Ban Dana
More by Ban Dana
What people are reading
Subscribers
Please log in to subscribe to Ban Dana's postings.
:: Subscribe
|
विडम्बना, गरिब देशमा कर जति बढाईन्छ आर्थिक विकास त्यति तल गिर्दै जान्छ ।
|
[VIEWED 6775
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
Ban Dana
Please log in to subscribe to Ban Dana's postings.
Posted on 08-16-18 11:26
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
विडम्बना, गरिब देशमा कर जति बढाईन्छ आर्थिक विकास त्यति तल गिर्दै जान्छ । किनभने चालू खर्चका लागि मात्र नेपालमा कर महसुल र शुल्क बढाईदै लगिएको छ । यसले सामान्य जनतामा असन्तोष तथा र झन्झटको महसुस र ठूला करदातामा अधिकारीलाई किनेर कर छल्ने वा पदाधिकारीलाई घूसचन्दा दिएर मिनाहा गराउने वा न्यायिक संस्थालाई किनेरै पुँजि पलायन गराउने हुन्छ । कर प्रशासन र कर राजश्वको प्रत्यक्ष लाभ दिन सकिने मुलुकको पारदर्शी नीति र हिसाबकिताव जनताले नपाउदासम्म जनतामा कर तिर्नु वाहियात हो, यो नेताहरूकोमोजमस्तिका लागि तिर्नुपरेको हो भन्नेकुरामा द्वीविधा देखिदैन ढुक्क छन्! पुंजि आकर्षित गर्न र लगानी गरेर फाईदा लिनु छ भने सक्सम्म करछुट नीति नै फलदायी हुन्छ । करप्रशासन खर्च र कर राजश्व उठानको तुलनात्मक लाभ मिलेन भने कर भन्दा प्रशासनिक खर्च बढ्ने, यसबाट झन् ठेकेदारी प्रथामा विकार आउने, जताततै निगरानी प्रकृया वा प्रणाली फेल हुदा आर्थिक अराजकता आउने, देखादेखी कानुन मिचेको, पैसा लुटेको देखिने र फलत: मुलुक भ्रष्टहरूको गणराज्य हुदै गएको प्रमाणित हुदै जानेछ । कर, महसुल र शुल्क जति थोरै भए पनि यसको प्रशासनमा हुने अनियन्त्रित विकृतिले समाज विषाक्त पारेर राजनीतिक अस्थीरता र आन्दोलनको आगोमा घिउ थपिरहन सक्छ । सकेसम्म कर कम लगाउनु र आम्दानीमा मात्र कर लगाउने सन्यन्त्रमा जानुपर्छ । शुल्क सकेसम्म लगाउनै हुदैन, महसुल लगाउन सकिन्छ । तर कर लगाउदा पूर्ण जवाफदेही प्रणाली स्थापित भएको हुनुपर्छ करको लाभ प्रत्यक्ष पाएको महसुस भएकै हुनुपर्छ। मोजमस्तिका निम्ति पैसा उठाउन कर लगाईनु खतरनाक हो, जनताले आजसम्म यसरी नै बुझ्दै आएका छन् किनभने नेपालको कूल राजश्वले चालू खर्च पनि धानिरहेको छैन । विकास खर्च विदेशीको भरमा जोहो हुने हुन्छ र करिब २/३ बजेट चालू प्रशासन संचालनमा नै खर्च हुनेगर्छ ।
|
| |
|
|
|
|
Please Log in! to be able to reply! If you don't have a login, please register here.
YOU CAN ALSO
IN ORDER TO POST!
Within last 30 days
| Recommended Popular Threads |
Controvertial Threads |
| ए १ पनि पुगेनछ ? |
| नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ |
| Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place |
| When will Nepali women be equal? |
| मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु |
| Why Prachanda seems to be the smartest of them all? |
| When will the culture of impunity end? |
| बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !! |
| बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ? |
| Can we really get rid of Nepotism in the government? |
| Sukulgunda 2.0 / www.sukulgunda.com |
| आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर |
| How many ministries do we really need? |
|
|
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.
|