोतामेजी - धन्यवाद। यहाँभन्दा प्रशंसा बढी गर्नुभयो भने मेरो नाक फुट्ला! खै नेपालीमा लेखजस्तो यस्तो कुराहरु एस एल सी र १२ कक्षा पछि केही लेख्या छैन। यसो साथीहरुले नियात्राहरु लेखेको देखेर लेखूँ लेखुँ लागेर मात्रै हो। के गर्नु तपाईंको जस्तो झटकलाग्दो कविता लेख्न जानिदैन। जे होस्, ऋषिजी त माथि tropic of capricorn (कर्कट रेखा हो कि मकर रेखा भन्छन् क्यारे हाम्रो भाषामा) तिर भए जस्तो लाग्या छ। अरुहरु त खै! अनि अनेसासतिर तपाईं पनि छिर्नुहुन्छ भन्ने हल्ला एउटा दादा भन्ने गिरीले सुनाक' थे। कै भइराख्या छ हो? जे होस्,मौका मिल्यो भने अवस्य भेटघाट गरौंला।
|
| |
|
|
gaalab
Please log in to subscribe to gaalab's postings.
Posted on 07-22-06 5:49
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
ल नियात्राको सातौं भाग पनि पस्किदिएँ। के बासी राखिराख्ने? चिम्सेको जन्ती जाँदा - ७ लेकको ठाउँ, चिसो। थकाइ अलिकति पनि मर्न नपाउँदै पसिना ओभाएर जाडो पो हुन थाल्यो। मैले बाटोमा फुकालेको स्वीटर लगाएँ, राजुले पनि कोट लगायो। पछि जन्तीको लागि "पिउने" कुराको व्यवस्था रहेछ। अरुहरु उठेर जगियाको पल्लोपट्टि गए। श्यामे पनि गयो। म र राजु मात्रै बाँकी भयौं। यतिञ्जेलसम्म स्वयंवर सकिएर दुलही पनि घरभित्र छिरिइसकेकी थिइन्। त्यसैले भीड पनि अलि कम भएको थियो। स्थानीय भुरा-केटाकेटीहरु वरिपरि दौडिंदै खेल्दै थिए। भर्खर ८-९ वर्षका केटाहरु पनि एकअर्कामा अति अश्लील शब्दहरु प्रयोग गर्दै थिए। हाम्रो घरतिर यस्ता शब्दहरु सुनिने त कल्पना नै गर्न सकिन्नथियो। त्यसैले मलाई अलि शंकोच लागेर आयो। यसो वरिपरि हेर्नुपर्यो भनेर गुन्द्रीबाट उठ्यौं र दक्षिणतिरका डाँडाहरु हेर्न थाल्यौं। राति ९ बजे प्रष्ट त के नै पो थियो र? तैपनि, जूनको उज्यालोमा डाँडाका आकार भने राम्रै देखियो। डाँडाहरु पूर्व-पश्चिम फैलिएका र बीचका खोलाहरु (जो धेरैजसो खहरे खालका थिए) बुढीगण्डकीमा मिसिन पुगेका थिए। राति नै भएपनि यो भेगको प्राकृतिक सौन्दर्यता कुनै पोखरा र कुनै नगरकोटभन्दा कम थिएन - खाली यहाँ अभाव थियो मानवीय चेतनशीलताको, र बाहिरी संसारसँगको सम्पर्कको। हुन त बिकासको लागि करोडौं नछुट्याइएका पनि हैनन्। पृथ्वी राजमार्ग र अघि चाउचाउ खाएको आरखेतबजार जोड्ने मोटरबाटोको योजना पनि भएकै हो। तर, ५ वर्षको योजना भएपनि अँझै खासै केही उपलब्धि भएको छैन। बिचमा माओवादीहरुले पनि कच्याक-कुचुक गरे क्यारे, त्यो कुरा त्यसै थन्कियो। सुगम भेगका शिक्षकभन्दा दोब्बर तलब दिएर सरकारले पनि पहाडी भेगबाट शिक्षक खटाएकै छ। तर, खै त? बजेटमा पहुँच भएकाहरु केन्द्रतिरै पैसा तान्ने चुम्बक बोकेर बसेका छन्। शिक्षकहरु एक हप्ता स्कूल गएर एक महिनाको हाजिर गर्छन्, अँझ दुर्गम भत्ता समेत कुम्ल्याउँछन्, तै पनि कसैले औंला उठाउँदैन। मैले आफैंलाई प्रश्न गरें, यो ठाउँ एक सय वर्ष अगाडि कस्तो थियो होला? जसरी विश्लेशण गरे पनि, जनघनत्व र वनघनत्व बाहेक त्यो बेला र यो बेलामा केही फरक थिएन जस्तो लाग्यो। राजुले ३-४ डाँडा तल देखायो, "ऊ त्यो डाँडोको पल्लोपट्टि पाटोमा हो मेरो मामाघर"। हामी भएकै ठाउँनिर ८-१० वर्षको एउटा केटो हामीतिरै हेरेर उभ्भिएको थियो। निलो सर्ट र अँझ गाढा निलो कट्टु लगाएको थियो। सर्टको बटनहरु चुँडिएका थिए, त्यसैले होला कम्मरनेर सर्ट बाँधेको थियो। उसको उमेरका अरु केटाहरु दौडिंदै खेल्दै थिए तर यो केटो भने यहाँ के गरिरहेको होला जस्तो लाग्यो। हामी २ जना पनि के गर्ने के गर्ने भनेर जोकर फाल्टु भइराखेका, केही गफ गर्नु पर्यो भनेर मैले उसलाई इशारा गरेर बोलाएँ। ऊ खुरुखुरु आयो र हामीसँगै गुन्द्रीमा बस्यो। मैले उसको नाम सोधेको थिएँ तर अहिले बिर्सिसकें। उसको घर नजीकै रहेछ, अनि दुलही उसको दिदी पर्ने रहिछन्। अहिलेसम्म आरखेत बजारभन्दा टाढा गएको रहेनछ। आरखेत चाहिं महिनाको एक पटक जसो भारी बोक्न-ओर्न जाने गर्दो रहेछ। मलाई अचम्म लाग्यो, हामीलाई आफ्नै ज्यान बोकेर ल्याउन त यति हम्मे पर्यो, यो केटो भारी बोकेर आउने कुरा गर्छ। आफूले जाने बुझेको कुरा भनेको स्कूल र पढाइ मात्रै न हो! कति वर्षको रहेछ भनेर बुझुँ भनेर सोधें - "कति कक्षामा पढ्छौ?" "अहिले स्कूल जान छोड्दि'सकें।" "किन छोडेको त?" "पोहोर ३ कक्षामा थिएँ। अलिअलि लेख्न पढ्न आइहाल्यो। बाउ पनि आरखेततिर भारी बोक्न जाने, घरमा भेडा-बाख्रा चराउने मान्छे पनि छैन। त्यही भएर एक वर्षजति स्कूल गा'छैन" उसले एक सासमै उत्तर दियो। राजुले पनि थप्यो - "त्यसो भन्दैमा स्कूल छोड्ने हो त? सकेजति पढ्न पो पर्छ।" केटोले केही बोलेन। त्यति त उसले पनि बुझेको हुँदो हो। सायद, गाउँमा पहाडी भेग र शहरतिरबाट आउने "सर"हरुले पनि यस्तै कुरा गर्छन् होला। र, उसले पनि हामीलाई तिनै "सर"हरु जस्तै देख्यो कि जस्तो मानें मैले। उसको परिवारको विवशता त ती "सर"लाई भन्दा उसैलाई थाहा होला, अँझ ऊभन्दा उसको पढाइ छुटाउन बाध्य उसका बाउआमालई थाहा होला। त्यसैले मैले उसको व्यक्तिगत कुरा सोध्न छोडिदिएँ। "अनि, यतातिर तिमी जस्तै ३-४ मा पढाइ छोड्नेहरु धेरै छन् हो?" "हजुर। ५ पछि पढ्न परे आरखेत जान पर्च। ऊ, सञ्जयले चाहिं ७ कक्षासम्म पढ्या छ।" उसले जगियातिर देखाउँदै भन्यो। सञ्जय भन्ने केटो जगिया भन्दा वर एक-दुइटा केटाहरुसँग कुरा गर्दै थियो, र अन्य केटाहरुभन्दा धेरै भलाद्मी र सन्त देखिन्थ्यो। पछि उसलाई दुलहीको घरभित्रबाट बोलावट हुँदा पनि सरक्क भित्र पसेर काम गरेको देखें। कस्तो अचम्म? ७ कक्षा पढेर पनि उदाहरण बन्न पाइने। तर बुझ्नुपर्ने कुरा के पनि छ भने, हामी जन्त आएको टोल भनेको आर्थिक रुपमा विपन्न, सामाजिक रुपमा उत्पीडित, र शैक्षिक चेतना न्यून भएको ठाउँ थियो। सायद, त्यो प्रौढ पढाउनेको छोरा-छोरीहरुले भने अलि शिक्षाको अवसर पाएका होलान्। हाम्रा ठुलाबाले पनि ५-७ वर्ष अगाडि यही गाउँमा पढाउनुहुन्थ्यो। म सानै हुँदा वहाँले वार्षिक परीक्षाको उत्तरकापी चेक गरेको मैले देखेको थिएँ। गणित बिषयको सर्वोत्कृष्ट अंक नै २२ (१०० पूर्णाङ्कमा)। वहाँले टालटुल गरेर त्यो अंकलाई २९ बनाउनुभएको याद छ। सायद २९ मा ग्रेस नम्बर थपेर ३२ टेकाउने उद्देश्य थियो क्यारे! मलाई त्यो बेलामा अचम्म लागेको थियो, किनभने त्यही सालमा हाम्रो स्कूलमा भने मेरो अंक काटेर अर्कै केटोलाई प्रथम बनाइयो भन्ने हल्ला हाम्रो गाउँभरि बुईं बुईं फिंजिएको थियो। परीक्षाको अंक भनेको चाहे अनुसार थप्न र घटाउन मिल्ने कुरा रहेछ भनेर पहिलो पटक थाहा पाएको थिएँ। र, अहिले यो डाँडामा आएर मैले के महसुस गरें भने - यदि यहाँको बासिन्दाको जीवनसैली फेर्ने हो भने एउटा शसक्त क्रान्ति नै आवश्यक पर्दछ। हुन त भोक त अलिअलि लागेकै हो। तैपनि, हाम्रो कारणले असजिलो किन पार्ने भन्ने लाग्यो। त्यसैले बरु सुत्न पाए भोलि बिहानै उठेर अर्को व्यवस्था गरौंला भन्ने निष्कर्षमा हामी पुग्यौं। त्यही केटोलाई सोधेर थाहा भयो, जन्तीलाई सुत्ने व्यवस्था धन्सारमा गरिएको रहेछ। राजु र म पनि सुत्ने सुरले धन्सारको लिस्नो चढ्यौं। क्रमश:
|
| |
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 07-22-06 7:56
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
गालब जी, तपाईको भाषिक मीठास उत्कृष्ट त छदैंछ, त्यसमाथि पनि सामाजिक, साँस्कृतिक, आर्थिक र भौगोलिक अवस्थाको वर्णनले सुनमा सुगन्ध थपिदिएको छ। समाजमा रहेका सुक्ष्म विकृतिलाइ संकेत गर्नु भएकोले पनि यसको संदेश महत्त्वपूर्ण हुने देखिन्छ। गोतामे ज्यू, लौ तपाईको गाममा नि चौतारी भेटघाट समारोह गरेर फोटा टाँस्नुस् न। चौतारीमा सधैं लेखिरहने व्यक्ति नै हुनु पर्ने केही जरूरत छैन। चूपचाप पढ्ने चौतारीका शुभचिन्तक वा ईच्छुक व्यक्तिलाई नि बोलाउन सक्नुहुन्छ। उनीहरू पनि चौतारीका अघोषित सदस्यहरू त हुन् नि। फेरी मलाई लाग्छ, लेख्ने भन्दा पढ्ने मानिसहरू धेरै छन्, किनकि पढ्नु सजिलो र चाँडो हुन्छ लेख्नु भन्दा।
|
| |
|
|
Nirman
Please log in to subscribe to Nirman's postings.
Posted on 07-22-06 8:24
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
के हो यहाँ त कथा भन्ने प्रतियोगिता हो कि के हो?? जे भे नि हामीलाई रमाइलो नै हो के रे!!! ल ल सुनाम जम्मैजना, म त पलेटि कसेर बसें, मिसले भर्ना गर्नुभे नि नभे नि म त जान्न के रे!!!...:oपि ओ पुन्टे दाजु, सिको घडि त आफुले नै लाउन पा छैन तपाइलाइ कहाँबाट ल्याइदिने!!! बरु त्यो प्रौढ कक्षामा पढ्दा तपाइको तालुले तल्केर कसैले कालो पाटि नै देखेनन् रे भनेर खबर पा थें, त्यै छोप्नलाइ त्यो विग भन्ने नक्कली कपाल ल्याइदेको छु के रे!!!...:oपि अनि यो बरा चित्रेलाइ के बिधि जवानी चढेको हेर हेर!! ईस. एल. सि नै सकेको छैन, बिहेको कुरो पो गर्छ!धत्!!! अहिले अड्डाका मान्छेले था पाए भने लग्लान नि बाल विबाह गरे भनेर!!!...:oपि कुम्ले पनि के बिधी फिल्मि डायलग फलाक्ने भैसकेछ नि गाँठे!!! यो मोरो बिरामी परें भन्दै स्कुलाँ नगइकन फिलिम हेर्न पो जान्छ जस्तो छ!!! मिस, यस्तो हो भने त यल्लाइ सिस्नि पानी लाम्नु पर्छ है!!!...:oपि अनि मिस्टे बुरो भन्दै नभनि सुटुक्क हिन्दिने!!! गररररररररररर झन् त्यो प्यारि (Paris)को धरहरा हेर्न आम्दा बास माग्नु पर्ला भनेको, मिस्ते त गइसकेछन नौ डाँडा पारी!!! बर्बादै भो नि!!....:( ल झुल्किदै गरुम है जम्मैजना!!! त्यो चौतारी महोत्सबमा मेरो नि सहमति है!!!...:o)
|
| |
|
|
CaMoFLaGeD
Please log in to subscribe to CaMoFLaGeD's postings.
Posted on 07-22-06 9:03
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
लौ! एउटी ले मलाइ ५० चोटी उठ बस गराउन सिफारिस गर्ने, अर्को ले मलाइ सिस्नी पानी लाउन सिफारिस गर्ने, हुदा हुदा मिस पनि हाम्रो झगडा लाउनु पर्छ भन्ने। हैन कस्तो देखी नसहेका हुन भन्या?? जान्या छु, जान्या छु मैले नि जान्या छु। पालो आओस न। म नि एक एक लाइ भर्याङ को छेउ मा राखेर पछाडी बाट ड्याम्म हानिन भने त के। हेर्छम् त फिलीम नि हेर्छम्, काली मा पौडिन नि जान्छम्, माछा नि मार्छम् तेसैले त पुछारमा हुन्छम् नि किलासमा। तिमेरु पडन्तेहरु पढ्नु नि। जाँचमा त कसरी पास गर्न पर्छ भन्ने एक एक तिक्डम थाहा छ हाम्लाइ।
|
| |
|
|
Dada_Giri
Please log in to subscribe to Dada_Giri's postings.
Posted on 07-22-06 9:15
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
यही हो कुम्ले, अस्तिनै कालीमा पौडिन गाको?
|
| |
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 07-22-06 9:18
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
ए कुम्ले, अनि तिमी त किर्केट नि खेल्छौ जस्तो छ, बाउलिङ् राम्रो गर्छौ कि क्या हो, नामै कुम्ले पाएछौ। :) अस्ति पुन्टेदाईको तालुमा यौटा किर्केट बल आएर बज्रिएको थियो। कतै त्यो तिमीले नै हानेका त हैनौं? ;)
|
| |
|
|
CaMoFLaGeD
Please log in to subscribe to CaMoFLaGeD's postings.
Posted on 07-22-06 9:30
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
हा हा हा!! अत्ति हँसाउनु भयो दादा गिरी जी, त्यो त भउते हो। म चाँही छेउ मा थिएँ। (बालाजु को फुटो टाँसेछन्।) :पि चित्रे, तिमीले त मलाइ झसङ पार्यौ नी। चिन्छौ कि कसो? :ओ
|
| |
|
|
Please log in to subscribe to 's postings.
Posted on 07-22-06 9:57
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
गाममा भूरा धेरै भए, ङ्यार्र-ङुर्र पनि धेरै गर्न थाले, मिस एक्लैले सप्पैलाई तह लाउन सक्नु होला जस्तो छैन। अब निरे पनि विदेशमा के के जाती पढेर फर्केको छ। निरेलाई असिटण्टे (Assistant) माष्टर बनाम्न परो। बिचरो निरे लाज मान्छ मनको कुरो राख्न, त्यै भ'र मैले बोल्देको यति कुरो।
|
| |
|
|
miss_ me
Please log in to subscribe to miss_ me's postings.
Posted on 07-22-06 10:29
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
हैन यो गौतम्जीलाइ किन गालवको डाह् लागेकोहोला मलै जस्तै कति सरल शब्द मिठो शैली मा सबैकुरो पुगेको लेख्दानि इस्कुला जे पढेनि कथा हाल्दा चाहिसलल बग्ने रहेछ कलम सुनाउदै गर्नुस् है गालव धेरै भाको थियो नेपालीअक्षर को कथा सुन्न नपाको निरमणजी, अब तेस्तो जुका जस्तो टासिने भे'सि त मन लागे नि नलागेनि एउटा उपाए त गर्नै पर्यो।:P गौतमजीको कुरो ठिकै हो । तर मैले सबैलाइ ठिकान् लगाएकैछुके दोस लाउन् चै पाइदैन् है । त्यै भ'र त कुम्ले एति ज्ञानीभाको नि सबैलाइ धकेल्ने रे....:( कुम्ले तिमीले भर्याङमा बसाएर् धकल्दा सम्म अरु चाहि चुपलागेर बसिरहला के रे । म भए चाहि धकेल्ने चाहिको सर्ट को बाउला नथापाइने गरी जोडले पकड्ने हो के :)
|
| |
|
|
Please log in to subscribe to 's postings.
Posted on 07-22-06 10:37
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
महोत्सवमा गामका बूढापाकाजतिलाई माला लगाइदे'र मञ्चमा सोफामा गजक्क पारेर राख्ने भनेको, काका पनि हराए, हाम्रा बयोबृद्ध बिर्खे जिम्माल पनि स्यालको सिङझैँ गायब भए। यी दुईटा बूढालाई कसरी खोज्ने होला भन्ने पिर गरेर बसिराख्या थें, लाले आयो। लाले अस्ति भर्खर मधेश'ट फर्केको, काका र जिम्माल दुबैलाई भेटेको र'छ। दुईटा बूढा निन्याउरो अनुहार लाएर एउटा चिया पसलमा बसेर खासखुस कुरा गर्दै रछन् रे। लाले पनि बूढाहर्ले थाहा नपाउने गरी अलिक कोल्ट परेर कान थापेर बसेछ र। ए राता मकै, बूढाहरु त तराईको जग्गा भाग लाम्न पो ग'का रचन्। लौतन्तर आयो, अब धेरै जग्गा राख्यो भने खोसिन्च भनेर छोरा-बूहारी-नाती-नातीनी सबका नाममा जग्गा भग लाम्ने रे! काकाले सप्पैलाई बाँडेर आफ्नु जिउनी पाँच बिघा राखेर पनि दुई बिघा बढी भ'सी बिहे नभैसकेकी कान्छी सालीको नाममा गर्ने कुरा गरेछन्। जिम्मालको पनि जग्गा अलिक बढी निक्लेच,अब जिम्मालका त साली बाँकी नाईँ। "अब मैले क्यार्नी त काका, कस्को नाममा गरौँ यो बाँकी जग्गा?" "अब किन टेन्सन लिन्छौ जिम्माल, तिम्ले पनि मेरै सालीका नाममा गर्देऊ न!" -------------------- बूढाहर्का यस्ता गन्थन सुनेसी लालेलाई झनक्क रिस उठेछ। "के भओ पातकी बूडा हो!? यस्तरी डराम्नी हो? पच्चीस-तीस बिगा जोड्दैमा आफ्लाई के के न ठान्चौ? कस्ता कस्ता पाँच-सात हजार बिगा भ'का जिम्दै छन्, अहिल्यै तिम्रा पाला आम्छन्?----" लालेले हप्कासी बूडाहरुले जग्गाको कुरो छोडे रे, अनि तेता'ट फर्केर मनकामना लागे रे। मनकामना'ट काठमाण्डु जाने भन्थे रे काकाको ढाड जँचाम्न। अब तिनको ढाड सोझ्याईसको होला डाउडरले। एक दुई दिनमा दुइटै बूडा देखा पर्छन् होला यो चौतारीमा।
|
| |
|
|
Tyra
Please log in to subscribe to Tyra's postings.
Posted on 07-22-06 10:47
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
मिस् नमस्ते :D गालब् जि कथा सार्है राम्रो , आखा झिम् नगरि पढि सके नि ,ल ल छिटो छिटो अरु नि पढ्न पाइयोस् है :) नेपालिएन् जि ले टासेको कथा त नेपाल् होइन नारि पत्रीका म पढे जस्तो लग्यो नि । गोतामे जि ल कालोबोको देखेसि चै म नि आउनि पक्का भो है पिक्निकाँ :D कुम्ले सुन्दै छु म नि कुरा अँ ! सब् लाइ एकेक गरि भर्याङ् बाट खसाउने हँ? ल अब चाहि मिस् लाइ ५० होइन १५० पटक् कान् समातेर उठ्बस् गराउन् कुरा लाउनु पर्यो :p सान्ननि,चित्रे ठुल्नानि सबै को के छ खबर्?
|
| |
|
|
Dada_Giri
Please log in to subscribe to Dada_Giri's postings.
Posted on 07-22-06 10:48
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
|
|
| |
|
|
Dada_Giri
Please log in to subscribe to Dada_Giri's postings.
Posted on 07-22-06 10:50
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
|
|
| |
|
|
Dada_Giri
Please log in to subscribe to Dada_Giri's postings.
Posted on 07-22-06 10:53
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
|
|
| |
Please Log in! to be able to reply! If you don't have a login, please register here.
YOU CAN ALSO
IN ORDER TO POST!
Within last 365 days
| Recommended Popular Threads |
Controvertial Threads |
| ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION |
| NRN card pros and cons? |
| TPS To F-1 COS |
| Nepal TPS has been Extended !!! |
| Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years) |
| Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1? |
| US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ? |
| Democrat wants to run election like in India. Chaos and Confusing to voters. |
| Please ask KRISTI NOEM in her facebook and other social media to renew TPS |
| Supreme Court allows Trump to end TPS for Venezuelans |
| Nepal TPS decision |
| TPS to F1 Status. |
| legal Query for married nepali girl now have taken US citizenship |
| ए १ पनि पुगेनछ ? |
| Trump’s “Big Beautiful Bill” is straight-up xenophobic class warfare. Let’s call it what it is. |
| 2020 : Why No Trump ! |
| Business Ideas in Nepal? |
| A legit Non-Profit organization "United For TPS Nepal " |
| Leave messages on US congressman's facebook to support TPS |
| TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision |
|
|
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.
|