[Show all top banners]

fucheketo
Replies to this thread:

More by fucheketo
What people are reading
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 माया.....

[Please view other pages to see the rest of the postings. Total posts: 26]
PAGE: <<  1 2  
[VIEWED 33446 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 2 pages, View Last 20 replies.
Posted on 02-24-10 4:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

सोम दाई ,
थोरै शब्दहरु सापटी लिएको छु ,अनि शिर्षक पनि ....ऋणी छु है दाई

कसैले उसको कानमा खुसुक्क भनेको जस्तो लागेको थियो उसलाई , आज आकाशमा कालो सुर्य उदाउनेछ । उसले धेरै बेर आकाश नियाल्न खोज्यो तारा हरु शित झार्दै थिए उसको आँगनको घाँसमा , उसको ओइलिएको आँगन शितले सिँचेर हरियो बनाइदिने आश गर्यो मनमनै उसले । तर खोइ त कालो सुर्य ! मन को अर्को कुना खिसिक्क हाँस्यो उ माथी !

“धत रातमा पनि सुर्य उदाउँछ ? कसले भन्यो तँलाई आज कालो सुर्य उदाउँछ भनेर ?”
उसले मनलाइ सम्झायो
“ हैन कसैले मेरो कानैमा आएर भनेको आज कालो सुर्य उदाउँछ , जसका किरणहरु पनि काला हुनेछन् उसले पहिला मलाई अनि त्यसपछि अरुलाई एक एक गर्दै छोप्दै जानेछ ।“
“आफ्नो मनले भनेको नसुनेर कसैले कानमा खुसुक्क भनेको सुन्ने ?” मनले फेरि रोष पोख्यो । उसको मन उ भन्दा जिद्दि निस्कियो ।
“त्यसो भए वास्तविकता के त ?” उसले जति गर्दा पनि आफ्नो मनलाई जित्न सकेन । उ अलमल्ल मा पर्यो ।
“मेरो विचारमा तँ निन्द्रा मा छस् ! उठ्न खोज त !”

उसले आँखा उघार्यो बिस्तारै , हो रहेछ ।उसको झ्यालको पर्दा हल्लिरहेको थियो । कति जिस्किन्छ हावा पनि उसका पर्दाहरु सँग । कोठा उसको पर्दा उसको तर हावा लाई किन मतलब छैन उसको एकान्तता को !

 सँधै जस्तै आज पनि उसले ताल्चा देख्यो अर्को ढोकाको उसको खाटबाटै पल्लो कोठामा लागेको ताल्चा देखिन्छ । करिव एक महिना देखी बन्द ताल्चा। यस्तो ताल्चा जो त्यो ढोका भन्दा अस्तित्ववान छ । ढोकाको चुकुलमा कमसेकम आफ्नो हातको आधिपत्य हुन्छ भित्र नियाल्न मन लाग्यो घरक्क खोल्यो नियाल्न मन लागेन ढ्याम्म बन्द गरिदियो । तर ताल्चाको अघि उसका हातहरु विवश छन् ।  उसले पनि चाबि खोज्नु पर्ने हुन्छ , ताल्चाको आधिकारीक स्वामी । उसले आँखा अन्यत्रै मोड्यो । उसलाई त्यो ढोका खोल्न मन छैन । एक माहिना अघि देखीको उसको बेडरुम भनाउँदो कोठा उसलाई छिर्नै मन छैन !उसलाई त्यो बन्द ढोका नै प्यारो छ । त्यो ताल्चा उसको मनमा पनि त लागेको छ । आँखा नभिजोस् भनेर आँखामा पनि लागेको छ । उसले दवाएर राखेको रापमा लागेको छ । साँच्चै त्यो ताल्चा त्यो ढोका भन्दा अस्तित्ववान छ ।

उसले घडी हेर्यो पाँच बजेको हुँदो हो ! उ प्रायश: चाँडो उठ्ने मान्छे होइन ।आजकल उ निदाउन छोडेको छ । निदाउँदा पनि त्यस्तै अनेक थरिका सपना देख्छ । कोहि कानमा आएर खुसुक्क चाहिने नचाहिने कुराहरु भनिदिन्छन् । उ सोझो बनेर निन्द्राका पलभरी पत्याइ पनि दिन्छ । तर उसको चतुर मन उसलाई झुट पत्याउन दिँदैन सँधै जस्तै ।झुट देख्नु भन्दा , कसैका अमुर्त बुझिनसक्नुका कुराहरु सुनिदिनु भन्दा ननिदाउनु नै राम्रो होला भनेर सोच्छ । अनि आँखा च्यातेर यता उता हेर्छ रातभरी ।

“कति बसिराखेको भित्रै , उज्यालो हुन लाग्यो  बाहिर निस्कि चिया टेबल मैँ छ !” परिचित आवाज सुन्यो उसले  , आवाज आमाको होला !उसलाई तँ भन्ने कि उसको मन हुन्छ कि आमा , अरुले तँ भनेको उसले सुनेको छैन ।

 उ झस्कियो , उसले सपनामा देखे जस्तै कालो सुर्यका कालो किरणहरुले उसलाई निले भने ! त्यो सपना हो , मनले फेरि उसलाई डराउन दिएन । झन्न उसको मन छ र मात्रै उ हिँडिरहेको छ ।

एफ.एम.का आवाजहरु मान्छेको कोठा कोठामा बिउँझदै थिए ।उसलाई त्यो धुन मन पर्दैन । उसको कानमा सियो ले घोचे जस्तो लाग्थ्यो त्यो धुन सुनेपछि । एक महिना अघि उसले यहि धुन सुनेको थियो । तर अर्काको घरमा गएर एफ.एम. बन्द गर भन्न पनि त सक्दैन नि उ !
“आमा माया फर्किन्न अरे ? माइतबाट ??” सोध्न खोज्यो उसले । ताल्चा हेर्यो कोठाको , उसको प्रश्न रोकियो ।उ झसंग भयो , राता भए उसका आँखा अचानक उसको आँखामा यथार्थको राप देखियो ।

 रातिको आवाज मायाको त थिएन त्यसो भए ? उसले दाँज्न भ्याएको छैन , होइन होला मायाको आवाज त ,  माया कसरी आओस् । उसले नै त देखेको मायालाई साडी बेरेर झुण्डेकी ! तै पनि बिहेको , रातो सितारा जडेको साडी !!! त्यहि ताल्चा लागेको कोठामा !!! मरिसकेको मान्छे फर्किन्नन् कहिल्यै ।
 उ अझै पनि सम्झिन्छ पुलिसले उसलाई पनि  त धेरै केरकार गरेको ।बिहे गरेकै चार दिनमा किन झुण्डिइ त आखिर तँलाई थाहा हुनै पर्छ भनेर पुलिस ले तर्सायो पनि ! बिहा गरेको चार दिन मा त झन उसलाई थोरै कुरा मात्र थाहा हुनु पर्ने , मान्छे बुझ्नलाई जीवन पर्याप्त हुन्नन् पुलिस किन माया सँग बिताएका चार दिन लाई विशेष मानीरहेका छन् उसलाई अचम्म लाग्यो । उ रोएको पनि थियो मलाई केहि थाहा छैन भनेर । चिठ्ठी पनि त लेखिन मायाले जानेबेलामा मात्र “ मलाई थाहा छ भविष्य सुन्दर हुन्छ ,म गल्ति गर्दै छु , तर मलाई विश्वास छ मेरो सुख यसैमा छ !”

कस्ता अस्पष्ट शब्दहरु । उसलाइ रिस पनि उठेको थियो रोइसकेपछि । कस्को लागि रुँदैछ उ ? बुझ्ने लाई उसको आँशुको मतलब छैन , आँशुको मतलब हुनेहरु बुझ्नको लागि त्यहाँ छैनन् । कसको लागि रोएको त उ ?

आजकल उ रुन छोडेको छ । मायाको केस आत्महत्या नै सावित पनि भयो रे !मान्छे ले शरिर को हत्या लाई आत्महत्या किन भन्छन् ? आत्मा मर्दैन भने !!!
तर पनि सावित भो अरे आत्महत्या ! आत्मा नमरेपनि मायाको आत्महत्या सावित भयो ।

उसको मनले भन्यो सावित भएपछि ,
“यो अन्याय भयो !”
उ मनका कुराहरु बुझ्दैन । पुलिसको केरकार बाट उ बचेको छ ।अब सावित भएको कुरामा उसलाई आरोप लाउने छैनन् । अन्याय कसरी भयो त ?उसलाई त न्याय नै भयो नि !
“कसरी ?”
“ तेरो रहरहरु पनि त मरेका छन् , तेरो इच्छा माया सँगै पोष्टमार्टम भए , तेरो खुशि सँगै डढ्यो माया सँग ! कसैले देख्यो ?”
यो प्रश्नको उत्तर उ सँग छैन । उसले मनको कुरा सुनेको नसुन्यै पार्यो !

क्रमश:





 
Posted on 03-10-10 12:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

perika, she was in love with someone else hola, hai hai fuchche? yo katha end bhayo aba arko katha chadai auchha hola.
 
Posted on 03-10-10 1:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Khushii I think so as well... Poor gal!!!:(
 
Posted on 03-10-10 1:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

फुच्चे गुरु,मजा आयो।
म पनि एक्छीन आफु र मनले गर्ने वार्तालाप कोरेल्न थाले कथा पढेर।

 
Posted on 03-11-10 8:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एउटा बिशिष्ट प्रस्तुती । निकै  परिपक्व विश्लेषण अनि माझिएको लेखाई । बाघपटुका पाउँछु म तिम्रो लेखाईमा ।  

यसपालि निक्कै कुरा खोदल्यौ । निक्कै राप आयो । 

लेख्दै गर । 

thanks for sharing

-somewhereondearth

 
Posted on 12-26-12 12:03 PM     [Snapshot: 4578]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 फुच्चे साथी कस्तो गहिरो अनि आक्रान्त मनको गढ़िलो चित्रण तिम्रो "माया" कथामा ....  साँची नै सोम दाइले भनेको जस्तै "...निकै  परिपक्व विश्लेषण अनि माझिएको लेखाई । बाघपटुका पाउँछु म तिम्रो लेखाईमा ।..."
 
 <<उ निष्कर्षमा पुग्यो ताल्चा अविश्वासको प्रतिक हो , निषेधको धरोहर हो त्यसैले ताल्चामा मुटु हुन्न ।>> 
 
हरेक वाक्यले प्रश्नै प्रश्नमा पिल्सिएको र अल्झिएको  मनोभाव दर्शाउने ..... हजुरका लेख प्राय: मनोबैज्ञानिक भावमा आधारित हुन्छ र तेस्लाई बेयिमानी नगरी कस्तो सच्चा चित्रण हुन्छ ... अझै पढ्न पाउँ प्रभु ...

 
Posted on 12-26-12 12:04 PM     [Snapshot: 4578]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Last edited: 26-Dec-12 12:04 PM

 



PAGE: <<  1 2  
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
NRN card pros and cons?
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
TPS To F-1 COS
TPS to F1 Status.
Nepal TPS has been Extended !!!
legal Query for married nepali girl now have taken US citizenship
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
2020 : Why No Trump !
#MAGA#FAFO is delicious
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Democrat lies revealed
Nepal TPS decision
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
TPS Sakiyo Tara Case is in Court.
Medication from Nepal to USA
Supreme Court allows Trump to end TPS for Venezuelans
ए १ पनि पुगेनछ ?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters