[Show all top banners]

world_map
Replies to this thread:

More by world_map
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ** चौतारी ३० **

[Please view other pages to see the rest of the postings. Total posts: 510]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 NEXT PAGE
[VIEWED 216148 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 26 pages, View Last 20 replies.
Posted on 11-07-06 11:43 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी! चौतारी!!चौतारी!!!

सम्पूर्ण चौतारीका गाम्लेहरू तथा शुभचिन्तकहरूलाई न्यानो अभिवादन
उकाली-ओराली, हिउँद-गृष्म, दशैं-तिहार गर्दै, हाँस्दै-खेल्दै, ठट्टा गर्दै चौतारी तीसौं भागमा आईपुग्दा नयाँ पुराना गाउँलेहरू तथा शुभचिन्तकहरूको न्यानो माया, सद्भाव र शुभेच्छा पाएर द्रुत गतिमा प्रगतिपथमा लम्कँदै गइरहेको छ। चौतारीको निरन्तरता साझा मैं एक अभूतपूर्व
कीर्तिमान हो भन्नु अत्युक्ति नहोला। नेपाली जनजिब्रोलाई माया गर्ने, नेपालीपनमा रमाउने र एकअर्का प्रति बन्धुत्त्व, सद्भाव एवं मेलमिलापको दृष्टीले हेर्ने सबै नेपालीका लागि चौतारी एकताको अनुपम नमूना हो।

चौतारीमा पाल्नुहुने गाम्लेहरूको प्रयोग गर्ने नाम र चौतारीको नाम प्रथम पृष्ठमा राख्ने जमर्को गरेको छु। अरू पनि थुप्रै गाम्लेहरू हुनुहुन्छ जस्का चौतारीको नाम जुरेको छैन, तिनका नाम अन्त्यमा राखेको छु। साथै हालसम्म चूपचाप रमाईलो मानी चौतारी पढिदिनेसाथीहरूलाइ पनि यसमा भाग लिई चौतारीको रौनक बढाईदिनुहुन अनुरोध गर्दछु।
Nepe – नेपे दाजी, Birkhe_Maila – जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेद, Kick – काका, GautamB. – गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute – भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – आइते, जंगे, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me – मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मु्न्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरितालिका, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्यासे - च्यासे पिकरेली, काने, मुखियाबा सुर्जे, नयाघरे, पहालवान, याङ्गे, नटे, लन्लि, समिर, बेमानि ,आशे, परदेशी, पानपाते ,हर्के, यामे, बिनोदे , याक्कु, राधा, हिते ,नारने, झाक्री,पिरो मरिच,परबर् ,राते ,कटरिना, रामे, माने, हिमाल, आदी......
ल अब दिप ज्योको कवितासँगै चौतारी शुरू गरौं।
कतै घामको राप छ
कैले कामको चाप छ
सुस्ताउँदा बतास बोलाउछ
आफ्नो भन्नु आफ्नै हो
मेरो साथी यै चौतारी बनेको छ

मनमा अपरीचित छाप छ
कल्पनामा कसैको बास छ
अपरीचित लाइ चिनाउँछ
उस्लाइ पनि बोलाउँछ
मेरो साथी यै चौतारी बनेको छ

कतै अतितको सन्ताप छ
कतै ओइलाको साहास छ
पात पातमा यस्को मल्हम छ
उत्साह्को गीत सधै गुन्गुनाउँछ
मेरो साथी यै चौतारी बनेको छ

कैले जाडोको त्रास छ
कैले न्यानोको आस छ
सिरक बनेर बस्छ
घामलाइ ब्यानै देखि बोलाउँछ
अफ्नो भन्नु आफ्नै हो
मेरो साथी यै चौतारी बनेको छ


 
Posted on 11-14-06 9:05 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

शुभ प्रभात् !!!
 
Posted on 11-14-06 9:05 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पर्खाइको चोट तिमीलाइ के था ?
विछोडको दर्द तिमीलाइ के था ?
रम्मियौ तिमी रंगिन दुनियामा
एक्लै जिउनुको पिडा तिमीलाइ के था ?

अभीवादन!!
:D:D
 
Posted on 11-14-06 9:06 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"ओइ कुम्ले! तँ घरमै हो?" हितेशको फोनले मेरो शनिबारको स्वागत गर्यो।

"ए हिते! घरमै छु यार, किन नि के प्लान बनाएर फोन गरिस?" मैले उसको फोन आउने बित्तिकै कुनै प्लान पक्का बनाएको होला भन्ने लागेर उसलाई सोधेँ।

"खासै त्यस्तो केहि छैन यार, अब तँ पनि जाने भइहालिस। बरु आज शनिबार केटाहरु मिलेर पुल्चोक क्याम्पसको फिल्डमा क्रिकेट खेल्ने बिचार गरिरहेका रहेछन् अनि हामीपनि जाऔँ खेल्न भनेर हो" उसको सबैभन्दा राम्रो टाइमपास मध्यमा एउटा पर्छ क्रिकेट म्याच खेल्ने।

"ओहो क्रिकेट खेल्ने रे! ल ल, बरु को सङ्ग खेल्ने हो यार? आजकाल क्या फास्ट बलरहरु छन्, ब्याटिङ गर्न नि डरमर्दो" मलाई नि खेल्ने इच्छा भयो तर धेरै भएको थियो नखेलेको त्यहि भएर अलि संकोच लागिरहेको थियो।

"ह्या नडरा न! त्यो कुपन्डोलको केटाहरु सङ्ग के! खासै छैन त्यो टिम, रमाइलै हुन्छ, अब उता त खेल्ने चान्स हुन्छ कि हुन्न, बरु यसैलाई लास्ट म्याच बनाएर जा" उस्ले मलाई आकर्षित गराउन नया कुरा थप्यो।

"ओके ओके! म मेरो ब्याट लिएर तेरोमा आउछु अनि तलाईँ पिकअप गरौँला। खेलिसकेपछि मेरो दरवारमार्गमा जानु छ त्यो टिकटको पैसा अलिकत्ति फिर्ता पाउनुछ मैले, आज दिन्छु भनेको छ" मैले क्रिकेट खेल्ने निधो गरेँ अनि फोन राखेँ।

फोन राखेपछि मैले मेरो कोठामा भएको पुरानो BDM ब्याट झिकेँ। त्यसपछि दराजमा भएको क्रिकेट खेल्ने ड्रेस (सेतो ट्राउजर) लगाएर तयार भएँ। त्यसपछि केहि खानेकुरा खाएर एकछिनपछि म हितेशको घर तिर लागेँ। हितेश तयार भएको रहेनछ। एकछिन त्यो सङ्ग झगडा गर्दै, एकछिन टिभि हेर्दै बसेपछि बल्ल बल्ल उ तयार भयो। त्यसपछि हामी पुलचोक क्याम्पस तिर हुँइकियौँ।

क्रिकेट खेल्ने ड्रेसमै गएकोहुनाले हामीलाई त्यहाँका पालेहरुले रोकेनन्। हामी सिधै तल फिल्डमा पुग्यौँ। सबैजना आइसकेका रहेछन् अनि हामीपनि त्यहाँ पुगिसकेपछि खेल शुरुभयो। निकै रमाइलो भयो खेलमा। १ बजे शुरुभएको खेल ४ बजे सकियो।

"अब कहाँजाने नि कुम्ले?" थकित अवस्थामा फिल्डमा बसिरहेको हितेशले मलाई सोध्यो।

"त्यो टिकटको पैसा लिन जानुछ यार, त्यहाँ पुगौँ न एकचोटी अनि घरतिर जानुपर्ला" मैले उसलाई बिहानै भनेको कुरो फेरि दोहोर्याएँ।

"यस्तो लुगामा दरवारमार्ग जाने र? के भन्छन् नि त्यहाँका सुन्दरीहरुले?" उसले थप्यो।

"लौ के भन्छन् नि? क्रिकेट खेलेर आएका रहेछन्, जिते कि हारे होलान् यिनीहरुले भनेर सोच्छन् नि, सोधिहाले भने जित्यौँ भन्नुपर्छ" बास्तबमै जितेका थियौँ हामीले त्यो म्याच।

" ल ल, जाऔँ त्यसो भए" उ जुरुक्क उठ्यो अनि मलाई एकहातले तानेर उठायो।

हामी दुइजना त्यो टिकटको पैसा फिर्ता लिन त्यो ट्राभल एजेन्सीमा गयौँ। निकै बेरको कुराईपछि मात्र मैले मेरो सय डलर फिर्ता पाएँ।

मेरो हातमा पैसा देखेपछि हितेशले उज्यालो मुख बनायो। उसको उज्यालो मुखको अर्थ मैले राम्ररी बुझेको थिएँ।

"नाङ्ग्लोमा जाउँ न त" उसले बोलिहाल्यो।

"यो लुगामा त्यहाँ जाने र? के भन्छन् नि त्यहाँका सुन्दरीहरु ले?" मैले उसैको हतियार उसैलाई तेर्साएँ।

"केहि भन्दैनन्, क्रिकेट खेलेर आएकारहेछन्, जिते कि हारे होलान् भनेर सोच्छन्, सोधिहाले भने जित्यौँ भनौला नि" उसले मलाई मुखभरिको जवाब दियो।

हामी दुबैजना नाङ्लोमा गयौँ।

एकसे एक मान्छेहरु रहेछन् त्यो दिन नाङ्लोमा। हामी दुइजना चाँहि झत्ते ड्रेसमा त्यहाँ गयौँ अनि हामीलाई वेटरले एउटा छेउको टेबल देखायो। हामी त्यहि गएर बस्यौँ।

हाम्रो छेउमा एकजना केटा र दुइजना केटीहरुपनि थिए। खूब हाँसी हाँसी कुरा गरिरहेका थिए। उनिहरुको कुरो सुनेर हामी लाटाले पापा हेरेजस्तै गरेर बसिरहेका थियौँ।

"के खान्छस् नि तँ?" उसले मलाई सोध्यो।

"म त चिकेन मोमो खान्छु यार। त्यत्ति भए पुग्छ मलाई त" मलाई त्यत्ति खाने रहर थिएन। आफ्नो ध्यान खाली छेउको टेबल तिर मात्र गइरहेको थियो।

"ठिकै छ नि, तँ मोमो खा, म चाँहि सोच्चु एकछिन" भनेर उ मेनु हेर्न थाल्यो।

त्यत्तिकैमा पल्लो टेबलमा सिजलर लिएर वेटर आइपुग्यो। हितेशले त्यो सिजलर देखेर मलाई हेर्दै भन्यो, "ओइ म त्यहि खान्छु"

"जा न त गएर माग, मलाई अलिकत्ति दिनु न भनेर" मैले ठट्टा गरेँ।

"हत्तेरी! त्यो भन्नाले, त्यस्तै सिजलर खान्छु भनेको मैले" उसले कुरो सुधार्यो।

हामीले अडर गर्यौँ अनि एकछिन खेलको कुरो एकछिन बिदेशको कुरो गरेर बितायौँ। वेटरले हाम्रो अडर बमोजिम खाना ल्यायो।

छेउमा रहेका ति तिनजना सबै खाइसकेर उठे। दुइजना केटीहरु अघि अघि लागे उनिहरुको पछि पछि त्यो केटा लाग्यो। जानेबेलामा त्यो केटाले हामीलाई हेर्यो अनि खिसिक्क हाँस्यो। हामीलेपनि आँखाबाटै इशारा गर्यौँ। उनिहरु बाहिर गए। हामीले ढोका सम्म तिनीहरुलाई हेरिरह्यौँ।

एकछिनपछि त्यो केटा फर्केर हामी भएको ठाउँमा आयो।

"ह्या केटाहरु! तिमीहरु मलाई र्‍याग हान्न किन यहाँ आएको?" उसले हाम्रो टेबलमा भएको अर्को कुर्सीमा बस्दै भन्यो।

"ल के को र्‍याग नि, निशान्त? हामीलाई थाहै थिएन तिम्रो यहाँ डेट छ भनेर" मैले निशान्तलाई सम्झाएँ।

"ल ल ठिकै छ, तर तिमीहरुलाई चिनाउन त मन थियो, तर यस्तो झूर लुगामा झत्ते भएर आको छौ अनि त्यहि भएर चिनाउन कस्तो कस्तो लाग्यो, बरु तिमीहरुलाई मेरो डेट कस्तो लाग्यो नि?" उसले हाम्रो कुरो बुझ्न खोज्यो।

"राम्रो जोडी छ यार तिमेरुको। मलाई त तिम्रो जोडी मनपर्यो।" हितेशले खूब तारिफ गर्यो निशान्तको जोडीको।

"तिम्रो चाँहि के बिचार छ नि कुम्ले?" निशान्तले मलाई सोध्यो।

मैले एकछिन सोचेँ अनि भने, "निशान्त, साँच्चि अर्को चोटीको तिम्रो डेटमा मलाई तिम्रो साथी भएर आउने मौका देउ है, बरु खाने खर्च मै बेहोरौँला, अनि लुगापनि राम्रै लाएर आउँला, तिमीहरुलाई नि छुट्टै बसेर कुरा गर्न रमाइलो नै हुन्छ नि, हैन?"

समाप्त :पि
 
Posted on 11-14-06 9:12 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा कुम्ले ले हसाउन सम्म हसायो। कस्तो ट्याक्क मिलाउन सकेको? कामै तेइ जस्तो छ केटाको। :P
 
Posted on 11-14-06 9:16 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

वाह, क्या बात है कुम्ले, कस्तो ट्याक्क मिलाउन सकेको? गुड वान :P
 
Posted on 11-14-06 9:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाम्री तिरुको मामाको छोरीसं घुम्न जाने जाने निशान्त हो ??
यो कुम्ले हिजो रातभर नसुतेर यै लेख्या हुनपर्छ:D :D:D
 
Posted on 11-14-06 9:28 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

शुभ दिदिको नि खुब कबिता गैरारेछ त। nice.
 
Posted on 11-14-06 9:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा कुम्ले ले हसाउन सम्म हसायो। कस्तो ट्याक्क मिलाउन सकेको? कामै तेइ जस्तो छ केटाको। :P
शुभ दिदिको नि खुब कबिता गैरारेछ त। nice.


--------------------------------------------------------------------------------
 
Posted on 11-14-06 9:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुली तिम्लाई अझै सुगे रोगले छोड्या छैन? के छ हालचाल् तिम्रो?
 
Posted on 11-14-06 9:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हत्तेरिका!!उपचार अर्न पर्यो यो सुगे रोग को साह्रै सतायो :)


अनि प्रिति ठूली के छ?
यहाँ त पानि परिरा"छ जाडो पनि उस्तै

आज दिपको कविताले अर्कै मोड लियो नि त्यसैले मैलै चै लेखद्या आउन त तेती आउदैन । ग्वाँचे टुक्रो (कविता) मजाकोरेछ
 
Posted on 11-14-06 10:03 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एकान्त आफ्ना उसैको उपहार हो
एउटा जिन्दगी पर्खिएकै पनि हो
चोट र दोषले घायल यो छाति भरिने भो
बिर्सेर जाने लाइ अब के सम्झाइ भो?
आफु रहरमा उस्को डुबीयो त के भो?
पानी माथि ओभानो उही होस् भैगो।
 
Posted on 11-14-06 10:21 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सुनाउदा ब्यथा मेरा चुपचाप सुनिरह्यौ
हात दिन खोजे तर 'विवस छु' भनिदियौ
चोट त छदै थियो पहिले कै नासो जति
अइले आ'र आरोप लाउछौ निर्दोष मेरोआँखा भरि

लौ जा :D:P
 
Posted on 11-14-06 10:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

वाह् वाह् अरु नि जावोस्।
 
Posted on 11-14-06 10:34 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

वाह वाह!!
क्या गइरहेको रहेछ यहाँ त!!
दीपजी र शुभाजीको निकै चलिरहेको रहेछ नि
ल ल जाओस जाओस!! हामी छेउमा बसेर सुन्छौँ।


हा हा हा!!! त्यत्तिकै हिजो दीपजीको कमेन्ट देखेर यो कथा निस्कियो के दिमागमा अनि यहाँ प्रस्तुत गर्या!
सान्नानी, हरितालिके, शुभाजी, ठुल्नानीलाई कथा पढेर हाँस्नुभएकोमा धेरै धेरै धन्यवाद। कथा मैले आज बिहानै लेख्या है, रातभरी बस्नु परेन!!
 
Posted on 11-14-06 11:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

वाह् वाह् अरु नि जावोस्।

सानी (सानानी) मलाईत कहिलेनी सुघे रोग लागेको थिएन । बरु तिम्रो निको भो ।

सुभे मेरो सबै ठीक छ तिम्रो नि । हाम्रोमा त सार्को राम्रो दिन छ । भर्कर लन्च बिरेक्मा वक गरेर आउको ।
 
Posted on 11-14-06 12:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

विवशताले हो कि रहरले,
कहिले छोडेर गई एक्लै पारि, थाहा भएन
माथि लागि कि मुनि लागी खै,
तर ऊ मतिर भने पक्कै आएन
आएकी भए त फिर्ता पठाईदिन्थें
तर खै, मानेकी भए मै पो राख्दिन्थें।

दीप पिरैले टिल्ल,
आफू पनि परियो जिल्ल।

जेपिटी :p
 
Posted on 11-14-06 12:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ब्यथा मारेर आफ्ना तिम्रा सुनेकै हो
हात मलाइ तिम्रो साथ अरुलाइ बुझेकै हो
पैलै काँडा त तिम्ले अनगिन्ती दिएकै हो
छैन फुल् भने भैगो, भनेको तेत्ति हो ।।।

दीप


उता भोजन तिर लागियो आफु यता शब्दबाँण चलेका रेछ्न आफुतिर --सम्मान त गर्नै पर्यो।
 
Posted on 11-14-06 12:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हात यता, नजर त्यता तिम्रो नि देखेकै हो
तन मलाई मन उस्लाई नि बुझेकै हो
फुल दिंदा काँडा देखेऊ तिम्ले, कुरो तेई हो
के गरुँ त म? आखिरमा, काँडै दिएर हिँड्न विवश भो!
 
Posted on 11-14-06 1:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बल्ल पढ्न भ्यायेम् सबै कथाहरु! तितटरी बुईनी, कुम्ले, अनि चित्रे! रमाईलो ला'गो्

चौतारी भेटघाटमा सबै आउनै पर्च है! एक साँझ चईं "ट्यालेन्ट शो" गर्न पर्ला, कोई नाच्ने, कोई गाउने, कोई जोक भन्ने, कोई कथा सुनाउने, ईत्यादि। कार्जेकरमलाई ठोस् रुप दिन तेमरुको भाउजूसंग सल्लाह गर्दैछु, तर आउँदो किरिस्ट मस र नयाँ बर्षको बीचमा पारुम जस्तो लाई रा'छ मुलाई चईं।

केटकेटीहुरलाई लाम लगा'र, हात समातेर यो शहर नि घुमान्ने योजना छ के रे।

December 25-31, 2006...बिचार अर्दै अरम्!
 
Posted on 11-14-06 1:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

wow ....कबिता तेहेरि(दोहोरि जस्तै के, तिन् जना ले गाएछि' के भन्ने) चल्दै रैछ कस्तो राम्रो लेख्न सक्या हो उस्ताद् हरु ले। :-)

कुम्ले :D हा हा हा पर्ख तिम्लाइ ,हसाउनु सम्म हसायो ।

पुन्टेदा हा हा हात समातेर लाम् लागेर घुम्नजाने रे , ट्राफिकै जाम् गर्दिने होला हैन?

लास्टाँ,उता बल्खु गाम्मा कमेन्ट् गर्नु हुने गालब्,ग्वाचे,आइते,जिम्माल्बा अनि पुन्टेदा सबैलाइ धन्यबाद्!

सबैलाइ नमस्कार्!
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
NRN card pros and cons?
TPS To F-1 COS
Nepal TPS has been Extended !!!
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
Please ask KRISTI NOEM in her facebook and other social media to renew TPS
Supreme Court allows Trump to end TPS for Venezuelans
Nepal TPS decision
TPS to F1 Status.
legal Query for married nepali girl now have taken US citizenship
ए १ पनि पुगेनछ ?
Trump’s “Big Beautiful Bill” is straight-up xenophobic class warfare. Let’s call it what it is.
Business Ideas in Nepal?
2020 : Why No Trump !
A legit Non-Profit organization "United For TPS Nepal "
Leave messages on US congressman's facebook to support TPS
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters