[Show all top banners]

chicken.little
Replies to this thread:

More by chicken.little
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
  for Ladies of Sajha: Badhu Siksya
[VIEWED 8606 TIMES]
SAVE! for ease of future access.
Posted on 11-22-05 7:07 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भानुभक्र आचार्य

वधूशिक्षा

प्रस्तावना
एक् थोक् भन्छु नमान्नु दुःख मनमा हे मित्र तारापति ।
तिम्रा इ जति छन् जहानहरु ता जुझ्न्या रहृयाछन् अति ।।
सून्याँ दन्तबझान आज घरको कर्कर् गर्याको जसै ।
भर्रात जाग्रन झैं भयो मकन ता लागेन आँखा कसै ।।१।

धन् इज्जत् घरबार देख्छु बढिया छैनन् कुनै चित् कमी ।
बूहारी यदि कर्कशा हुन गया क्या घर् गरौला तिमी ।।
साह्रै झोंक उठ्यो मलाइ र वधूशिक्षा बनायाँ पनी ।
यस्ले पत्नी, बुहारि, छोरिहरुको तालिम् गरौला भनी ।

हुन त म अतिथी हूँ यस् बिनूँ क्या छ खाँचो ।
तर पनि म त भन्छू मित्र हौ जानि साँचो ।।
घर चतुरञि गर्छन् बुद्धिमान्ले अगाडी ।
बखत चुकि बिदामा हुन्छ काहाँ पछाडी ।।

उपदेश
प्रातः कालमहाँ उठेर पहिले ध्यान इश्वरैको गरुन् ।
सोर् इश्वर पति हुन् भनेर पछि त्यो भक्ती पतीमा धरुन् ।।
भक्तीले पतिर् इश्वरै भनि बुझुन् पाऊ-तलैमा परुन् ।
पूजा हो पतिको भनेर घरका काम्मा अगाडी सरुन् ।।१।।

झट्पट् स्नान् गरेर शुद्ध जलले सब् देह निर्मल् गरी ।
जस्तो पुग्दछ सोही माफिक असल् धोती कंटिमा धरी ।।
सासूका चरणारविन्दयुगमा पूजेर पाऊ परुन् ।
मैले काम् गरूँ क्या अराउनु हवस् यो ताँहि विन्ति गरुन् ।।२।।

मान्ने छन् घरका सबै जति जना तिन्लाई ढोग् भेट् गरी ।
चाकर्लाई अह्राउनू खुशि हुँदै मीठा वचन्ले गरी ।।
माटो पानि खराउ ओटन रुमाल् धोती दतीउन् धरी ।
स्नान् गर्न्या अखडा जहाँ छ तहिं गै राखून् तयारी गरी ।।३।।

पूजाको सरजाम् गरुन् पति पुजा गर्छन् प्रभूको भनी ।
पूजामा खतडा कदापि नपरोस् कौनै कुराले पनी ।।
कस्तै अल्मलमा रहोस् घरमहाँ आया जगाया अलक् ।
जोगी जङ्गमले भन्या मुठि दिनू ढीलो नगर्नू पलक् ।।४।।

घर् सब् झारि बढारि नित्य त्यसले लिप्त्तै र पोत्तै रहोस् ।
चाकर् सव् थलिया गया कहिं भन्या आफै तयारी रहोस् ।।
स्वामीका चरणारविन्दयुगको जल् भक्तिले पान् गरुन् ।
निर्मल् देह गराउनाकन उ जल् कही शरीर्मा छरुन् ।।५।।

जो इच्छा पतिको छ सो बुझि उसै माफिक् सबै काम् गरुन् ।
जुन्स्थान हो चिजको उहीं लगि उ चिज् राख्न्या स्वभाव् पो धरुन् ।।
स्त्रीको खालि निधार् कदापि नरहोस् खालि निधार् भै जति ।
गर्छन् कर्म फलै हुँदैन तिनका टीको लगाया जती ।।६।।

तस्मात् नित्य टिका लगाइ पहिले धन्धा पछाडी गरुन् ।
पूजाको सरजाम् तयार गरिसकी भान्छा विषे मन् धरुन् ।।
भान्छाको सरजाम चाकर गरुन् भाँडा सफाई गरी ।
खान्या चीज भंडारमा पसि झिकुन् आफैं अगाडी सरी ।।७।।

रोगी बालक वृद्ध कोहि घरमा हुन्छन् त तिन्को पनी ।
घत् जानीकन तम्तयार् चिज गरुन् खान्या छ यस्तो भनी ।।
यस्ता रीत् सित चीज् बनाइ बढिया सासू-ससूरा-पति ।
लाई ख्वाइसकेर फेरि घरका ख्वाउन् जहान् छन् जति ।।८।।

ख्वाई प्याइसकेर र्सव परिवार्ले खाइसक्छन् जसै ।
चूल्हा चौकी लिपाई जल्दी ति जुठा भाँडा मझाउन् तसै ।।
जो चीज् वस्तु भँडारदेखि अघि जो झिकेर ल्याई थिइन् ।
सो सम्झेर तुरुन्त सोही थलमा ती वस्तु राखी दिउन् ।।९।।

 
Posted on 11-22-05 7:07 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


अल्सी दूर गरेर नारीहरुले थान्को र मान्को गरी ।
काम्काम्का परिवार लायक बिचार गर्दै रहुन् दिन् भरी ।।
धागा बत्ति समेत काति टपरी दूना बोहोता पनी ।
सिन्का साफ चिरेर राख्नु अनी चाहिन्छ काम्मा भनी ।।१०।।
पूजा ब्रतादिहरुका जति तीथि पर्छन् ।
सम्झेर गर्नु नभुलीकन पाप हर्छन् ।।
ठूला ब्रतै त पनि सेवन गर्नलाई ।
क्यै छैन फेरि अरु निश्चय नारिलाई ।।११।।

रोगी बालक बृद्ध सासू ससूरा जेठाज्यू देवर् पनि ।
फूपू सासूअमाज्यु नन्द जति छन् खान्छन् इ खाना जि ।।
सब्को हित घत जानि नित्य दिमा खाजा बनाइ दिउन् ।
यस् रीत्ले अति खुस् बनाइ परिवार् सब्लाई हात्मालिउन् ।।१२।।

सौताको रिस गर्नु पाप छ बहुत् एकै दुवैका पति ।
मर्यादा पनि जानु पर्छ जसले मीलेर सङ्गै सति ।।
यस्तो जानि नमानि केहि मनमा मीलुन् बहूतै गरी ।
टाल्टुल् गर्नु फुट्यो टुट्यो घर भन्या सिप्लाई जोहर् गरी ।।१३।।

अर्काका घरमा नजानु कहिल्यै आफ्ना घरैमा बसी ।
जे कुनू सब् चीज् जती छ घरमा कूना र कानी पनी ।।र्
पर्छन् श्राद्ध दशैं तिहार अरु चाड् चाहिन्छ तिनमा जती ।
ती चीज् सम्झी अगाडि संग्रह गरोस् यस्मा नचूकोस् रती ।।१४।।

मान्न्या जन् कन मान्नु जान्नु घरको ठग्को ठगाञी पनी ।
सब सासूसित भन्न जानु उ गरुन् यस्को सजाञी भनी ।।
यस्ता रीत् सित सब् गरेर वशमा राखोस् सबैमा दया ।
तिन्को याद तुरुन्त गर्नु जन जो भोका र नाङ्गा भया ।।१५।।

पाहूना जति आउँछन् घरमहाँ दर्जा छ तिन्को जति ।
सो जानेर उसै वमोजिम गरोस् मर्ज्याद् नचूकोस् रति ।
पाउन् पापि कठोर चोरहरुले सोही बमोजिम् जवाफ ।
राखोस् इष्ट कूटुम्ब मित्रहरुमा अमृत सरीको रवाफ ।।१६।।

साँचो बोल्नु नबोल्नु बात कहिल्यै झूटो भन्याको रति ।
आखिर मर्नु छ पाउनू छ उति फल् याहाँ गर्याको जति ।
यस्तो ज्ञान् मनमा लिईकन रहुन् सासू ससूरा पति ।
जे भन्छन् उहि गर्नु छैन अरु ता संसार तर्न्या गति ।।१७।।

भन्छन् शास्त्र पनि र सासु ससुरा जेठाज्यु मान्नू भनी ।
भन्छन् ता पनि जो पती छ उसरी हुँदैन कोही पनि ।।
दृष्टान्तै पनि मिल्छ सासु ससुरा जेठाज्यु बित्ता सती ।
को जान्छन् पति पो बितया पनि भन्या जानू छ संगै सती ।।१८।।

हाँस्नू छैन कदापि नारिहरुले वेश्या हुन्या हाँस्तछन् ।
वेश्या लौ नहउन् तथापि घरको काम् ती सवै नास्तछन् ।।
एक्लै हाँस्न हुँदैन कोहि नभई अर्को सँगी भो जसै ।
हाँस्तैमा दिन जान्छ एहि रितले सब् काम बित्छन् तसै ।।१९।।

मानिस्को त बताउँ क्या अब विचार् पक्षी पशूको पनि ।
पाल्यको छ भन्या तुरन्त बुझनू क्या आज खायो भनी ।।
जरसै भो कसिंगार् बढार्नु घरभर् कहीं नराखोस् रती ।
स्त्रीले जान्नु विचार राखि मनमा यस्तो बताउँ कती ।।२०।।

 
Posted on 11-22-05 7:08 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


खान्या चीज् जति छन् सबै नजरले हेरेर ढाक्छोप् गरुन् ।
जो चीज् हुन्छ सुकाउन्या तिनकनै ल्याएर घाम्मा धरुन् ।।
खान्या जीच कुहेर फाल्नु नपरोस् दीनू कि खानु बरु ।
एती जान्नु अवश्य धेर् अव बखान् कुन्-कुन् कुराको गरूँ ।।२१।।

खान्या चीज नहेरि केही नकुहुन् सब् पँह्रन्या चीज पनी ।
सप्पै याद रहोस् सदा मनमहाँ यो चीज छ ञाहाँ भनी ।।
चीज् ता छन् घरमा तथापि मनमा छैनन् त भै क्या भया ।
आखिर् चीज् घरमा भइ बखतको काम् सब् बिती गै गया ।।२२।।

जो चीज् छन् घरमा हिरा तल प्रि्रा सब् चीस् मनैमा रहुन् ।
जो खोज्छन् पतिले ऊ चीज् उहि बखत् ल्याएर चाँडो दिउन् ।।
खोज्दामा छन ता थियो कता राख्याँ हरायो भनी ।
भन्नू यो पति थ्यैं पर्यो पनि भन्या मानोस् मरेझैं अनी ।।२३।।

पूजाको सरजाम जति थोक् चाहिन्छ सो सव् गरी ।
साँझमा बत्ति जलाउनु अनि ठूला पानस् विषे तेल् धरी ।।
खान्या चीज् बनाइ खान दिनु जो खान्छन् परीवारले ।
जुन् चीज् राख्नु भंडार पर्छ नभुली सब् राख्नु संभारले ।।२४।।

दिन दिन घरमा जो पाहुना बस्न आया ।
तिनकन नखुवाई आफुले क्यै न खाया ।।
गृहिणी भइ रहृयाको यो ठूलो धर्म जान्नु ।
बिहक सकि दियाको अन्न भन्न्या न ठान्नु ।।२५।।

काम्का खातिर जत्ति चीज घरका दिन्मा झिक्याका थिया ।
रात्रीमा त उ काम् हुँदैन सब चीज् थन्क्याइ राखी दिया ।
सम्झी कत्ति न मानि अल्सि सब चीज् थन्क्याइ ताल्चा पनी ।
लाऊन् चोर चकार डाकुहरुले देख्नै नपाउन् भनी ।।२६।।

छिनिसकि सब धन्धा सासुको पाउ मिच्दी ।
उँघिकन बिखबर् भै पाउ मिच्दै त ढल्दी ।।
टहल गरि टहल्ने सासुलाई रिझाई ।
पतिसित तब जाओस् स्त्री टहल् गर्नल् गर्नलाई ।।२७।।

प्राण्का नाथ् पतिका अगाडि गइ जो फर्माउँछन् सो गरोस् ।
भन्छन् ल्यान तमाखु खान्छु भनि ता चाँडै तमाखू भरोस् ।।
किस्मिस् दाख बदाम म्रि्री नरिवल् जो चीज् छ सो सो दिई ।
पाऊ मिच्न तयार भै अघि सरोस् तेल्को कटौरा लिई ।।२८।।

आज्ञा माफिक अङ्क पाउहरुमा मर्दन् बहूतै गरी ।
पाऊमा शिर राखि सब् तहिं भनोस् जो काम् गरी दिन् भरी ।।
यस्तो भो यसरी गर्याँ यति गर्याँ गर्न्या छु यो यो पनी ।
भन्न्या काम कुरो भनोस् पति पनर्ीर् इ बात सुनुन् भनी ।।२९।।
जति गरी दिनमा काम् सो सबै बिन्ती गर्दी ।
मधुर वचन बोल्दी स्वामीको चित्त हर्दी ।
पतिकन यस रीत्ले बातले खुश् बनाओस् ।
जब त पति निधाउन् काखमा त्यो निधाओस् ।।३०।।

यति सब बधुशिक्षाका सिलोक् सीलोक् जो बनाञाँ ।
पढिलिनु सबले यो नारिको हित् जनाञाँ ।।
यहि रितसित जो स्त्री नित्य सब् काम गर्छन् ।
उभयकुल सँगै ली ती सहज् पार् तर्छन् ।।३१।।

स्त्रीको धर्म पनी मती पनी पती मर्न्या बखत्को गति ।
वाचुन्जेल सुख भोग् पनि बुझि लिदाको दिन्छ तेस्ले जति ।।
स्त्रीका धर्म पती जती त अरुथोक् देख्तैन मन्ले रति ।
यस् लोक्मा परलोकमा सुख दिन्या सो हेर जान्छन् सति ।।३२।।

स्त्रीको धर्म पत्रि्रता अति ठूलो जो गर्दछन् भक्तिले ।
आफ्ना कुल् सब तारि पितृहरुको कुल् तार्दछन् शक्तिले ।
स्त्रीको जन्म भयो भन्या त पतिको सेवा छ सारै ठुली ।
सो सेवा त गरी अनेक् अरु गरोस् साँचो कुरामा भुली ।।३३।।

 
Posted on 11-22-05 7:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Ali shortcut ma bhandinuss haii
 
Posted on 11-22-05 7:15 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

BAR SIKSYA pani rakhnuhus na!!!!
 
Posted on 11-22-05 7:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

I read most of it. It seems to be a sexist document, and that's a saying something good about it. I'm surprised that there haven't been any comments from more vocal feminists of sajha. The "buhari" has to do all the work in the house and yet eat last, drown all her dreams and do whatever her "pati", "sasu" and "sasura" tell her. And the gall of the bastard he says do not fight with the "sauta". Wow!! Another thing that I think is quite strange is only "beshyas" laugh and ladies should not. What is the point of subjugating half of the population. Free slaves in the home. This thing is of another era, and should be left there in the middle ages, just like the concept that King G is lord Vishnu.
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
NRN card pros and cons?
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
TPS To F-1 COS
TPS to F1 Status.
Nepal TPS has been Extended !!!
legal Query for married nepali girl now have taken US citizenship
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
2020 : Why No Trump !
#MAGA#FAFO is delicious
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Democrat lies revealed
Nepal TPS decision
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
TPS Sakiyo Tara Case is in Court.
Medication from Nepal to USA
Supreme Court allows Trump to end TPS for Venezuelans
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters