नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम --चौतारी - भाग ७२ --
चौतारी: (विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ७२ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
(World's first and finest internet IMPROV in Nepali language)
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
यहाँहरुले थाहा पाइहाल्नु भयो चौतारी आइडलको पपुलारिटी बढेर आकाश छुन लागिसक्यो। जताततै केवल चौतारी आइडलकै मात्र कुरा भैरहेको छ। स्रोताहरुले हामीलाई इमेल बाट फोन बाट चौतारी आइडलको कार्यक्रम समय बढाउन माग गरिरहनुभएको छ। त्यहि भएर आज हामीले चौतारी स्पेसल रुबरू लिएर आएका छौँ। हजुर! आज हामी चौतारी आइडलका प्रतिस्पर्धीहरु सङ्ग बसेर बिभिन्न किसिमका कुराहरु गर्छौँ। स्वागत छ यहाँहरुलाई चौतारी स्पेसल रुबरूमा! अब कार्यक्रम सुरुगर्नु भन्दा पहिले यो सानो कमर्सियल ब्रेक!
कमर्सियल ब्रेक पछि पुन: स्वागत छ स्रोता महानुभावहरु चौतारी आइडल रुबरूमा। यहाँहरुले मनपराउनु भएका चौतारी आइडलका प्रतिस्पर्धीहरु सङ बसेर प्रत्यक्ष बार्ता गर्ने कार्यक्रमको नाम हो "चौतारी आइडल रुबरू"
हामी सङ्ग यहाँ हुनुहुन्छ चौतारी आइडलका प्रतिस्पर्धीहरु श्री बिर्खे जिम्माल बा, श्री भउते भण्डारी, रिट्ठे काइँला, नेप्चे निरौला, र चना तरकारी ब्रो। हजुर सबैले स्वागत गरौँ हाम्रा चौतारी आइडलका प्रतिस्पर्धीहरुलाई।
संवाददाता: सर्वप्रथम त स्वागत छ यहाँहरुलाई चौतारी आइडल रुबरूमा। कस्तो अनुभव भइरहेको छ यस्तो प्लाटफर्म पाउदा जहाँ बसेर यहाँहरुले आ-आफ्नो कला प्रदर्शन् गर्न पाइरहनुभएको छ सम्पुर्ण चौतारी बासीहरुलाई?
जिम्माल बा: स्वाउत अरेँ मुइलेपुनि कुम्ले तिम्लाई। चाइन्जो कस्तो लाउथो? हेरि यो भउतेले जोसाएर भजन गाम्न मन लाओ मुलाईपुनि। चाइन्जो त्यहि भेर यो आइडलाँ भाग लिन आओ। भोट जत्ति सबले चाइन्जो तो मदनवालाई दिएचन्। हाउँरो उमेरका सुन्ने मान्छे अलि कम छन् अस्तो लाओ।
भउते: हे हे हे कुम्ले-दा हजुरलाई धन्यवाद छ है। सार्है रमाइलो लागेको छ अहिले। त्यो पुतली बजारमा बसेर चटपटे खादै लोक भाकामा गीत गाएको सम्झना आयो।
रिट्ठे: ओ कुम्ले जी धन्यवाद छ तपाईँलाई। मैले उ बेला बिराटनगर जोग्मनीको गाडीमा बसेर गीत गाएको सम्झिदै यहाँपनि गीत गाउन मन लागेर चौतारी आइडलमा भाग लिएको। त्यो बेला गाडीको आवाज, धुलो, भिड सबलाई छिचोलेर गाइन्थ्यो अनि खुब प्रशन्सा पाइन्थ्यो। खोइ यहाँ त के भयो के।
नेप्चे: कुम्ले दाई थ्यान्क्स ल! खासमा मैले गाएको गितहरु सब पप गितहरु छ हैन। मैले पप कल्चरलाई चौतारीमा भित्राउनलाई चौतारी आइडलमा भाग लिन लागेको। यस्मा म अहिले खुसी छु।
चना ब्रो: कुम्ले भाई धन्यवाद। त्यो पर्सान्तेका बारे मा उता अर्को थ्रेडमा यस्तो भनिराको छ मलाई सैह्य भइरहेको छैन। अहिले यो कार्यक्रम सक्किना साथ त्यहाँ गएर ति धोतीहरुलाई नथर्काए त के!
मदनवा: खेँ... खेँ... खेँ...! कुमलवा जी धेड सारे धन्वाद दिन्छु तपाईलाई कि हमिलाई हियाँ बुलाउनु भएछ। हमिलाई गना गावने को इन्टिरेस्ट वहि बनवारी के बेटीलाई दिखेपछि लागेथ्यो। उ टाइममे कोहि गना वना गावने कार्जेक्रम थिएन। आज आएर हमिले चानस पाएछु। हमि सबलाई दिखाइदिन्छु कि हमि कस्तो गावने आद्मी हो! जे राम जि कि।
सँवाददाता: ल यहाँहरुले पहिलो राउन्डको रिजल्ट नि थाहा पाइहाल्नु भयो। के भन्नुहुन्छ रिजल्टको बारेमा?
जिम्माल बा: चाइन्जो कुम्ले के भन्नु छ र अब? तो चाइन्जो हाउँरा उमेरका हरुलाई चाइन्जो यो एन्टर्नेटाँ आएर भोट खसाल्न आउदैन। तन्नेरीहरुलाई चाइन्जो भजनाँ मन लाउदैन। अनि कहा बाट भोट हाल्थे?
भउते: मलाई त लास्ट भएनी लास्ट स्याटिस्फ्याक्सन छ भोट आएकोमा। मुइले जम्मा एक भोट हालेको हुम त्यो पनि जिम्माल बालाई हानेको। मलाई ११०० भोट आएछ। मलाई जहाँ सम्म लाग्छ मेरी बुइनी, जो मेरी साथीपनि हुन्, उस्ले मात्रै मलाई दिन भरी भोट हालिछिन्। उन्ले कसरी हालिन भन्ने कुरा मलाई झलझली याद छ। कुन हातले कसरी क्लिक गरिन त्यो नि थाहा छ...
रिट्ठे: ह्याsss यो भउते के के कुरा गर्छ। आफु त बहिस्कार गरिन्छ यो भोट। यस्तो नि हुन्छ? बिराटनगरमा सरस्वती पुजामा सरस्वती मन्दिर अगाडी गाना गाउँदा सब बिद्यार्थीहरुले खुब ताली बजाएका थिए। खोइ त्यो तालीको जत्ति आवाज आएन यो भोटमा! बहिस्कार गर्ने हो!
नेप्चे: आफु त हिजो गाना गाएर दुई घन्टाको क्लास मा बसिएको थियो। लेक्चररलाई नि बोर लागेछ पढाउनलाई। लेक्चरर र बिद्यार्थी मिलेर खुब भोट हालिएको थियो! जम्मा त्यत्ति मात्रै आएछ। अरुले त हाल्नै बिर्सेछन्।
चना ब्रो: उता पर्सान्तेलाई भोट नहाल्नेहरुलाई हाम्ले जानेका छौँ। जो जो ले पर्सान्तेलाई नराम्रो भन्छ तिनीहरुका टुप्पी उखेल्न हामीले जानेका छौँ। आज यो कार्यक्रम सक्कियोस मात्रै न अनि त्यस्पछि दिन भरी पलेटी कसेर बसिन्छ धोतीहरुलाई थर्काउन।
मदनवा: खेँ... खेँ... खेँ... हमि के भन्ने? सबले हमिलाई प्यार दिनुभएछ। हमि उसिमे खुसी छु! इसबार हम्रे नयाँ गना रिलिज भएछ "खेँ... खेँ... खेँ..." उस्लाई सुनिदिनुस अउर हमिलाई वोट हालिदिनुस। सबलाई जे राम जि कि।
संवाददाता: हवस त स्रोता महानुभावहरु समय अभावका कारण हामीले अरु प्रस्तुत गर्न सकेनम। अहिलेलाई यत्तिनै!
चना ब्रो: कुम्ले! इन्डिया फोरम तिर लागुम! आज थर्काउनु पर्छ!
भउते: हैन यी जिम्माले लाई किन निलै अक्षरमा बोल्न पर्ने? यिनका सुकेका नलिखुट्टा ... !
HAPPY RAKSHABANDHAN to all chautaree daju bhai harulai
chitrele jasusi garera patta laa'ko geet kumle kai ho bhanne kura ma mero pani 100%samarthan chha ! khai aba hari puraskar lyaau chitre ra ma adha adha .
अब आफ्नो डाँडा तिर लाग्नि बेला भो। भुलि देखि उहि हो सखारैमा एक पल्ट दिउसो खाजा खानि ट्याम मा एक पल्ट अनि साँझमा आक्कल झुक्कल कैले काँई आफुले चौतारी च्याउन पाउनि।
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
Please ask KRISTI NOEM in her facebook and other social media to renew TPS
Supreme Court allows Trump to end TPS for Venezuelans
Nepal TPS decision
TPS to F1 Status.
legal Query for married nepali girl now have taken US citizenship
ए १ पनि पुगेनछ ?
Trump’s “Big Beautiful Bill” is straight-up xenophobic class warfare. Let’s call it what it is.
Business Ideas in Nepal?
2020 : Why No Trump !
A legit Non-Profit organization "United For TPS Nepal "
Leave messages on US congressman's facebook to support TPS
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.