[Show all top banners]

clubmanhattan
Replies to this thread:

More by clubmanhattan
What people are reading
Subscribers
:: Subscribe
Back to: Current Affairs Refresh page to view new replies
 मन्त्रीको काम नै यहि हो नि जनताको चिन्ता छैन
[VIEWED 6670 TIMES]
SAVE! for ease of future access.
Posted on 01-20-16 11:19 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

(पूर्व अर्थमन्त्री डा. रामशरण महतलाई बेलायती पत्रिका द बैंकरले विश्वकै उत्कृष्ट अर्थमन्त्री घोषित गरेको छ । २०७२ बैशाख १२ गतेको भूकम्प र त्यसका पराकम्पनले पारेको असरपछि विदेशबाट आर्थिक सहायता जम्मा गर्न तत्कालीन अर्थमन्त्री महतले खेलेको भूमिकालाई आधार मानेर उत्कृष्ट अर्थमन्त्री घोषित गरिएको हो । नेपालमा आएको २०४६ सालको बहुदलपछि सबैभन्दा बढी समय अर्थमन्त्री बन्ने अवसर डा.महतलाई नै छ । उत्कृष्ट अर्थमन्त्री घोषित भएसंगै नेपालको अर्थतन्त्र र डा.महतको भूमिकालाई लिएर बहस हुन थालेको छ । यसै मेसोमा डा.महतको कार्यशैली र अर्थनीतिलाई नजिकबाट हेर्दै आएका अर्का पाका पूर्व अर्थमन्त्री एवं एमाले नेता भरतमोहन अधिकारीसंग गरिएको यो कुराकानीको मुख्य अंश–सम्पादक)

० पूर्व अर्थमन्त्री डा. रामशरण महत विश्वकै उत्कृष्ट अर्थमन्त्री घोषित हुनुलाई कसरी विश्लेषण गर्नुहुन्छ ?

–पहिलो कुरा त उहाँसंग मेरो पुरानो सम्बन्ध, पारिवारिक आवतजावत र संगसंगै काम गरेको दृष्टिकोणले म खुसी छु । जुन सम्मान पाउनु भएको छ त्यसमा म उहाँलाई बधाइ दिन चाहन्छु । आगामी दिनका लागि समेत उहाँलाई शुभकामना । दोस्रो कुरा अहिले भन्न मिल्छ कि मिल्दैन मलाई थाहा छैन, तर २०४८ सालदेखि नेपाली कांग्रेसको सरकार बढी भयो । ६ पटकसम्म रामशरणजी नै अर्थमन्त्री रहनु भयो । अर्थको संचालन कस्तो रह्यो त ? अहिले देख्दै हुनुहुन्छ कृषि परनिर्भरता बढ्यो । उद्योग पञ्चायतभन्दा बढी बिग्रियो । वैदेशिक ब्यापार घाटा डरलाग्दो छ । देशमा रोजगारी छैन । बिजुलीको अभाव यस्तो छ । लोडसेडिङ्ग १५ घण्टा होला जस्तो छ । यस्तो अवस्थाको अर्थतन्त्रमा २०–२२ वर्षमा रामशरणजीको कति दोष थियो त ?

० यो सबै दोष डा.महतको मात्रै हो भन्न खोज्नु भएको हो ?

–उहाँलाईमात्र दोष दिने कुरा त भएन । तर, म के भन्छु भने जुन नीति डा.महतले बनाउनु हुन्छ विश्व बैंक लगायतसंग उदारीकरण आदिका नीतिहरू छन् । म पनि खुला अर्थतन्त्र मन पराउने मान्छे हो । देशको परिस्थिति हेरेर हामीले हाम्रो आर्थिक नीति बनाउने कुरामा उहाँसंग मेरो गम्भीर मतभेद छ । अहिले तथाकथित उदारीकरण–जे पनि मार्केटलाई दिने, कृषिबाट सरकारले हात झिक्ने, कृषिमा अनुदान नदिने लगायतका जति पनि कुराहरू छन् यी सबै देशको स्थिति नबुझी गर्दाखेरी उत्पन्न भएका समस्या हुन् । २२ वर्षको सही मूल्यांकन गरौं । दोस्रो कुरो भूकम्प २०७२ बैशाख १२ गते गयो । राम्रो कुरा हो, उहाँले नेपालमा अन्तर्राष्ट्रिय सम्मेलन गराउनु भयो । साँढे ४ खर्ब पैसा आयो पनि । त्यसका लागि उहाँलाई धन्यवाद छ । राम्रो भयो । तर, संगसंगै के पनि भयो भने भूकम्प गएको छ महिनासम्म उहाँ अर्थमन्त्री रहनु भयो, भूकम्प पीडित जनताका लागि डा.महतबाट खै के भयो त ? त्यस अर्थमा बजेट पनि छ, पैसा पनि छ, कार्यक्रम पनि छ, केही पनि राहत पाएनन् भूकम्प पीडितले । सिन्को भाँच्ने काम पनि डा.महतबाट भएन । यो हेर्दाखेरी सन्तुलित सोचको अभाव देखियो ।

० उत्कृष्ट ठहरिनुका पनि त कारण त होलान् नि ?

–ठहरिने कारण त दिनेले नै भन्नुपर्ने हो । अहिलेका बखतमा एउटा साथीलाई दोष देखाउनुभन्दा एउटा अन्तर्राष्ट्रिय संस्थाले नेपालीलाई छनौट गरेर दिएको सम्मान नै खुसीको कुरा हो । यसको अर्थ डा.महतले चलाएको देशको अर्थतन्त्र सही थियो भन्ने होइन । किन कि यो त जीवनले देखायो । जुन किसिमले नेपाली कांग्रेसका रामशरणजीहरूले उदारीकरणका लागि देखाउनु भयो त्यसकै कारण अहिले हामी यो धरासायी स्थितिमा पुगेका छौं । यो नेपाली जनता समक्ष खुल्ला किताव झै छर्लङ्ग छ । २०४८ सालदेखि त बहुदलको हातमा सरकार गयो । तर यो बीचमा कुनै चमत्कारिक कुरा हुन सकेन । यो दूर्भाग्य भयो । २०–२२ वर्षको हाम्रो आर्थिक सोच, नीति तथा कार्यक्रम के रह्यो, किन हामी असफल रह्यौं, अगाडि बढ्नु पर्ने हामी २० वर्ष पछाडि परिरहेका छौं । यो कुराको समीक्षा गर्नुपर्ने हो ।

० भनेपछि उहाँले लिएका आर्थिक नीतिहरू देशको अवस्था हेरेर सही छैनन् ?

–डा.महतले ल्याएका आर्थिक नीति सही छैनन् । उहाँको आर्थिक चिन्तन सोच र मेरो चिन्तन फरक छ । मैले फरक शैलीले कार्यक्रम बनाएँ । उदारीकरण, निजीकरण, कृषि, रोजगारी यस्ता विषयमा पछाडि परेकाले लामो समयसम्म अर्थमन्त्री भएपछि उहाँले पनि जसअपजसको जिम्मा लिनुपर्छ । दोष उहाँकोमात्र पनि होइन । तर उहाँ धेरै पटक कांग्रेसका तर्फबाट अर्थमन्त्री हुनुभयो । मुख्य कुरा त के भने नि, डा.महतले चिन्तन बदल्नु पर्‍यो । हामी एकातिर हामीले भूकम्पले वर्वाद पार्‍यो भन्छौं । अर्कातिर २०७२ असोज ६ गतेदेखि भारतले लगाएको नाकाबन्दीले हामीलाई नोक्सान गर्‍यो । सही कुरा हो । तर एउटा कुरा के भन्छु भने २०७० सालमा संविधानसभाको चुनाव भइसकेपछि सुशील कोइरालाको नेतृत्वमा सरकार बन्यो । एमालेले पनि सरकारमा साथ दियो । अर्थमन्त्री रामशरणजी हुनुभयो । उहाँले २०७१ सालमा बजेट पेश गर्नुभयो । त्यो बजेटका बेलामा पैसा पनि थियो । रेभिन्यू उठेको थियो । कार्यक्रम आयो । समयमा बजेट आयो । बन्द, हड्ताल, नाकाबन्दी कहीँ थिएन । त्यो २०७१ सालकै पर्फर्मेन्स हेर्नुस् त । भूकम्प जानुभन्दा अगाडिको २०७१ फागुन–चैतको अर्थमन्त्रालय र राष्ट्र बैंकले निकालेको तथ्यांक हेर्नुस् त । कुनै उद्योग बढ्न सकेन । तसर्थ भूकम्पले नोक्सान पुग्यो । नाकाबन्दीले नोक्सान पुग्यो । तर, त्योमात्र हैन है डा.महतहरूले बुझ्नु पर्छ । हाम्रो आर्थिक, चिन्तन, सोच, कार्यक्रम, हाम्रा नीतिहरू हाम्रा असफलताका परिणाम हुन् ।

० ६ प्रतिशतको वृद्धिदर लक्ष्य ३ प्रतिशतमा खुम्चिनु बाध्य भएको कारण यही हो त ?

–तीन पनि हुन गार्‍हो छ । झन् अहिले त नाकाबन्दीलाई दोष दिन पाइएको छ । मेरो आग्रह के भने नाकाबन्दीले धेरै नोक्सान गरेको हो । महाभूकम्पले नोक्सान गरेको हो । त्यो सही हो । तर, संगसंगै म के भन्छु भने २०७२ बैशाख १२ गते गएको भूकम्प अगाडिको ०७१ सालभरिको देशको अर्थतन्त्र कस्तो रह्यो त ? त्यहाँ त कुनै नाकाबन्दी थिएन । कुनै भूकम्प थिएन । पैसाको कमी थिएन । कार्यक्रमको कमी थिएन । समयमा बजेट पास भएको थियो । त्यसकारण मेरो आग्रह के भने एकातिर उहाँलाई बधाइ दिनु पर्छ भने अर्कातिर २२ वर्ष डा.महतले अबलम्बन गरेका अर्थनीतिको आर्थिक स्रोत, चिन्तनलाई हामीले समीक्षा गर्नुपर्छ । यसलाई पुनरावलोकन गर्नुपर्छ । यसमा रामशरणजीले पनि गर्नोस् । कांग्रेसले पनि गरोस् । र, देशका अर्थविद्हरूले पनि सत्यतथ्यमा आधारित भएर पुनरावलोकन गर्नुस ।
० २२ वर्षको अवधिमा ६ पटकसम्म अर्थमन्त्री हुँदा कहाँ पुर्‍याउनु भयो नेपालको अर्थतन्त्र उहाँले ?

–यो समय त उहाँलाई बधाइ दिने समय हो । जहाँसम्म उहाँको आर्थिक चिन्तन सोचमा मात्र हैन कि २०४८ सालमा नेपाली कांग्रेसको सरकार बन्यो अर्थ राज्यमन्त्री महेश आचार्य हुनुहुन्थ्यो । रामशरणजी योजना आयोगको उपाध्यक्ष हुनुहुन्थ्यो । त्यसपछि रामशरणजी अर्थमन्त्री हुनुभयो । त्यो उहाँहरूको बेलाको होस् वा म पनि अर्थमन्त्री भएँ मेरो बेलाको होस् या अरुको बेलाको होस् वस्तुगत रुपमा निष्पक्ष समीक्षा गरौं न । अनि पो धेरै कुरा बाहिर आउँछ नि ।

० नाकाबन्दी, भूकम्प लगायतले थिलोथिलो पारेको अर्थतन्त्रलाई सही ढंगले अगाडि बढाउन अब के गर्नुपर्छ त ?

–मैले त भन्दै आइरहेको कुरा दोहोर्‍याउने हो । मैले अहिलेको सरकारले चार कुरामा प्राथमिकताका साथ काम गरोस् भन्ने चाहेको छु । एक भूकम्प पीडित जनतालाई राहत दिन– प्राधिकरण बन्या छ । त्यसले स्वतस्फूर्त रुपमा चाडो कामको थालनी गरोस् । दोस्रो नाकाबन्दीलाई खुलाउने नत्र भने चीनका नाकाहरू चाडोभन्दा चाडो खुलाएर जनतालाई राहत दिने । नाकाबन्दीको समस्या समाधान गर्नेतर्फ सरकारले कूटनीतिक प्रयासबाट होस् वा अन्य कुनै हरप्रयासबाट काम गर्नुपर्छ । तेस्रो कुरा के भने अहिले हाम्रो देशमा गाउँघरमा कृषि उत्पादन छैन । कृषि उत्पादन बढाउनका लागि क्यास कार्यक्रम ल्याऔं ५–७ अर्ब रुपैयाँको । साना घरेलु ल्याउनुस् । देशमा उत्पादन भएन । देशको अर्थतन्त्र हेर्ने हो भने दिनानुदिन संकुचन आइरहेको छ । हाम्रो कृषि उत्पादन नहुने, औद्योगिक उत्पादन घट्ने, विदेशी व्यापार डरलाग्दो बढ्ने ।
यस बखतमा हामीले के गर्नुपर्‍यो भने देशभित्र उत्पादन बढाउनका लागि क्यास कार्यक्रम कृषिमा, साना घरेलु उद्योगमा, उर्जामा ध्यान दिनु पर्‍यो । चौथो कुरो ९० प्रतिशत सांसदहरू वा ठूला तीनवटा पार्टी कांग्रेस, एमाले र माओवादीले संविधानलाई कार्यान्वयन गराउनु पर्‍यो । दुई वर्षभित्र नयाँ चुनाव गराउनेतर्फ लाग्नुहोस् । यी चारवटा बुँदा राष्ट्रका आजका लागि गम्भीर मुद्दा हुन् । यी चारवटै मुद्दा संगसंगै अगाडि बढाउनु पर्छ ।


 
Posted on 01-21-16 11:36 AM     [Snapshot: 198]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

देश विकास गर्न २० हजार मानिस मारिएका हुन् अनि यिनीहरुले देश र जनता लाइ ध्यान दिन्छन भन्ने पाठ कसले पढायो तिम्लाई ? व्यक्तिगत बिकास मा लम्केका छन् , छाड टासने काम | 
Last edited: 21-Jan-16 05:29 PM

 
Posted on 01-22-16 12:51 AM     [Snapshot: 322]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

We should burn these ppl
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
NRN card pros and cons?
TPS To F-1 COS
Nepal TPS has been Extended !!!
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
Please ask KRISTI NOEM in her facebook and other social media to renew TPS
Supreme Court allows Trump to end TPS for Venezuelans
Nepal TPS decision
TPS to F1 Status.
legal Query for married nepali girl now have taken US citizenship
ए १ पनि पुगेनछ ?
Trump’s “Big Beautiful Bill” is straight-up xenophobic class warfare. Let’s call it what it is.
Business Ideas in Nepal?
2020 : Why No Trump !
A legit Non-Profit organization "United For TPS Nepal "
Leave messages on US congressman's facebook to support TPS
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters