Pretty
Replies to this thread:
More by Pretty
What people are reading
Subscribers
Please log in to subscribe to Pretty's postings.
:: Subscribe
|
[Please view other pages to see the rest of the postings. Total posts: 627]
|
[VIEWED 324288
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
|
|
Pretty
Please log in to subscribe to Pretty's postings.
Posted on 09-13-07 2:16
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम
--चौतारी - भाग ७६ --
चौतारी: (विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ७६ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
********************************************************************** 'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ' ********************************************************************** लौ बसुम यही चौतारीमा
 सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।
Chautari (Chow-tar-ee) :
(World's first and finest internet IMPROV in Nepali language)
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland. *गोताएँदाइकोब्लग चौतारीमहोत्सव भब्यरुपमा सफल पार्दिनु हुने सम्पूर्ण चौतारीका दौंतरीलाई धन्यवाद
रोक्नसके यो दिनलाइ बहार ल्याइदिन्थे म जोख्नसके यो अंगालो,संसार उठाइदिन्थे म चकमन्न यो झरीमा बास बिसाइदिम् कि छताछुल्ल रहरभरि जिवन बिताइदिम् कि -------------------------
चौतारी समाचार को मुख्य अँशहरु: " रिकुटे गाउँ फर्कि सकेको र जिम्माला बा सहितका सबै गाउँलेहरु प्रशन्न" " चौतारीमा तीज को चहल पहल तर माष्टरनी नानि बाट दर खाने पहल नभएको" " बाँच्नु पर्छ यो आँखाले के के देख्छ बने झैँ, ठुलि को समेत फुर्सत नभएको" " माष्टरनी नानिको जिम्माल बुढालाई ठाडो धम्कि, बुढा चाइ धम्कि बढेर ओछ्यानमा" "ओछ्यान् बाटै जिम्माल बा ले माषटर्नी दिदि लाइ राजिनामा दिन धम्किसहित दवाव दिएको" "चैतारी हिरिक् महोत्सब् मा नलिखुट्टा भाचाभाच्
Last edited: 13-Sep-07 03:00 PM
|
| |
|
|
|
|
Durgesori
Please log in to subscribe to Durgesori's postings.
Posted on 09-18-07 1:01
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
नेप्चे के छ हालखबर? दाइ त कता हो कता! दार्जलिङ तिरै पो लागे कि के हो मलाइ नि तेस्तै लाग्छ ठुल्दाइले सारै कुराए
|
| |
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 09-18-07 1:04
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
होइन दुर्गे भाउजु, कुराउने मन मेरो नि थिएन। अलिकति काम नि गरे जस्तो गर्नु पर्यो। फेरि कथा नि सोच्नै पर्यो। लरकी को मामला छ। अलिकति उच निच भयो भने जुत्ता चप्पलको, अण्डा, गोलभेडा को पसल् खोल्नु पर्ने हुन्छ। भरे सम्ममा सक्छु कि? बडा समस्या छु क्या।
|
| |
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 09-18-07 1:59
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
|
|
| |
|
|
Nepal ko chora
Please log in to subscribe to Nepal ko chora's postings.
Posted on 09-18-07 2:43
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
ए रातै, अरु दिन बुलेट ट्रेन कुदे जस्तो कुद्ने हाम्रो चौतारीलाइ आज के भको? सुन्सान छ त।  गाम्ले हरु सुध्रिए को हो कि साहुले CC TV जडान गरो काम मा? हन रिट्ठे, अघी देखी टुलु टुलु के हेरेर बसी राको? ठुल्दाइ को अनुरधा कुरी रको हो?
|
| |
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 09-18-07 2:55
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
खै किन हो आज सबै जना सुस्त देखिन्छन ट्रैन पन्चर् भयो जस्तो छ
|
| |
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 09-18-07 3:16
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
हाअह्हह लोल् टिरेन् पन्चट भएर कन्चट ताते छ। तारेमाम्। खै जिम्माल बुढा कता हिडें हुन् क्या र, चौतारी सुन्य भयो।
|
| |
|
|
Nepal ko chora
Please log in to subscribe to Nepal ko chora's postings.
Posted on 09-18-07 3:28
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
निश पाटले भन्या-जिम्माल बुढा त तीज मनाउन लाइ माइती गको थे रे।  अहिले सम्म फर्केका छैनन जस्तो छ। कि त तीज को दर ले पो दुख दियो कि बुढा लाइ? बुढो भए पछी पेट नि अलि कम्जोर हुन्छ रे।
|
| |
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 09-18-07 4:24
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
टीन टीन टीन टीन टीन टीन टीन टीन टीन... घन्टी लाग्यो स्कुल छुट्टी.. हाहाहाहा.....
|
| |
|
|
parbatya
Please log in to subscribe to parbatya's postings.
Posted on 09-18-07 5:21
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
|
|
| |
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 09-18-07 5:37
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
अनुराधा! मलाई माफ गर, आज तिम्रो कथा भन्दै छु।
भाग ४
दुइ दिन सम्म स्कूल न आएकीले क्लासमा कानेखुसीको मौसम चल्यो। थरि थरिको हल्ला चल्यो। अनेकले अनेक तर्कना गरे। तर कसैले अनुराधाकै भाइलाई सोध्ने हिम्मत गरेन । अथवा भनुम्, सोध्न जरुरि मानेन। सबैले मलाई सोध्ने थाले। मलाईके थाह? म आफै त रणभुल्लमा थिएं। तेस्रो दिन पनि बाटोमा भेटिन तर स्कूल म भन्दा छिटो नै आइपुगेकी थिई। सधैं जस्तो शालिन र शान्त स्वभावमा । मास्टर् हरुले न आउनुको कारण सोध्ने नै भए। बिरामी परेको चल्ती बहाना भनी। उनले न भने नि झूठ म देखि रहेको थिएं। बिरामी भएको हुंदै होइन। हाफट्याममा मैले सोधें। " किन न आएकी भन त, सबैले सोधेर हैरान" "त्यसै" तत्कालीन र रेडिमेड उत्तर्। "म संग झूठ किन बोल्छ्यौ, सामान्य कुरा होइन। नत्र स्कूल न आउने मान्छे तिमी पक्कै होइनौ।"
हुन त म संग शायद नै कहिलेइ झुठ बोलेको थाहा थिएन। "बुबाले गाली गर्नु भयो, नराम्रो संग त्यसैले स्कूल आउन मन लागेन"
"धत्, लाटी आफ्नो बाउले गाली न गरे अर्काको बाउले गाली गर्छ त, यस्तो कुरा चित्त दिखाएर एस् एल् सी को अगाडी क्लास छुटायो कि खलास् भन्ने थाहा छैन? त्यो त मनासिब भएन नि?"
असली कुराबाट बेखबर मैले भने आफनो ओरिजिनाल् स्टालमा भनी हालें, प्याच्च। "कुरै न बुझी हावाम उडाउछौ, आफुलाई कस्तो पीर परेको बेला।" यति चड्कन खाए पछी धडकन बढ्यो। केही न केही गड्बड भए छ, पक्का। "किन गाली गरेको नि त्यसरी चित्तै दुख्ने गरी?"
"कुरा बेमज्जा को छ, तिमीलाई समेत अप्ठ्यारोमा पार्छ।" त्यसैले भन्दिन। त्यसो त यति सानै उमेरमा जिन्दगीका कठिनतम् दिनहरुलाई झेलिसकेको मान्छे म। भातको सट्टा लात खाएको मान्छे। जिन्दगीलाई उमेर भन्दा बढि बुझ्ने गर्थें। "मलाई केही अप्ठेरो पर्दैन, खुलस्त भन, म बाट गल्ती, मिस्टेक भए छ भने सुधारौला।"
""बुबाले म तिमी संग हिड्यो रे भनेर गाली गरेको" " लभ गरेर हिड्यो रे" छोरी बिग्रियो रे" "यस्तो हुंदै न भएको पाप बुबाको मनमा भरि दिएछम् कसैले। अनि चित्त दुख्दैन मेरो। आज देखि त्यो सधै हिड्ने बाटो समेत बद्लिएं मैले। अझै पनि घाउ चहराइ रहेको छ।" कुनै शिक्षकले बिद्यार्थीलाई सुनाए जस्तो लामो लेक्चर सुनें। जीवन जगतबारे स्पष्ट धारणा र ज्ञान। बुझ्ने कति होलान्। उनको अपराध थियो, असल मित्र संग संगत गर्नु, एकै दिशा, एकै टोल छिमेकका मित्र हुनु, त्यसमाथी दुबै जना आ-अफ्नो बर्गका उत्क्रिष्ठ प्रतिभाहरु हुनु?। "केटाको केटी साथी हुनै नसक्ने। भए भने लभ गरेको हुने ।" हैन भनेको बिग्रेको केटीमा गणना हुने। अजब को चलन, गजब को प्रचलन रैछ। समाजमा। अझै पनि केही कुरा भन्नु छ तिमीलाई? भोली भन्छु है। हुन्छ, आजै भने नि हुन्छ नि। आज ट्याम छैन, ट्याम मा घर पुगेन भने अर्को गाली पाउछु त्यसैले भोली हाफट्याममा। "भोलि के भन्ने हुन्, अनुराधाले " मेरो मथिंगल घुमिरह्यो। त्यो भोलीको कहिले आ उने होला भन्दै भित्ते घडी हेरि रहें, टिक टिक टिक। क्रमश:
Last edited: 18-Sep-07 05:39 PM
|
| |
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 09-18-07 7:03
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
अनुराधा भाग ४ को लागि धेरै धेरै धन्यवाद ठुल्दाइ, अब पो झन इन्टेरेस्टिङ मोड मा अैपुग्यो, सदा झै अर्को अंक को प्रतिक्ष्यामा.........
|
| |
|
|
Nepal ko chora
Please log in to subscribe to Nepal ko chora's postings.
Posted on 09-18-07 7:42
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
अनुराधा भाग ४ को लागि धेरै धेरै धन्यवाद ठुल्दाइ, कथा त अब झन इन्टेरेस्टिङ मोड मा आइ पुग्यो, सदा झै अर्को अंक को प्रतिक्ष्यामा.....
|
| |
|
|
nepalean
Please log in to subscribe to nepalean's postings.
Posted on 09-18-07 10:24
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
१-२ दिन भो चोतारीको बेग त झ्वाम्मै घटेछ ? त्यो सुन्तलेलाइ उत्तर देको खोज्दै २-३ पेजमा गको, आखिर त यही अघिल्लो पेजमा पो रैछ । सुन्तलेले कुरो ल्यायो। मिलेनियम तेही बि बल्कको छतमा मनाको हो मैले पनि । भउते सै पुल्चोक सकाको हो मैले । भउते मात्रै पातकी हो, म त सोझो छु है तर ठिकै भो अघी अघि हेर्दै जादा अनुराधा भाउजुलाइ पनि भेटे । राहुलदाइले मौका मिलाए फेरी फेरी भेट्ने आशा गर्छु, असल लाग्यो अनुराधा । यसो बेला बेलामा हाजिर गर्न आउने म कता बिर्खे दाइले के के पुरस्कार देलान भन्ने डर । आजकाल त पुरस्कार लिन पनि डर छ, पोको पारेर बम पो दिने हुन् कि ? त्यो अस्तिको कबिता ले रिसाएका रैन्छन बुडा त ? कि बुडाको सुद्दी, भुलि पो सके कि ? अनि मान्छे हराउदै गएकोले म पनि सरकारबाट बाहिरिए है , षड्यनत्रको बासना आयो मेरो नाकमा । के रे यो चौतारी आइडल कता हरायो हं , एस एम एस हाल्ने भनेको ? लु सप्पैले तेही ठमेलको पसलां चन्दा दिएर तेही पर्सान्तेलाइ जिताम , कति कुल्लि र दर्बान मात्र बन्ने इन्डियामा, कैले काही त भारतको शान पनि बनुन नेपालिहरु ।
|
| |
|
|
SurNaTal
Please log in to subscribe to SurNaTal's postings.
Posted on 09-18-07 10:31
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
लु दाइ नै पर्नु भएछ, नमस्ते गरे। नेप्चे ले भने जस्तो साहुले CCTV कि केजाति राख्यो कि सबैको। आफ्नो चाहि कुरा बेग्लै, ग्रिहकार्यले पेलेको छ। अनि दाइको के छ?
|
| |
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 09-18-07 10:38
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
तारेमाम्, नमे, सन्तले, नमे ले नि फेरि कथाको पात्र" आलु" ले जस्तै अनुराधा लाई भाउजु भन्थाने छ जस्तो छ, बर्बाद बुझे छ जस्तो छ। क्रिपया यो लिन्क् हेर्नु होला। http://sajha.com/sajha/html/openThread.cfm?forum=2&threadid=50935
|
| |
|
|
nepalean
Please log in to subscribe to nepalean's postings.
Posted on 09-18-07 11:11
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
सुन्तले ठिक छ मेरो, ग्रिहकार्य त छैन तर साहुकां के के चलाउछ सबै खबर पुग्छ, अब रमझमका नखरमाउली तेरा स्वास्नी हुन भन्यो भने साउहुले खलास भएन त ? राहुल दाइ मैले भउजु भनेर सम्बोधन गरेको अनुराधालाइ , कुनै दाइकि त स्रिमती होलिन नि? आलुको तालमा चाही लागेको होइन है ? ति लिंकका कथा त एक दिन शनिबार सप्पै सकाएर गफ लाउन नि भ्याइसकें ।
|
| |
|
|
Nepal ko chora
Please log in to subscribe to Nepal ko chora's postings.
Posted on 09-18-07 11:55
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
नमे दाइ (भाउते गुरु को सहपाठी लाइ दाइ भन्नै परो के रे), भाउते गुरु को सहपाठी, अनि डी ब्लक भने पछी "रोशन घिमिरे" लाइ चिन्नु हुन्छ? रोशन दाइ नि डी ब्लक कै बासिन्दा थे, तपाइ भन्दा १ ब्याच सिनियर होला सायद।
|
| |
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 09-19-07 12:04
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
गुट नोइट!
|
| |
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 09-19-07 6:19
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
Rahul dai balla hajur ko katha padhna payo. sabai gaamle lai namaste gare taaaaaaaaaaaaaaaaaaaaaaaaaa
|
| |
|
|
PallaGhareAntare
Please log in to subscribe to PallaGhareAntare's postings.
Posted on 09-19-07 6:31
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
याद साँचि कल्पि बस्छु छाँया संगै तडपि रन्छु आज फेरि रुन्छु म किन किन दुख्यो मुटु चर्क्यो छाति मेरो यादमा तिम्रो यादमा... जदौ बुधबारे बिहानीको।
|
| |
Please Log in! to be able to reply! If you don't have a login, please register here.
YOU CAN ALSO
IN ORDER TO POST!
Within last 90 days
| Recommended Popular Threads |
Controvertial Threads |
| Democrat wants to run election like in India. Chaos and Confusing to voters. |
| Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place |
| नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ |
| 200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year. |
| ए १ पनि पुगेनछ ? |
| नेपाली वालमार्ट चोर |
| maga got what they voted for |
| बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !! |
| मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु |
| मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे |
| Funny when Nepalis talk about Epstein and injustice |
| बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ? |
| Why Oli must go for the UML to survive? |
| नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार |
| Can we really get rid of Nepotism in the government? |
| आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर |
| How many ministries do we really need? |
| Why Prachanda seems to be the smartest of them all? |
| When will Nepali women be equal? |
| When will the culture of impunity end? |
|
|
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.
|