[Show all top banners]

sprakashp
Replies to this thread:

More by sprakashp
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 1]

sprakashp
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 अद्भुत यथार्थ !

[Please view other pages to see the rest of the postings. Total posts: 27]
PAGE: <<  1 2  
[VIEWED 22553 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 2 pages, go to PAGE 1.

This page is only showing last 20 replies
Posted on 01-09-07 6:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अद्भुत यथार्थ !

शिव प्रकाश (हरैंचा, मोरङ) जनवरी ९

म जे सोच्छु
त्यो हुदैन
जे हुन्छ
त्यो मैले सोचेकै हुन्न !

म जे चाहन्छु
त्यो पाउन्न
जे पाउँछु
त्यो मैले चाहेकै हुन्न !

म जे खोज्छु
त्यो भेटिन्न
जे भेट्छु
त्यो मैले खोजेकै हुन्न !

म जे देख्छु
त्यो हेर्न चाहन्न
म जे हेर्न चाहन्छु
त्यो म देख्दै देख्दिन !

म मान्छेभित्र
सधैं मान्छे खोज्छु
तर मैले खोजेका मान्छे
अहिलेसम्म पाउँदै पाइँन !

हाल : बोष्टन, अमेरिका
 
The postings in this thread span 2 pages, go to PAGE 1.

This page is only showing last 20 replies
Posted on 01-10-07 11:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खुट्टा अनि जुत्ता को कुरा गर्दा अलि चित्त बुझेन कि? मलाई त तेति साहै भन्न अलि मन लाग्दैन, आखिर् हामि सबै मानिस् नै हौ होइन र?
 
Posted on 01-11-07 12:08 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यान्द्रो

चाहे त्यो धागो को होस
चाहे त्यो माया को होस
चाहे त्यो आसा को होस
चाहे त्यो लछ्य को होस
चाहे त्यो पराल को होस

आखिर त्यान्द्रो त त्यान्द्रो नै हो
न हामि त्यसमा केहि नै गर्न सक्छौ
न त कसैलाई अर्थाउन नै सक्छौ
सक्छौ त केबल पर्खनु अनि मात्र पर्खनु
 
Posted on 01-11-07 9:19 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

शिव प्रकाशजिको साहित्यिक् चौतारिमा म पनि एउटा भारि बिसाउन आइपुगेको छु।शिवजि,राहुलदाइ हरुको अगाडि मेरो प्रयाशलाइ पस्कु कि नपस्कुँ।

अनि शिव प्रकाशजिको

खुट्टाभए जुत्ता हजार
भन्ने कुरा बिर्सिए झैं लाग्छ

कुरो चाहिँ पचाउन मलाइ पनि गरो भो है।



क ख ग घ गर्दै कोरेको त्यो कालो पाटिलाइ
बिर्सेको छैन मैले
ए,बि,सि,डि भन्दै दौडेको त्यो धुलोलाइ
बिर्सेको छैन मैले
त्यो गाउँको छानो अनि,चामलको मानोलाइ
बिर्सेको छैन मैले
ठुलाको आदर,सानालाइ माया भन्ने मेरो गुरुलाइ
बिर्सेको छैन मैले
क्रन्तिको त्यो उद्ग्घोश्,अनि सडकको गुन्जनलाइ
बिर्सेको छैन मैले


तर आज खोइ
मेरो कालो पाटि हरायो कि
म दौडेको धुलो उड्यो कि
मेरो गुरुको आवाज सुक्यो कि
क्रान्तिको बाटो बद्ल्योकि

नबिर्सेका सबैकुरा हराए झै लाग्छ
जिन्दगिले आफै बाटो बिराए झै लाग्छ
किन किन कहिं केहि हराएँ झै लाग्छ
सरलताले आझ यहाँ मुन्टो घुमाए झैँ लाग्छ
 
Posted on 01-11-07 11:01 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"म मान्छेभित्र
सधैं मान्छे खोज्छु"

लाख रुपियाँको कुरा!! :)
 
Posted on 01-11-07 11:41 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पचाइदिउनलाइ त यहा
हजमोला नै चाहिन्छ
कति मात्र पचाउनु र?
त्यो भन्दा पहिले एउटो
हजमोला अट्ने मुख चाहिन्छ
नाप्दा नाप्दापिन गड्ला नि फेरी
जुत्ता हेर्ने होस चाहिन्छ
केवल 'ऊखान'को कुरो होला त्यो
बुझिदिने मन चाहिन्छ
लौ जा :)
बिर्खे माइला मेरो गनथन कति रुप्पेको ??:D
 
Posted on 01-11-07 11:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पचाउनकै लागि पचाउन त पचाइदिउलाँ म
हाजमोला नै किन चाहियो र
मिसले नै बुझ्ने मन को कुरा गरे पछि
नबुझेर पनि कहाँ पाइयो र


हे हे
 
Posted on 01-11-07 2:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बुझ्नेलाई यो कुरो गहिरो छ
नबुझ्नेलाई घरमुनी पहिरो छ
चिन्डे मित्र त्यो चित्त नदुखाउ
मनको घाउ अब त नलुकाउ
ख्याल ठट्टा रमाइलो गरौ‌ है
गल्ती भए माफ त गर है
नानु तिमी नदुखाउ दिल त्यो
साहित्यमा धोचपेच हुन्छ हो
कुरा तिम्ले बुझेकै छो नि
हास्यब्यंग यस्तैले बन्छ नि
नानु अब रिसानी माफ होस्
मीस जस्तो भावना साफ होस्
बिर्खेमाइलाले कुरा त बुझेछन्
अनि उनले लाख रुपिया भाकेछन्
हाम्री मीश, नानू र विर्खे
विवश, चिण्डे, राहूलभाइ
धन्यवाद छ, लौ सबैलाई ।

शिव प्रकाश
 
Posted on 01-11-07 3:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिसाएर ठुलो यहाँ को पो भा छ र
शिव को प्रकाषमा नझुम्ने को छ र
खुट्टा बिनाको जुत्ता कस्ले पो लाछ र
नराम्रो सोच्नु भएन,उखान कोर्दैमi के पो भ छ र
 
Posted on 01-11-07 3:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खुट्टा र जुत्ता को कुरा उठ्यो, मेरो मस्तिष्कमा बालक बेला लेखेको कबिता याद आयो ।
खुट्टा हुनेको जुत्ता भएन
जुत्ता हुनेको खुट्टा भएन
यस्तै बेमेलको मेल रहेछ जिन्दगि
जीवनको बान्कि बुट्टा भएन।

(कक्षा १० मा लेखेको, २०३९ सालमा, बालकै सम्झेर बुझि, सम्झि दिनु होला)
 
Posted on 01-11-07 3:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यस्तै बेमेलको मेल रहेछ जिन्दगि
जीवनको बान्कि बुट्टा भएन।

वा दाइ वा।दाइ उहिले तेस्तो लेख्नु हुदो र छ।दाइको अगाडि म के कबिता कोरि रा होला।अब चाहिँ लेख्न छोड्नु पर्ला जस्तो छ।
 
Posted on 01-11-07 3:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

होइन नानु जी, लेख्न न छाडुम् है । कहिले कहीँ लेख्ने न हो, कहिले राम्रो लेखियो होला, कहिले झ्याउरे लेखियो होला ।
साँच्चै भन्नु पर्दा, मलाई ८ कक्षा पढ्दा सम्म आफ्नो नाम् शुद्ध् लेख्न आउंदैन्थ्यो। एक् दिन् मिस ले तं आफ्नो नाम् त शुद्ध् सङ्ग लेख्न सक्दैनस्, कसरि एस् एल् सी पास गर्छस् भन्नु भयो। हामी, पानी जस्ता शब्दको हिज्जे नि गलत् लेख्ने गर्थें। साह्रै गए गुज्रेको नेपाली थियो। दिनमा १६ घण्टा नेवारि बोल्नेको हालत यस्तो हुंदो रहेछ। तत्पश्चात्, तेहि मिसको मार्गनिर्देशन मा नेपालीको क ख सिकें। प्रयाश गर्दा के हुँदैन रहेछ र नानु जी। एक साल भित्र मलाई सामन्य नेपालीको भन्दा उच्चकोटिको नेपाली लेख्ने, बुझ्ने बनाई दिनु भो। १० पढ्दा सम्ममा त देश भरिका सबै जस्तो निबन्ध प्रतियोगिता र काब्य प्रतियोगिता हरुमा दोस्रो भन्दा तल को पुरस्कार् जितिन। हाम्रो जमाना मा एस् एल् सी मा नेपाली बिषय मा ८० अंक पार् गर्ने सयद् पहिलो दोस्रो नै हुनु पर्दछ। त्यो साल् को भने नेपालीम सम्भवत सर्बप्रथम् नै हुनु पर्छ। नानु जी, यसलाइ राहुल् भाइ दम्भ न भनि दिनु होला, केवल् मेरो अनुभव भनुम् कि गति दुर्गति तपाई सङ राखेको मात्र हो। प्रयाश गर्दा के हुँदैन, लेख्दै गर्नुस्, निखृंदै जाने छन्। चरेश् खानु तर हरेस न खानु भन्छन्, होइन र।
 
Posted on 01-11-07 3:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राहूलभाइ लेखन्दास हरेछौ
नानु तिम्ले बल्ल पो बुझेछौ
साहित्यमा प्रतीक आउँछ
प्रतीकले धेरै अर्थ लाउँछ ।
चिण्डे, विर्खे, राहुल र मिश
नानु, विवश यो शिव प्रकाश
भावनको माला हामी यो उनौ
आपसमा एकअर्कालाई पहिराऔं ।

धन्यवाद
शिव प्रकाश
 
Posted on 01-11-07 4:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

शिव प्रकाश जी, राहुल भाई, लेखन दास् होइन, लेख, लेखाइ र लेखकको दास् हो । सच्याइ पाउं प्रभू!!!!!!!!!!!!!!
 
Posted on 01-11-07 6:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

होइन भाइ म प्रभु होइन
मलाइ सुहाउने यो बिल्ला भएन
राहुलभाइ लेखनको दास्
अरु ‌दास मानेको होइन
दासता नै लेखकको शत्रु हो
तर लेखक सधैं लेखनको दास हो
यो पनि प्रतीकै हो नि
बुझेपनि किन तिमीले
नबुझे जस्तो गरेको नि
मुरीमुरी धन्यवाद राहुलभाइ
फेरि भेटौं लौ बिदा अहिलेलाई ।
 
Posted on 01-11-07 7:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तार छिनेको सारङी जस्तै हु म त
मिठो सुर कसरी निकल्न सक्छु र ?
सम्झदै-भुल्दै विवश भएको पागल जस्तै हु म त
अब कसलाई पो सम्झाउन सक्छु र ?
नजाने गाउको बाटो भुलेको यात्री जस्तै हु म त
गन्तब्य कहाँ बताउन सक्छु र ?
गर्हुन्गो भारिले थाकेको भरिया हु म त
फेरी तिमीलाई कसरी बोक्न सक्छु र ? ? ?
 
Posted on 01-11-07 9:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

विवश तिमी साच्चिकै कवि नै रहेछौ
बल्ल थाह भो जीवनलाई कसरी हेर्दा रहेछौ
न सुर तिमीले भुलेका छौ
न बिर्सनामा तिमी हराएका छौ
न गन्तब्यलाई नदेखेका छौ
न आफैंलाई तिमीले निचनेक छौ
किन कि तिमी कवि हौ
त्यसैले तिमी कवि जस्तै छौ ।
धन्यवाद
 
Posted on 01-11-07 10:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

विवशजी "नचिनेका" लेख्न खोजेको मुद्रा राक्षसका कारणले "निचनेक" भएछ । सच्याएर पढ्नु होला है । धन्यवाद !
 
Posted on 04-20-07 2:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Aru ni jawos....
 
Posted on 04-20-07 7:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

vivasg is a good poet.
 
Posted on 04-21-07 5:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ सबै जनालाई यो सनिवारिय सांझको

तिर्खा लागे पानी,
निन्द्रालागे सिरानी
हासीं खेली बिताईदीउ,
दुई दिनको जिन्दगानी
 



PAGE: <<  1 2  
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
NRN card pros and cons?
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
TPS To F-1 COS
TPS to F1 Status.
Nepal TPS has been Extended !!!
legal Query for married nepali girl now have taken US citizenship
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
ICE kidnapping people off the streets over op eds
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
2020 : Why No Trump !
#MAGA#FAFO is delicious
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Democrat lies revealed
Nepal TPS decision
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
TPS Sakiyo Tara Case is in Court.
Medication from Nepal to USA
Supreme Court allows Trump to end TPS for Venezuelans
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters