[Show all top banners]

ktmpost
Replies to this thread:

More by ktmpost
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 दुई श्रीमतीलाई सहज ठान्ने समाज किन दुई श्रीमान राख्न दिंदैन ?
[VIEWED 14858 TIMES]
SAVE! for ease of future access.
Posted on 03-09-18 11:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


मेगा बैंककी सीईओ रवीना देशराज समकालीन समाज भन्दा बेग्लै सोच राख्ने ब्यक्तिका रुपमा चिनिन्छिन् । उनी बैंककी सफल सीईओ त हुँदैहुन्, लैंगिकताका विषयमा परम्परागत सोच विपरित धारणा राखेर र आफ्नो विकिनी तस्बिर सार्वजनिक गरेर पनि चर्चामा छिन् । अभिनेत्री प्रियंका कार्कीसँगै विकिनीमा उनको तस्बिर सामाजिक सञ्जालमा पोष्ट भएपछि त्यसले ठूलै चर्चा पायो । उनका छोरा आयुष्मान देशराज पनि अभिनेता हुन् । अभिनेत्री कार्की र आयुष्मान प्रेम सम्बन्धमा रहेका गसिपहरु पनि मिडियामा छाइरहन्छन् । सन्तान जन्माउन बिहे गर्नु नपर्ने बोल्ड धारणा राख्दै आएकी रवीना देशराजसँग प्रचलित सामाजिक ब्यवस्थाका बारेमा क्रपथ डटकमका लागि बिनु पोखरेलले गरेको कुराकानीको एउटा अंश हामीले साभार गरि यहाँ राखेका छौ ।

महिला झन बोल्ड हुँदै गएपछि परिवारमा बिखण्डन आइरहेको छ भन्छन्, हो त ?

मेरा एकजना आफन्तसँग एकदिन कुरा गर्दैथिएँ । उहाँले एउटा ग्यादरिङमा हजुरवा, हजुरवाका तीनजना श्रीमती र छोराछोरी सबै जम्मा भएको भन्नुभयो । ल त्यहि ठाउँमा हजुरआमाका तीनजना श्रीमान जम्मा भएको भनौं त ? एउटा पुरुषका तीन श्रीमती एकै ठाउँ भेला हुनुलाई स्वाभाविक रुपमा लिने समाजले एउटी महिलाका तीन श्रीमान एकैठाउँ ग्यादरिङ गरेको पचाउन सक्छ ? पुरुषहरु खुला रक्सी, चुरोट खान्छन् । ल हामी खाउँ त, के भन्छ समाज ? अहिले जे जे भएको छ त्यो सबै महिलाले सहिदिने भएर हो । उसले तीनवटा ल्याउँदा, १०औं जनासँग सेक्सुअल रिलेशनमा रहंदा, चुरोटले डाम्दा पनि सहिदिए मात्र परीवार जमेको देख्ने, त्यसलाई नसहे परीवार विखण्डन भएको देख्ने ?

त्यो घर, घर नहुने अनि महिलाले बरु एक्लै बस्छु भन्दा परिवार भड्किएको भन्ने ? अब महिला हरुले पनि आफ्नो शक्ति थाहा पाए । अब त्यसैगरी सहंदैनन् । जो आर्थिक रुपमा सक्षम छन् दवावमा रहन्नन् । त्यसो हुनु समाज विग्रिएको होइन । बिग्रिएको समाजको रुप देखिएको मात्र हो । हिंसामा पुरुष छन् भने पनि त्यहि हो । ल न, म दुईटा श्रीमान राख्छु भन्छु । मान्छ त समाज ? तर हामी त्यसो गर्दैनांै । गर पनि भन्दैनौं । महिला र पुरुषमा फरक सामाजिक सोचाई हुनु भएन भनेको मात्रै ।

यसो सोचौं न, दुईजना एक हुने भनेको दुईटाको खुशी जोड्दा झन् खुशी हुन सकिन्छ कि भनेर हो नि । स्वतन्त्रता मार्न त होइन । श्रीमान श्रीमती हुनुहुन्छ तर बोलचाल छैन । दुईतिर फर्केर सुत्नुहुन्छ । अर्को एक्लै भएको मान्छे गीत लगाएर नाच्दै बस्छ, खुशी हुन्छ । स्वतन्त्रताले हो नि खुशी ल्याउने । अचेल म सुन्छु–, अहिले त धेरै परीवारमा महिला, पुरुष दुबै कामकाजी छन् । केटाले म आज डिनर बाहिरै गरेर आउँछु भन्यो भने, केटी पार्टनरले पनि हस् मेरो पनि पार्टी छ आउन ढिलो हुन्छु है भन्छे रे । अनि त्यो पुरुष पार्टनर ढक्क हुन्छ रे । उसले गरुन्जेल काम साथीले गर्दा नकाम भन्ने हुन्छ ? भन्नुस् त ।

http://www.etajakhabar.com/03/09/167628


 
Posted on 03-12-18 1:36 AM     [Snapshot: 1334]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Rakh na ta 2 ota sriman.
 
collegefootballrocks
Posted on 03-12-18 10:44 AM     [Snapshot: 1472]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Yo ta chuseko aap ko aama haina?
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
TPS to F1 Status.
NRN card pros and cons?
TPS To F-1 COS
TPS Sakiyo Tara Case is in Court.
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
Need Help of IT consultancies
Nepal TPS decision
Supreme Court allows Trump to end TPS for Venezuelans
Any input on remote jobs(IT related or Sales or Marketing)?
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
2020 : Why No Trump !
Nepal Likely to Get 60-Day TPS Notice
Nepal TPS has been Extended !!!
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
#MAGA#FAFO is delicious
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters