[Show all top banners]

Deep
Replies to this thread:

More by Deep
What people are reading
Subscribers
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 आमन्त्रण

[Please view other pages to see the rest of the postings. Total posts: 275]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 NEXT PAGE
[VIEWED 183506 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 14 pages, View Last 20 replies.
Posted on 10-24-07 11:04 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आमन्त्रण

 

कुरा ति दिनहरुका हुन जति बेला म १० कक्षाको बिट मार्दै थिएँ।

दिउँसो तिर ट्वाक आयो घरमा। छुट्टीको दिन थ्यो भात गोदेर ओछ्यानमा एक राउन्ड सुत्दीम कि भन्दै ढल्कीरा थेँ उ आईपुग्यो।

"दीप्, ल हिन" भन्यो आउना साथ। हातमा एक चाङ्ग निम्ता देखेर थाहै जस्तो थ्यो तैपनि "काँ?" भन्या त्यै चाङ्ग बोकेको उस्को दाइने हात अलिकति उठाउँदै भन्यो "निम्ता बाँडन"।

ट्वाकको दिदीको ब्या आउँदै थ्यो। त्यो निम्ता बाँडने काम झर्को चै झर्को लाग्दै हो तर त्यति निरस पनि थिएन। निरस र सरस गन्तब्यले टुङ्गो लाउथ्यो। त्यसैले एउटा आश नजानिदो किसिमले धडकन सँगै मिसिएर प्रतिपल चम्किन्थ्यो।

म हिँने उ सँग। धेरै तिर बरालिइयो--निम्ता बाँडियो-- धेरै निम्ता बाँड्नुथ्यो एउटा घर बाट अर्को घर पुग्दा समय निकै खर्च हुने। त्यसो समय खर्च गरेर पुग्यो ट्वाकको त काम हुने मेरो नहुने। पुग्या घराँ तरुनीहरु नभए पछि मेरो के काम भो? अघि धडकन सँगै चम्किने भन्या आशले धेरै निरासाको चडकन् भेट्यो त्यो दिउँसो।

ट्वाकलाई "तेरो जुन जुन नातेदारहरु कहाँ छन सुन्दरताको सिहासनमा बिराजमान केटीहरु उतै उतै हिन न -- रक्सी नभाको भट्टीमा कति जानु? दिक्कै लाग्ने" भन्न पनि भएन तर मन मनमा त भनी रहेँ। के को आस गरेर हिन्या के आइलाग्यो भन्दै घर घर ट्वाक सँग सँगै नमस्ते गर्दै धेरै हिनियो। पछि त थकाई पनि लाग्यो, भोक जस्तो पनि अनि तरुनीको आश प्यास नै भए पछी मैले ट्वाकलाई भनें "ल अब डाईट ख्वा त --"

हामी जय बागेस्वरीबाट लामपोखरी हुँदै चाबेल तिर आउँदै थिम। उस्ले "ल हुन्छ म ख्वाउँछु भन्यो"। राम्रै लाग्यो।

"अब कति ठाम बाँकि छ तेरो?" भन्या "छन त छ अझै तर अब आज यै एउटा फुपुका जानी अनि पुग्यो" भन्यो।

"तेरो फुपुको नी घर ह्याँ हो र? तेरो फुपुहरु त उता थापाथली-कुरियागाउँ तिर र डिल्लिबजारमा हैन र?" मैले सोधें। म गाको छु उस्का ती फुपुहरु कहाँ।

"ह्याँ चै मेरो बाउको फुपु के -- बाउले फुपु भन्या हाम्ले पनि फुपु अब" भन्यो।

डाईट खाएर जाने होला फुपुकाँ भन्या  त गणेशथान आउनु अघि नै देब्रे पट्टीको एउटा घराँ लाग्यो ट्वाक।

"ए, डाईट भन्या खै त?" मैले फेरी भास भुस पार्ला भनेर सम्झाएँ।

"ख्वाउँछु भन्या अहिले -- पैले हिन्न ह्याँ काम सक्काउँ --" भन्छ ट्वाक चै।

"बोरै भै सक्यो लरखरिदा लर्खरिदा" मैले मेरो दिक्क सुनाएँ।

"ह्याँ बोर हुन्न तँलाई-- ल हिन" भन्यो।

"यो लास्ट स्ट्प हो?" मैले सोधें उस्ले "हो हो" भन्यो।

गैयो भित्र। ठोकियो नमस्ते। बसियो बैठक कोठामा। थकित ज्यानलाई केही राहत भो।

"खै त फुपु?" ट्वाकले सोध्यो त्याँ हामी सँगै बैठकमा बस्या आन्टीलाई--फुपुकी बुहारी हुन क्यारे।

"उता नरेन्द्रदाई काँ -- आउने बेला पनि भयो होला अब त" सुनाईन आन्टीले। अंकल भनाउँदा पनि आए। ट्वाक सँग भलाकुसारी भो। ब्याको कुरा गर्न थाले। आफुलाई चै भोक लागी रा बेलाँ झर्को लाग्न थाल्यो।

ट्वाकको दिदीको ब्याको कुरा त नातेदाराहरुलाई था नभाको हैन--निम्ता त एउटा औपचारीकता मात्रै थ्यो।

"ए, महेन्द्रदाई" घर बाहीर बाट कुन चै ले बोलायो यसो झ्याल तिर बाट बाहीर हेर्दै अंकल चै "एकै छिन है म आईहाल्छु" भनेर हिने।

मैले ट्वाकलाई "ल हिन, अब" भन्ने संकेत स्वरुप कुहिनाले ठ्याक्क हानें।

उस्ले तत्काल आन्टी तिर हेरेर भन्यो  "आन्टी, भोक लाग्यो -- खाजा खाम न"।

अघोरी ट्वाकले त्याँ पो ख्वाउने भो डाईट। झन हुटेलाँ म:म: तिर डल्याम्ला भन्या त -- म:म: सम्झिने बित्तिकै मुखमा पानी आयो --त्यै म:म: पानी निलेर बस्नु पर्यो। ट्वाक मेरो वाकयुद्ध्मा पर्ने निश्चित थ्यो त्याँ बाट निस्के पछी।

"लछ्मी --लछ्मी" भन्दै आन्टी कराईन। एकै छिनमा घुर्मैलो धोती लाकि एउटी अँधबैसे आईमाई फुङग उड्या अनुहार लिएर ढोका नेर आईन।

"जाउ त खाजा बनाएर ल्याउ" आन्टीको आदेश गुन्जियो। लछ्मी तर चटपटाईनन्।

यत्तिकैमा एउटी सुन्दरताको पन्चाङ्ग अग्नीमा जाज्वल्य हुँदी एउटी तरुनी मन्द मुस्कान साथ कोठा भित्र छीरी।

ट्वाकलाई मुलत: शब्दले, अनि मलाई आँखाले अभिबादन गरे जस्तो लाग्यो। ट्वाकले अघि ह्याँ बोर हुन्न भन्या झट्ट सम्झें हो रे छ भन्ने लाग्यो। ट्वाक प्रतिको द्वेस हरायो। बरु आभारी भएँ। म:म को तल तल पनि हरायो।

उ ट्वाक सँग भलाकुसारी गर्दै थिई -- लछ्मी चटनपटाको देखेर आन्टी आफैं उठीन र बाहीरीइन, लछ्मी पछी लागिन। उनीहरु जानु के थियो मैले मेरा आँखाहरुलाई ट्वाक सँग कुरा गर्दी त्यो ठीटीका अमृतरसले भरीएका झै लाग्ने र रस टप्केलान कि झै देखीने अधरहरुमा डुबुल्की मार्न निर्बाध छोडी दिएँ।

उस्ले म तिर हरेक पल्ट हेर्दा मेरा नयनले उस्कालाई अभिनन्दन गरेकै हुन्थें। ति आँखाहरुमा कौतुहलता म पढ्न सक्थें। 

ट्वाकले न त मलाई उ चिनायो न नै उस्लाई म। तर त्यै आन्टीकी छोरी भाको मैले बुझिसकेको थिएँ।

एकै छिनमा चाउचाउ, चिया, र पानी आयो किस्तीमा। लछ्मीले बोकेर ल्याईन -- आन्टी पनि पछी लागेर छिरिन कोठामा। बाताबरण फेरीयो। लछ्मीले हामी अघिको टेबलमा खानेकुरा राखेर फर्किन। "ए कत्ति छेउमा राखेको" त भन्दै थिईन आन्टी लछ्मी सुरु सुरु निस्किन कोठाबाट। लछ्मी रीसाकि हुन कि कान नसुन्ने मैले बुझिन।

नवतरुनी चै ले किस्ती मिलाउने भै। तातो चाउचाउको कचौरामा के गरेर हात लाई कुन्नी उस्ले, तातोले चिलेछ उस्को त्यो कोमल हात। चिल्नु के थ्यो उस्को हात बिच्की हाल्यो-- बिच्केको हातले चियामा दनक दिएछ अनि पानीको गीलासमा पनि -- घोप्टी हाले कप र गिलास --पानी र तातो च्या ज्यानमा आईलाग्यो -- पानीको त केई भएन च्याले  त डामी हाल्यो। जर्याक जुरुक  उठियो। आत्था आत्था भन्दै कराउन पनि भएन पोल्न छोडेको पनि छैन।

"ए, पोल्यो कि के हो?" भन्छीन आन्टी चै। नपोलेर अन्त के भयो त?

"के गरेर, घोप्ट्याई यस्ले -- एउटा काम ठिक सँग गर्नु छैन" आन्टी छोरी तिर लागिन।

केटी पनि एक छिन त स्त्बध भाकि थिई पछि त उल्टो हाँस्न थालि। आन्टी कराउँदै थिईन। मेरै जत्तिको बिजोग थिएन ट्वाकको -- उस्लाई पानीले धेर च्याले कम भेटेछ।

लछ्मी लछ्मी तिन चार चोटी भने पछी लछ्मी आईन।  सबै घोप्ट्या देखेर हिनीन। एक छिन पछी रुमाल बोकेर फर्केको देखें।

केटी चैं म तिर मुस्कान साथ हेरेर "सरी ---म फेरी ल्याउछु च्या र चाउचाउ" भन्छे बा।

मैले कोठामा को को छन बिचारै नगरी भनें तर नरिसाईकन "फेरी ल्याउँछु रे? किन? फेरी घोप्टयाउन? भैगो पुग्यो आजलाई।"

आन्टी हाँसीन, उ हाँसी, ट्वाकको अनुहारमा पनि हलुका हाँसो थ्यो। लछ्मी ढलेका भाँडा उठाई होरी रुमालले पोखीएको सोस्तै, उठाउँदै थिइन। उनलाई हाँसोले छोएको थिएन।

पछी हिन्ने बेलामा ठीटी बाहीर सम्म पुर्याउन आई -- फेरी "सरी" भनी अनि निस्किदा निस्किदै ट्वाक भएको मतलबै नगरी म तिर उही घातक नजरमा "उफ"को सकस, अनि उही मादक अधरमा मुस्कानको बकस सार्दै भनी "पर्सी मङ्गलबार गणेशथान आउने त होला नी?" ----

 


 
Posted on 11-30-07 8:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


Deep Bro: You are a very talented person. I would pay to read your stories... Trust me you have it on you...

 
Posted on 11-30-07 9:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तिमी त साह्रै गनौने बोको पो रहेछौ त हो! हामी कुरान देको देकै त्यै कुरी रा बेला कोई अरु नै तरुनी आए भने घुरान पनि देकै हो
 
Posted on 11-30-07 11:07 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


दीप, धेरै उत्कृष्ट लेखाइ, काल्पनिक हो त थाहा थियो तर पढुन्जेल कहिले पनि काल्पनिक जस्तो गरिएन, हरेक पात्रहरुमा आफ्नु टोल को दाइहरुको प्रतिबिम्भ पाएँ, आफ्नै टोल्मा हरायँ, टिप्पणी राख्न पनि रमाइलो लाग्यो, आशा छ अरु पनि पढ्न पाइयोस।

 
Posted on 11-30-07 12:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Deep ji.. yo ta sarai bhayena.. bus stop nai nbhaa thaun maa lagera gaadi rokyaa jasto bho.. ajhai jaaos na prabho..
 
Posted on 11-30-07 12:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Deep... so many unanswered quests. please...continue. we are pleading!
 
Posted on 11-30-07 2:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सिद्द्यो र भन्या? हैन होला, अझै बाँकी छ होला सोचुम न दिप गुरु, ए दिल साँच्चिकै मागे मोर!


साँच्ची आमन्त्रण पढेर मजा आयो, बान्ङेको फ्यानहरुको सन्ख्या पक्कै पनि बढ्यो होला।

हामि नि स्कूल्मा छँदा 'दाइ भन्छु' भन्ने थेगो खुब युज गर्थ्यौ। मेरो एउटा साथि थ्यो फाइब सिक्क्स तिर, त्यसलाइ 'दाइ भन्छु' भन्यो भने जे गर्न नि तयार। चुङ्गि र टि टि खेल्न स्कूल चाँडो गइन्थ्यो अनि त्यो साथिलाइ चाइ 'दाइ भन्छु' भनेर घरमा नगरेको होमवर्क गर्न लगाइन्थ्यो। खै आजकल कता छ होला त्यो मारोगि, त्यसपछि त स्कूल नै दुइटा चेन्ज गरियो।


अनि कलेजमा एउटा टिचरको नाम साथिहरुले पातकि राखेछन्। मलाइ त्यतिबेला पातकि भनेको के हो  मिनिङ था' थेन, मैले चाइ त्यो सरको सरनेम पातकी होला भन्ठानेको, तै पछी एकदिन क्लास बन्क  गरेर टि टि खेलिराखेको बेला एकजना मिसले कसको क्लास हो अइले भनेर सोध्दा मैले पातकी सरको भन्दा क्या गाली खाइयो, अनी था' भो पातकी भन्या नराम्रो शब्द भनेर। तेस्तइ थे त्यतिबेलाका दिनहरु केटा अघोरीहरु पनि क्लासिक क्लासिक नाम राख्थे टिचरहरुको सुन्दै कानमा बाजा बज्ने।


पुराना दिनहरुको याद ताजा गराइदिनु भएकोमा दिप जिलाई फेरी पनि धन्यवाद र छिट्टै अरु महात्म्यहरु पनि पढ्न पाइने छ भन्ने आसा छ।


 
Posted on 11-30-07 2:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दीपज्यू,

पहिले देखि नै तपाइँका कथाहरु/संस्मरणहरु/रचनाहरु/लेखहरु जे नाम दिनुहुन्छ, पछ्याउँदै आएको छु। पारम्परीक र चलनचल्तिको नेपाली कथालेखनको मुलधारबाट पृथक किसिमको तपाइँको रचनाले माथि कसैले भने जस्तै नयाँ किसिमको नेपाली कथा लेखनको इतिहास सुरु गर्ने सामर्थ्य राख्छ मेरो हेराइमा। कथाको पात्र, परिस्थिती र सम्वाद यति सम्म सजीव लाग्यो कि मानौँ म एक पाठकको रुपमा तपाइँको कुनै पात्र बन्दैछु वा कथामै कतै प्रत्येक पल उभिइराखेको छु। यो बहावलाई निरन्तरता दिनुहोस अझ निखारिँदै जान्छ, फैलिँदै जान्छ र यो नौलो स्वादको लेखाई एक स्थापित साहित्यिक पकवान बन्ने छ। मेरो शुभकामना छ।


 
Posted on 11-30-07 2:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो चै दिपिकालाइ ---

 

टोलका दाइहरु के के गर्दा रेछन, टोलका बहिनीहरुलाइ कस्तरी कुरान दिदा रेछन घुरान दिदा रेछन पर्या बेलाँ छिमेकि टोलका दाइहरुसित कस्तरी घारघुर गर्दा रेछन - एकसरो पढियो ।

 

अब टोलका बहिनीहरुले दाइहरुलाइ कस्तरी लुकि लुकि हेरान दिदा रेछन,  मौका पर्या बेलाँ कस्तरी वचन हान्दा रेछन,   दाइहरुको लागि संगिहरुसित कस्तरी डाह गर्दा रेछन  - यस्सो मेसो मिला'र लेखम न दिपिका ज्यो  । दिपलाइ मात्तै कत्ति पेल्न लाउनि ? पालो फेर्न परो नि ।


 
Posted on 11-30-07 2:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


 यो के सुन्नु पर्या यस्तो CT. ज्यू,  अब दाइहरुले हामीलाई भन्थे अनी थाहा हुन्थ्यो त, हामीहरु कहाँ बाट दाइहरुलाई लुकी लुकी हेर्नुनी, यस्तो आरोप त नलगाउँ न हामीलाई
Last edited: 30-Nov-07 02:58 PM
Last edited: 30-Nov-07 02:59 PM

 
Posted on 11-30-07 3:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दाइहरु = दाइका साथीहरु


 
Posted on 11-30-07 3:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


के नै फरक छ र? हात्ती कि हात्ती छाप चप्पल

 
Posted on 11-30-07 3:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सार्है हसाये मारोगीह्रुले। ध्रोधर्म र्माईलो लाग्यो।
 
Posted on 11-30-07 3:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Everything was fantastic except for the ending. I couldn't ingest that the story ended just like that. However, I must acknowledge that it was one of the best stories I have ever read. Som ko lekhan harip chha la! Bidyanas!!  


 
Posted on 12-02-07 1:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आमन्त्रण एउटा जिवन यात्रा जस्तै बन्दैथ्यो मेरो लागि। निरन्तरता दिईरहन जति मन लागे पनि रहर र यथार्थ जुध्ने परीस्थिती तिर म पुग्दै थिएँ। अत: मैले आमन्त्रण बिसाएको हुँ। सकियो त भनेको छैन। हो, अहिलेको बिश्राम सामान्य नभै हठात अनि दबाबमा परेको झै देखिन्छ। बिश्रामलाई लिएर यस्तै बिचारहरु पोख्ने सबै प्रति म पनि सहमत छु। यी अहिलेका केही दिनहरु र आउने खै कति अरु दिनहरु हुन एक जमात भएर मलाई नितान्त त नभनौ तर नौलो चुनौतीको घेरा तर्फ मेरा सिमाहरु कोर्न थालेको मैले देखेको छु। यो नौलो चुनौतीमा मेरो भुमीका परीभाषित गर्नु मेरो तत्कलिन अभ्यास हुन पुगेको छ।  यसै स्थितीलाई ध्यानमा राखेर मैले आमन्त्रणलाई रोकेको हुँ।

 फेरी अघि बढ्न त के छ र --

"मैले सकेसम्म स्वर सोझ्याउँदै भने "उता आमन्त्रण छ आज" -- आँखा भने आफ्नो खोल्नै गारो हुँदै थ्यो।"-- सम्म त पुगेकै छ त्यसमा ---

"तै पनि जसो तसो बांग्गेको घरबाट निस्केर म बिहे घर तिर लागें --" भन्दै क्रमका खुडकिलाहरु चढ्न सार्है गार्हो त परोईन।

जे होस, म सानो मौका मिलाएर अहिले मौन र ब्यक्त दुबै खेमामा रहेका आमन्त्रणका पाठकहरुलाई एक पटक फेरी खर्चिएका समयको लागि हार्दिक धन्यबाद अर्पण गरौं भनेर उपस्थित भएको हुँ।  अब बिदाको पनि निबेदन पनि गरीहाल्छु।

साथिहरुको जिवन सुखद रहोस।

 
Posted on 12-02-07 2:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

I enjoyed reading every bits.

Deepjee, there must be some name calling in your regards too. All your friends have names like Bange, Twaak, Supari etc. How could you only be a sacred cow.

It's goin great.

 


 
Posted on 12-03-07 11:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दिप ब्रो..प्रशंसाका निम्ति उपयुक्त शब्द मसँग छैन !तपाइका लेखाइको म भक्त त छँदै थियँ तर अब महाभक्त हुने सुरमा पुगेँ !
आगामि दिनमा यहाँका सृजनाहरु पढ्न पाइयोस यस्तै मौलिकताकाहरुले भरियका !!!

महाभक्त
स्याटेलाइट-


 
Posted on 12-03-07 11:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दिपजी,

म त हजुरको लेखाइको प्रसंशक नै हु। निकै मनपर्छ हजुरको कथाहरु । हुनत कथाको प्रसंग   नारीपात्र(तरुनी)लाइ लखेट्ने भन्दा अर्को  देख्या छैन ?

 अरु पनि जाओस न त चाडै यो सकिएको भए। इन्द्रेणी जस्तै --कसैले आगमनको सूचना दिएको भए..

 


 
Posted on 12-04-07 11:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दीप  अन्तिम मा  ट्वाट संग टुंगाइदेको  कहानीलाइ ?

 मैले हेर्नु भन्दा पहिले नै  'गेट लस्ट' भैसक्या रहेछ । अरु पनि जाओस ,  अन्त दाइको साथी  'दाई' भन्छु क्या 


 
Posted on 12-05-07 7:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बल्ल पढियो दीपजीको कथा पूरा! क्या छ! जति पढेपनि फेरि पढीरहन मन लाग्नी!

हुनत दीपजीले कथालाई पछि बढाउन पनि सक्छु भन्नुभएको छ, तर मलाई भने यतिखेरको अन्त्यनै ठीक लागेको छ। यहाँबाट घटनाक्रमहरुलाई फेरि बिहेतिरै तानियो भने धेरै नमिल्दा कुराहरु आउन सक्छन्। त्यसैले बाँकी कुराहरु पाठकहरुलाईनै सोच्न बाध्य बनाएर यहीं टुंग्याउनु राम्रो होला जस्तो लाग्छ।

 दीपजीजस्तो प्रखर कथावाचकलाई फेरि एकचोटि सलाम!

अरु कथाहरु पनि चाँड्चाँडै पढ्न पाईयोस्।


 
Posted on 12-05-07 9:16 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ब्यस्तताका बाबजुत पनि दीप ज्युको कथा "आमन्त्रण" पढेको हो । कमेन्ट लेख्न मात्र कन्ज्युस्याइ गरेको हो ।
मलाइ त सार्है नै इर्स्या लाग्यो धारा प्रबाहरुपमा कथा बगेको देख्दा । अत्यन्तै राम्रो र प्रिथक (तल्लो रेफ लेख्ननै आउदैन, कसैलाइ अौछ भने कसरि हो येसो सिकाइ दिम्न है) लाग्यो । प्राएजसो क्रमश: पछि कथा कता जाला भन्ने लागिरहन्थ्यो । सार्है नै राम्रो । पछि नयाँ नयाँ कथाहरु अबस्य पनि पाइने छ भन्ने आशा छ तर बाङ्गे चाँही न छुटोस् है ।
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
NRN card pros and cons?
TPS To F-1 COS
Nepal TPS has been Extended !!!
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
Please ask KRISTI NOEM in her facebook and other social media to renew TPS
Supreme Court allows Trump to end TPS for Venezuelans
Nepal TPS decision
TPS to F1 Status.
legal Query for married nepali girl now have taken US citizenship
ए १ पनि पुगेनछ ?
Trump’s “Big Beautiful Bill” is straight-up xenophobic class warfare. Let’s call it what it is.
2020 : Why No Trump !
Business Ideas in Nepal?
A legit Non-Profit organization "United For TPS Nepal "
Leave messages on US congressman's facebook to support TPS
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters