[Show all top banners]

Aamalaa
Replies to this thread:

More by Aamalaa
What people are reading
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
  गोरी मेक्शिकन
[VIEWED 12611 TIMES]
SAVE! for ease of future access.
Posted on 06-06-14 1:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     5       ?     Liked by
 


       मेरो सानो प्रयाश, भासगत त्रुटी लाई हल्का मध्यनज़र गरि बाकी सबै कुराको प्रतिक्रियाको अपेक्छ्याको साथमा सम्पूर्ण साझाबसिहरुमा यो सानो भेट |


      गोरी मेक्शिकन ( भाग १)

       "Good Morning Maam" मन नलागी नलागी भने, के गर्ने भन्नैपर्यो, ढोकै अगाडी उभिएकी गोरी हो कि मेक्शिकन ठम्याउन नसकिने युवतीलाई|
       "Hey Morning, I am sorry, I am an early Bird”
       आठ बज्न पा छैन bud पो भन्छे, स्टोरको ढोकापनि खोलेको छैन, म चाबी घुमौदै छु, उ दिमाख घुमौछे बा !
मैले भने, "No Bud maam, today Sunday, so 12 o clock, ok”
गोरी मेक्शिकन एकछिन ट्वा परि, अनि मैले उ रिसाई होलि भनेर मायालु नेपाली पारामा फेरी भने "Maam we could not sell beer before 12 o clock every sunday, I am very sorry ok, people go to church u know, thats why ….”
अब चाही बुझी जस्ती छ गोरी मेक्शिकनले अनि बिस्तारै मुस्कुराएर भनि,"Oh, you mean Beer, like Budlight, Budweiser ?”
मैले पनि बल्ल बुझी मोरीले भन्ने सोचे र दङ्ग परेर भने,"Yes, yes, no any beer in Sunday, even corona, Heineken nothing, after 12 only”
अब भने गोरी मेक्शिकन खित्कै छोडेर हास्न लागि, राम्री पनि कति राम्री देखेकी नि तेतिबेला गोरी मोरी त| येतिन्जेल सम्म मैले स्टोरको कोड पनि अनलक गरिसकेको थिए| फटाफट कफी मेशिन अन गरि रजिस्टर मिलाउन लागे| उ पनि मेरो पछी पछी स्टोर छिर्दै थिइ, एकछिनमा हातमा कफी लिएर मेरो आगाडी आइ| ठिकै गरि beer भन्दैथिई कफी पिउने भइ अब| हुनत beer ले राम्रो पनि गर्दैन नि बिहान बिहानै, तेती राम्रो हास्ने मोरीलाई|
उ बोलि, "U know earlier, I meant to say I am an early bird. I like to wake up early and of course drink coffee”, हातको कफी देखाउदै मुस्कुराई, "No budlight, no corona por favor”, अनि फेरी अगिनैको जस्तो खित्का छोडेर हासी|
अब चाही मैले पनि धेरै बुझेको जस्तो लाग्यो| म पनि मुस्कुराउदै"Yes yes, come again maam, thank you, have u good day" भनेर निम्ता दिए अर्को पटकको लागि| आइतबार बिहान १२ बजे अगाडी स्टोर अलि सुस्त नै हुन्थ्यो, तेसैले भुइ मोप गर्न लागे |
       अघि कि गोरी मेक्शिकन आखाभरी नाचिरहेकी थिई| फेरी त्यो सबै घटनाक्रमलाईRewind गरि Play गर्न लागे| हातमा Mopको गितार बजाउदै आफैले रिमिक्सगरि गीत गुन्गुनाउन लागे| "आइतबारको दिन बिहानी पख देखे मैले एउटी सुन्दरीलाई, त्यो गोरी हो कि मेक्शिकन, भुतुक्कै बनाई मलाई, लौन ...." एस्तै के के सोच्दै Grapevine Lake वरिपरी नाचिरहेको थिए त्यो सुन्दरी संग टिरिंग टिरिंग घन्टी बजिहाल्यो स्टोरको फोनमा| भएन त स्वाहा एस्तो राम्रो दिवा सपनाको, गर्न पनि धोति साहु ले नै गर्यारछ, अरु त कसले पो गर्छ र बिहान बिहानै|
"हेल्लो" भन्नपाथिन, उताबाट कडकि हाल्यो धोति साहु, "अरे भाइ आज स्टोर नही खोला क्या ?"
"तेरो बाउको टाउको, स्टोर नखोलेको भए यो घाडो कसरि उठौथे त" भन्न भन्न लाको थिए साहुले भनिहाल्यो "लगताहे छोकरा आज भी लेट आया"| जहिले नि टायम मा आउने मान्छेलाई लेट भन्दा झोक चलिहाल्यो, तर फायर गर्देला भन्ने डरले सम्हालिएर भने "नही भाइ साब आज त झन् हम १० मिनेट जल्दी आया हे, निद्रा चाडै खुल्गया इशिलिए ....| साहु फेरी बोल्यो, "अच्छा अच्छा, ठिक है बाहरका लाइट अन कर् के सब काम जल्दी से अछे से निप्टालो " |अनि फोनको टु टु आवाज आयो (जुन टु टु साहुको आवाज भन्दा रमाइलो लाग्यो एकछिन भएपनि) |
ये गाँठे, कुरो बल्ल पो बुझे त साहु कराउनुको| गोरी मेक्शिकन को यादमा बाहिरको लाइट नै अन गर्न बिर्सेछु, अनि हुन्छ त| दिनभर घरमा बसेर क्यामेरा मा स्टोर हेर्ने साहुले निहु पाइहाल्यो नि हकार्न लाइ|
       अब frozen खानालाई fryerमा हाल्दै फेरी उही गोरी मेक्शिकन मैयाको यादमा रमाउन लागे |उसले अघि के के भनेकी थि कुनी, एती मात्रै सम्झनामा रहयो साहुको गालीले गर्दा "I am Bird, I wake early, drink coffee, Beer por favor " मतलब "म चरा हो, चाडै उठे, beer खाए, अब कफी खान्छु"| सायद मैले आइतबार beer १२ बजे अघि बेच्न मिल्दैन भनेको ले कफी खाने सुर गरि होलि| तेसो भए म चरा हो किन भनि होलि त, सायद उसको नाक अलि चुचो थियो हाम्रा बाहुनी दिदिबैनिको जस्तै, तेही भएर हो कि| अनि लास्ट मा Por Favor पनि भनि, मैले गोरी मेक्शिकन भनेको थिए, गोरी हो कि मेक्शिकन कन्फुस भएर, आधा त मिलेछ नि जे होस्|
येसरी बिहान आठ देखि बेलुकी आठ अनि घन्टाको नि आठ गरेर लगभग नेपाली ९ हजार चानचुन कमाइ गोरी मेक्शिकनको यादमा रम्दै डेरातिर लागे| (....क्रमश..)
Last edited: 23-Jul-14 05:23 PM

 
Posted on 06-06-14 1:46 PM     [Snapshot: 15]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

भाषागत त्रुटि बाहेक राम्रो छ लेखाइ | यस्तो भोगाइको रमाइलो लेखाइ पर्खाइ पर्खाइ लेख्नु भएन , अलि छिटो लेखम है , अमला जी ||
 
Posted on 06-06-14 6:13 PM     [Snapshot: 363]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

धन्यवाद rahulvai जी हजुरको प्रतिक्रियाको लागि, अर्को भाग नेपालीमा टाईप गर्न भ्याएको छैन , धोति साहुले कहिले फुर्सद दिन्छ अनि चाडै नै पस्कने छु | खै अरु प्रतिक्रिया पनि पर्खदै छु हाम्रा बिसिस्त लेखक अनि पाठक हरुको तर्फबाट | weekend ले पो अल्छी बनायो कि कमेन्ट हान्नको लागि :-)
 
Posted on 06-06-14 8:58 PM     [Snapshot: 574]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

ओहो कथा सही छ, मन सिरीइ्ग भाको छ। second part ni पस्िकन paryo, ब्ो
 
Posted on 06-06-14 10:11 PM     [Snapshot: 634]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

dherai ramro lekh. ajai lekhau saathi baru chadai
 
Posted on 06-07-14 11:06 AM     [Snapshot: 918]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

अमलाको लेखाई कस्तो राम्रो, गमलाको फूल झैँ /
 
Posted on 06-07-14 2:30 PM     [Snapshot: 1061]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नास ब्रो धन्यवाद कमेन्टको लागि , मेरो पनि मेक्शिकन संग लप गर्ने विचार त हो , हेरु के हुन्छ |
punter ब्रो लाई पनि धन्यवाद, मेरो मन पनि सिरिङ्ग हुन्छ ति नानीलाई सम्झिदा |
काजी साहब अनि bachata लाई पनि मुरी मुरी धन्यवाद , पढ़िदिनुहुने सबलाई धन्यवाद | १-२ दिनमा बाकी भाग यहाँ राख्ने छु , कृपया प्रतिछ्या गर्नुहोला है
 
Posted on 06-07-14 3:24 PM     [Snapshot: 1101]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

एकदमै राम्रो लाग्यो पहिलो भाग अमला ब्रोदर / ति दिनहरु जब रुबी रेजिस्टरमा चुरोट त सिगरेल्लो हनिन्थ्यो अनि दिक्क लगेर / एता स्वीप भन्यो, उता मोप भन्यो , उता तेल चेक गर्यो, उता कस्टमरको कम्प्लेन, साहु मुलाको गुनासो तेस्तै / रमिला थिए ति दिनहरु, कति गए, कति आउदैछन् होला / अमला ब्रो, अर्को भागको प्रतिछ्यामा छौ है /
 
Posted on 06-07-14 9:20 PM     [Snapshot: 1249]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

Aamalaa bro, starting ramro chha. arko part pani chito jaos aba.
 
Posted on 06-08-14 10:31 AM     [Snapshot: 1487]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तेही त कर्णाली Blues जी , तर जे दुख भएपनि बेला बेलामा येस्तै गोरी मेक्सिकन ले गर्दा रमाइलो हुने नि , धन्यवाद हजुरलाई | robwin जी लाइ पनि मुरी मुरी धन्यवाद है | दोश्रो पार्ट पनि आजै २-३ घन्टामा प्रकासित गर्दैछु , फेरी पनि पढेर कमेन्ट गर्नु भए आभारी हुने थिए |
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
NRN card pros and cons?
TPS To F-1 COS
Nepal TPS has been Extended !!!
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
Please ask KRISTI NOEM in her facebook and other social media to renew TPS
Supreme Court allows Trump to end TPS for Venezuelans
Nepal TPS decision
TPS to F1 Status.
legal Query for married nepali girl now have taken US citizenship
ICE kidnapping people off the streets over op eds
ए १ पनि पुगेनछ ?
Trump’s “Big Beautiful Bill” is straight-up xenophobic class warfare. Let’s call it what it is.
2020 : Why No Trump !
Business Ideas in Nepal?
A legit Non-Profit organization "United For TPS Nepal "
Leave messages on US congressman's facebook to support TPS
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters