[Show all top banners]

cybernepali
Replies to this thread:

More by cybernepali
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 4]

Tyo Din

tragicomic

Mr. D

jetho390
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 अमेरिकामा नेपाली विद्यार्थीको दुर्दशा

[Please view other pages to see the rest of the postings. Total posts: 24]
PAGE: <<  1 2  
[VIEWED 34328 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 2 pages, View Last 20 replies.
Posted on 12-03-12 9:43 AM     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

 http://karobardaily.com/

अमेरिकामा नेपाली विद्यार्थीको दुर्दशा

Nameभनिन्छ, अमेरिका अवसरको देश हो । यहाँ मौका परेमा क्षणभरमै अर्बपति बन्न सकिन्छ । त्यसैले होला, विश्व मानचित्रमा सबैभन्दा शक्तिशाली राष्ट्र अमेरिकामा आउने र यहीँ आफ्नो घरसंसार बसाउने उद्देश्य बोकी जसरी भएपनि अमेरिका छिर्न लालायित हुने व्यक्तिहरू असंख्य छन् । विद्यार्थी भिसामा होस् वा डिभी चिट्ठा पारेर होस्, आगन्तुक भिसामा होस् वा मेक्सिकोबाट हिँडेरै भए पनि अमेरिकाभित्र पस्न चाहने व्यक्तिहरू यो दुनियाँमा अनगिन्ती छन् । के बाल, के युवा, के वृद्धा जोसुकैलाई पनि अमेरिका आउनुपरेको छ । संसारका यतिधेरै मानिसको अमेरिकाप्रतिको यतिविघ्न मोह किन ? मानिसहरू भन्ने गर्छन अमेरिका छिर्न मात्रै गाह्रो हो, यहाँ पसेपछि चाहिँ बाँच्न धेरै सजिलो छ । त्यसैले होला, अध्यागमनसम्बन्धी कुनै पनि कागज नभईकन पनि विगत बिसौं वर्षदेखि मानिसहरूले यहाँ आफ्नो घरसंसार बसाएकै छन्, निम्नस्तरको काम गरेरै भए पनि गुजारा गरेकै छन्, यहाँ कमाएर स्वदेशमा आफन्तलाई पैसा पठाइरहेकै छन् ।
नेपालबाट अमेरिका आई पढ्न चाहने नेपाली विद्यार्थीहरूको संख्या दिनानुदिन बढिरहेछ । यहाँ आएर उच्च शिक्षा लिने तथा पैसा कमाउने प्रत्येक नेपाली विद्यार्थीको रहर बनेको छ । झट्ट हेर्दा अमेरिकामा त बोटमै डलर फल्छ भनेर भ्रम पालेर बस्ने विद्यार्थी जमात धेरै छ नेपालमा । तर यहाँ विद्यार्थी जीवनको वास्तविकता भने अर्कै छ । नेपालबाट पैसा कमाउन सकिन्छ भनेर सपना बुनेर अमेरिका पढ्न आउने युवावर्गहरूको यहाँ दुर्दशा छ । नेपालबाट बाबु–आमाले ऋणमै डुबेर भए पनि वा घरजग्गा बेचेर भए पनि लाखौं खर्चेर आफ्ना छोराछोरीलाई सुन्दर भविष्यका लागि अमेरिका पठाएका छन्, तर दुःखका साथ भन्नुपर्छ त्यसरी आउनेमध्ये कति प्रतिशतले समयमै आफ्नो पढाइ पूरा गरे त ? यो पनि अनुसन्धानकै विषय छ । यस्तो दुःख पीडाको वास्तविक अनुभूति अमेरिकामा आएका नेपाली विद्यार्थीवर्गलाई मात्र थाहा छ ।
वास्तवमा नेपालबाट देखे र सोचे जस्तो छैन अमेरिका । यहाँ उच्च शिक्षा अध्ययनका लागि आउने विद्यार्थीहरूको दिनचर्या नेपालबाट सोचेभन्दा बिल्कुलै फरक छ । नेपालबाट नियमित रूपमा पैसा पठाएर छोरा–छोरीको पढाइ पूरा गर्न बिल्कुलै असम्भव छ नेपाली बाबु–आमालाई । त्यसलै यहाँ आउने हरेक विद्यार्थीले आफैं काम खोजी आफ्नो र कलेजको खर्च धान्नुपर्छ । आफूले पढेको कलेज वा विश्व विद्यालयभन्दा बाहिर गएर काम गर्नु अमेरिकी कानुनले अवैध मानेको छ । जुन कलेजमा पढेको हो त्यहाँ काम पाउन अत्यन्तै गाह्रो छ । काम नपाएपछि खर्चको अभाव हुन्छ । नेपालबाट आउँदा नै लाखौं रूपैयाँ ऋणको भारी बोकेर आएका नेपाली विद्यार्थीहरूले फेरी कसरी आमा–बाबुलाई अमेरिका पैसा पठाइदे भनेर भन्ने ? यो समस्या नेपालबाट अमेरिका आउने प्रायसः सबै नेपाली विद्यार्थीहरूसँग छ ।
अमेरिका आउने नेपाली विद्यार्थी मात्र होइन, विश्वका अन्य मुलुकबाट आउने विद्यार्थीको समस्या पनि उही हो । त्यसैले उनीहरू बाँच्नैका लागि भए पनि कलेज बाहिर गएर अवैध रूपमा काम गर्न बाध्य छन् । उनीहरू विवश भएर जुनसुकै काम खोज्न भौंतारिन्छन् । कसैले राम्रो काम पाउँछन् त कसैले नराम्रो । नेपालमा छँदा सिन्को पनि नभाँचेका हातहरू यहाँ आएर खुद्रा पसल, कफी सप, ग्याँस स्टेसन र रेस्टुराँमा निम्नस्तरको काम गर्न बाध्य छन् । दिनको १२ देखि १६ घण्टासम्म काम गर्दै पढ्नु उनीहरूको दैनिकी बनेको छ । दिनभर कलेजको पढाइ, रातभरीको रेस्टुरन्टको कामको थकाइले लखतरान भएर बिहानीको २ बजे कोठामा फर्कने नेपाली विद्याथीहरू मनभित्र दन्किरहेको असन्तुष्टिको ज्वाला शान्त पार्न भान्साको भाँडाकुँडासँग रिस पोख्छन्, लात्तले हिर्काउँछन्, भुइँमा बजार्छन् । काम र पढाइको टेन्सनले गर्दा नशा नखाई निन्द्रा नलाग्ने भएको छ उनीहरूलाई ।

समयमा काम नपाएर खर्चको अभावमा कलेजलाई शुल्क तिर्न नसक्दा कतिपय विद्यार्थी अवैध बनिसकेका छन् । पढाइ र कामको बोझ दुवैलाई धान्न नसक्दा कतिपय नेपाली विद्यार्थी लागूपदार्थको दुव्र्यसनीसमेत बनेका छन् । मेहनती र जेहेन्दार विद्यार्थीले भने काम पाए पनि कलेज बाहिर काम गर्दा प्रहरीले समाप्ने डर पनि उत्तकै छ उनीहरूको मनमा । अमेरिकाको विभिन्न राज्यमा बर्सेनि लुटेराको गोली प्रहारबाट मारिने नेपाली विद्यार्थी संख्या पनि धेरै छन् अमेरिकामा । दुःख गरेर अवैध तरिकाले काम ग¥यो तर काम गरेको ठाउँमा नै लुटेराहरू लुट्न आउँछन् । प्रतिकार गर्न खोजे ठाडै मारिदिन्छन् । कुनै नेपाली विद्यार्थीको यसरी अचानक मृत्यु भएमा जीवन बिमाको अभावमा अरू नेपालीसँग चन्दा उठाएर लास नेपाल पठाउनुपर्ने बाध्यता पनि छ । अमेरिकामा नेपाल सरकारको कुनै प्रतिनिधित्व नै छैन् भन्दा फरक नपर्ला । किनकि नेपाली नियोगले अमेरिकामा आफ्नो नागरिक मारिँदा पनि कुनै प्रकारको मतलब राख्ने गरेको छैन । उनीहरूलाई त आफ्नो मासिक भत्ता र दैनिकजसो हुने जाँड पार्टीसँग मात्रै मतलब छ ।
यसरी अवैध काम गर्दै सयौं दुःख कष्ट भोगेर बल्लतल्ल पढाइ सकायो फेरि पढाई अनुसारको काम खोज्नै समस्या । पचासौं ठाउँमा आवेदन र अन्तरवार्ता दियो, जवाफ आउँछ— माफ गर्नुहोला ! तपाईं छनोटमा पर्नुभएन किनकि तपाईंसंग ग्रिनकार्ड छैन । पचासौं हजार डलर खर्च गरेर पढाइ सकायो तर काम नपाएपछि के काम ? निम्नस्तरको काम गरूँ कुन बेला लुटेराले आएर मार्ने हो वा पुलिसले समातेर लाने हो त्यसको ठेगान छैन । दुःख गरेर पढाइ सक्ने विद्यार्थीको हातमा शैक्षिक प्रमाणपत्र बाहेक केही हुँदैन यहाँ । फर्केर नेपालमै गएर केही गर्ने सोच आउँछ र नेपाल गएर के गर्ने ? हातमा फुटेको कौडी छैन । जबकि नेपालमा आफूसँगै पढेका सहपाठीहरू त्यहाँ कुनै न कुनै क्षेत्रमा स्थापित भइसकेका छन् । त्यसमाथि बिनापैसा नेपाल फर्किंदा घर–परिवारका सदस्यहरू रिसाउने डर । घरमा आमा–बुबाले यतिका वर्ष विदेश बसेको थिइस्, पैसा कति कमाइस् त भनेर सोधे भने त्यसको कुनै जवाफ छैन । फेरि छरछिमेकले पनि फलानोको छोरा–छोरी त कंगाल पो भएर नेपाल फर्केछ भनेर कुरा काट्ने डर पनि छ मनमा । अमेरिकामा बोटमा डलर फल्छ भनेर आएको तर पैसाको बोट खोज्दा खोज्दै आधा उमेर गैसकेको पत्तो हुँदैन नेपाली विद्यार्थीलाई । अपवादका रूपमा कोही कसैले राम्रो अवसर पाएको भए कुन्नि, तर अमेरिका आउने अधिकांश नेपाली विद्यार्थीको अवस्था यस्तैखाले दुःख, पीडा र विवशतामा बल्झिरहेछ ।
(विष्ट, हाल न्युयोर्कमा बसोबास गर्छन् ।)
 
Posted on 12-05-12 4:14 PM     [Snapshot: 2887]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 Ghanta jasto lekha...kaam nagari khana kaha painchha ra solti lau na bhanam :)
 
Posted on 12-05-12 4:26 PM     [Snapshot: 2899]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यी दुवै लेख छाप्ने पत्रिका, र लेखक बन्न टुपलेको ब्यक्तिको मनस्थिति अरुको  निन्दा गर्ने  - इर्स्साले गर्दा यहाँ आएर आफ्नु पिडा पोखेको छ, यो भन्दा तल्लो स्तरको ब्यक्ति र पत्रिका सायद कहिँ पनि छैन होला . यिनीहरुको हैसियेत कोस्तो हो भनेर २/ ४ ओटा भट्टी पसल चलाएर कहाँ नपुगे जस्तो गर्दै छ. 
बिना संघर्स त त्यसको बाउले नेपालको मन्त्रि भएर भर्स्त्रचार गरेको भएपो त यहाँ आएर नेपाली जनताको रगत र पसिनाले कर तिरेको पैसामा बसी बसी खान पाइन्छ, पढ्न पाइन्छ, नत्र मिहिनेत नगरी त कसरि सफल हुन्छ. धिक्कार छ तेरो लेख लाइ
 

 
Posted on 12-05-12 5:44 PM     [Snapshot: 2980]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Yo chai new york, boston tira maile ni dekheko ho. Keta keti haru 8-9 barsa dekhi undergrad mai jhundeka pani chan ra koi illegal pani bhaka chan. Tara nepal ma ramro padhne haru le bhane hya aera dherai nai ramro gareka chan. Hya dukha paeka haru jata gaye pani dukhai pauthe. Paurakhi manche ko lagi america swarga ho.
 
Posted on 12-05-12 6:53 PM     [Snapshot: 3083]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

mehenat gareko ramrai ho jaha bhaye ni, akhir kam garnu dherai sahi ho

dherai american culture ko bare ma sikincha

 



PAGE: <<  1 2  
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
NRN card pros and cons?
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
TPS To F-1 COS
TPS to F1 Status.
Nepal TPS has been Extended !!!
legal Query for married nepali girl now have taken US citizenship
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
2020 : Why No Trump !
#MAGA#FAFO is delicious
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Democrat lies revealed
Nepal TPS decision
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
TPS Sakiyo Tara Case is in Court.
Medication from Nepal to USA
Supreme Court allows Trump to end TPS for Venezuelans
ए १ पनि पुगेनछ ?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters