[Show all top banners]

npsmarties

More by npsmarties
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 जो चोर उसैको ठूलो स्वर !
[VIEWED 5845 TIMES]
SAVE! for ease of future access.
Posted on 07-20-08 9:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जनमोर्चा नेपाल सहति मधेशका दुईवटा दललाई समर्थनमा लिएर राष्ट्रपतिको चुनाव जित्ने सुरसारमा लाग्दा उ दगं थियो ।  उपराष्ट्रपतिमा पाएको हार अनी आफ्नो राष्ट्रपतिको विजोगपछि बल्ल उसको चेत खुलेको देखिन्छ । तर सधै आफुलाइ बलशाली देख्ने माओवादी आफु कत्तिको निरिह रहेछु भन्ने यर्थाथ थाहा पाएपछि भर्खर मानसिक अस्पतालवाट निस्कीएको विरामी झै र्बबराउन थालेको छ ।

श्रीधर सुबेदी
देशको राष्ट्रपति अब कांग्रेसको पोल्टामा जाने निश्चित भएपछि माओवादीको चुइचुइ सुनिन थालेको छ । अब रामराजा िसंह राष्ट्रपतिमा नजिते सरकारमा नजाने ती दलको गठबन्धन अप्राकृतिक र अपवित्र भएको जस्ता मुसा स्वरमा उनीहरु चिच्याउने प्रयास गरिरहेका छन । सबैका अगाडि एमालेसंग सहमति गरेर पछि लात्ति हान्ने माओवादी अहिले भनिरहेको छ-हामीले धोका दिएका हैनौ ।

राष्ट्रपतिको निर्वाचनमा अहिले माओवादीको साथमा तराइ मधेस लोकतान्त्रीक पार्टी र सदभावना पार्टी मात्र रहेका छन । तर यो चै गठबन्धन हैन रे । केवल कांग्रेस एमाले र मधेसी जनअधिकार फोरम मिल्नु मात्र गठबन्धन हो रे ।

राजनीतिमा इमान्दारीता सबैभन्दा महत्वपुर्ण अस्त्र हो । एमालेका नेता माधव नेपाललाई राष्ट्रपतिमा हुन्छ भनेर भोलिपल्टै धोका दिएर माओवादीले धोकाको राजनीति शुरु गरेपछि बल्ल एमाले कांग्रेस र फोरमको गठबन्धन निर्माण भएको हो । एमालेलाइ लात हान्ने काम माओवादीले गर्यो तर अहिले भन्छ- कांग्रेस एमाले र मधेशी जनअधिकार फोरमको गठबन्धनलाई अप्राकृतिक छ । माओवादी अझै भ्रममा छ-उसले जे गरेपनि प्राकृतिक अरुले जे गरेपनि अप्राकृतिक । अचम्मको विष्लेशण छ उ संग ।

जनमोर्चा नेपाल सहति मधेशका दुईवटा दललाई समर्थनमा लिएर राष्ट्रपतिको चुनाव जित्ने सुरसारमा लाग्दा उ दगं थियो ।  उपराष्ट्रपतिमा पाएको हार अनी आफ्नो राष्ट्रपतिको विजोगपछि बल्ल उसको चेत खुलेको देखिन्छ । तर सधै आफुलाइ बलशाली देख्ने माओवादी आफु कत्तिको निरिह रहेछु भन्ने यर्थाथ थाहा पाएपछि भर्खर मानसिक अस्पतालवाट निस्कीएको विरामी झै र्बबराउन थालेको छ ।

सबैलाइ थाहा छ जे भइरहेको छ ठिक भएको छैन । उपराष्ट्रपतिमा भ्रष्टाचारी चयन भएकोमा पक्कै नेपाली जनता खुसी छैनन नै । तरयसको मुल कारक माओवादी नै हो भन्नेमा कसैमा भ्रम पक्कै छैन ।

सहमति र सहकार्यको राजनीति विगार्ने माओवादी नै हो । संविधान सभामा सबैभन्दा ठुलो दल भएको आधारमा पहिलो पद रोज्ने अधिकार माओवादीको नै हो । तर माओवादीले राष्ट्रपति हैन प्रधानमन्त्री रोज्यो । त्यसपछिको रोजाइ दोस्रो ठुलो दल कांग्रेसको हुनुपर्नेमा माओवादी र एमालेले गेम शुरु गरेर दोस्रो दललाई माइनस गर्ने खेल खेले । अहिले जुन राजनीतिक धु्रविकरण भएको छ यसको पहिलो कारण दोस्रो दललाइ लात हानेर अगाडि बढ्ने सहमति विपरितको राजनीतिका कारण नै हो । सहमति विपरितको खेलको शुरुवात गर्ने जो हो अहिले उही जो चोर उसैको ठुलो स्वर झै कराइरहेको छ ।

अब द्धन्द्धको रुपान्तरण र शान्ति प्रकृया नै गम्भिर अवस्थामा पुग्यो रे राष्ट्र संकटको भुमरिमा फस्यो रे । क्या गजव लाग्छ माओवादीका राजनीतिक भाषा सुन्दा । उसले गरे जे पनि ठिक अरुले त्यहि गरे बेठिक ।

तरपनि प्रमुख तिन दल सहमतिमा आउनु आजको आवश्यकता भने हो । कारण यो संविधान सभाको पहिलो म्याण्डेड भनेको नयां संविधानको निर्माण हो । जसका लागि २ तिहाइ बहुमतको आवश्यकात पर्छ । कांग्रेस एमाले एकतातिर माओवादी अर्कोतिर भएसम्म नयां संविधान पाउने आशै नगरेहुन्छ । त्यसैले यसरी नै सहमतिय राजनीति पूर्णतया टुट्यो भने त्यसको पहिलो र मूख्य सिकार नेपालको संविधानसभा शान्ति प्रकि्रया हुनेछ । सधै वार्गेनिङ्गको राजनीतिमा विश्वास गर्ने मधेसी दलले सधै कांग्रेस एमालेलाइ साथ दिन्छन भन्नेपनि छैन । त्यसैले अब प्रमुख दलहरुबीच एकले अर्कोलाई आरोप प्रत्यारोप गर्नुको साटो राष्ट्रपतिमा सहज रुपमा डा रामवरण्लाई स्विकार गरी माओवादीले नयां राजनीतिक समिकरणको बाटो खुल्ला गर्नुपर्छ नै । कारण असहमतिको राजनीतिको प्रारम्भ उसैले गरेको थियो ।
-लेखक मलेसियावाट प्रकाशित श्रीअभिलेख साप्ताहिकका कार्यकारी सम्पादक हुन ।

Source : http://www.hamroblog.com/?p=427#more-427


 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
NRN card pros and cons?
TPS To F-1 COS
Nepal TPS has been Extended !!!
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
Please ask KRISTI NOEM in her facebook and other social media to renew TPS
Supreme Court allows Trump to end TPS for Venezuelans
Nepal TPS decision
TPS to F1 Status.
legal Query for married nepali girl now have taken US citizenship
ए १ पनि पुगेनछ ?
Trump’s “Big Beautiful Bill” is straight-up xenophobic class warfare. Let’s call it what it is.
2020 : Why No Trump !
Business Ideas in Nepal?
A legit Non-Profit organization "United For TPS Nepal "
Leave messages on US congressman's facebook to support TPS
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters